सधै फरक फरक शैलीको गित गाएर तीजको बजार तताउने कोमल वलीले यसपाली पनि फरक शैलीको गित बजारमा ल्याएकि छिन् । आफनो नँया गितको प्रोमोशनमा व्यस्त वलिको यो गितले फेरी पनि चर्चा पाईरहेको छ । हल्ला भो शिव जी तिम्रो मेरो माया पिरिमको । रिएल लाईफमै शिव जी पाई सकेकी छु । अरु त सब नक्कली हुन् । नक्कली शिवजी मलाई किन चाहियो र ? शिव भगवानले मेरो लागि शिव जि पनि पठाउनु भएको थियो । तर ती शिवजीलाई यो पार्वती टेरिन् । उअहाले मलाई अफनी पार्वती बनाउन खोज्नु भएको रहेछ । शिवजीसंग मेरो लभ परेको छ । वास्तविकता यहि हो ? त्यसैले मैले यो गित गाएकी हु ।
पुख्याली घर रोल्पाबाट आफनो परिवार सित दाङको टिकरी झरेकी वली अहिले काठमाडौ बस्छिन् । सानैदेखि गित संगितमा रुची राख्ने वलीले बजारमा आएको यो गितबाट दर्शकलाई छुटै मिठास दिन प्रयास गरेकिछिन् । गितबाट छुटै पहिचान र विविधता उनको यो गितबाट पाईन्छ । उनले यो गितमा रातो र नीलो रङको प्रयोग गरेकिछिन् । नेपालेको झन्डा रातो र निलो भएकाले यी रङको प्रयोग गरेकि वली भन्छिन् ।
दर्शकहरुको मन जित्न सफल भएको छ दंग पदै वलीले भनिन् दर्शकले निक्कै मन पराउनु भएको छ । उनको यो गित अहिले बजारमा पनि लोकप्रिय बन्दै गएको छ । शिव भगवान्संग आफनो लभ परेको दावि गर्ने वली एक सफल सञ्चारकर्मी पनि हुन् । उनका अधिंकाश गितहरु शिवजीसंग जोडिएका हुन्छ् । गित सधै शिव जी संग जोडेर गाउनुहुन्छ नि ? म शिवजीलाई एकदमै मनपराउछु । जव म कक्षा सातमा पढ्र्थे । त्यतिवेला आमा (दिपा वली ) ले चिनाईदिनु भयो । त्यहि दिन देखि मैले शिवजीलाई पुज्न थालेकी हु । प्रत्येक तीजको व्रत बस्न थाले । आमा सधै भन्नुहुन्थ्यो शिवजीको व्रत बसेपछि शिवजी जस्तै पति पाईन्छ । तीज भन्ने बितिकै शिवको नाम आई हाल्ले रहेछ ।


