Sunday, July 19, 2015

अर्याल र राणाको बुढ्यौली सहारा वृद्धाश्रम

सपनाजस्तो लाग्छ यस्तो अर्थात (वृद्घा आश्रम) मा आएर बस्छु जस्तै लाग्दैनथ्यो, के गर्ने कर्म यस्तै रै छ’ भन्छिन्  ८८ वर्षीय भुवन राणा । राणा परिवारमा जन्मिएकी भुवन अहिले सहरा खोज्दै वृद्ध आश्रमको आश्रय लिन वाध्य भएकी छिन् ।उनी राणाकालिन समयका प्रधानमन्त्री जंग बहादुर राणाको नातिनी हुन्।‘आश्रममा आउछु जस्तै लाग्दैनथ्यो सुति सुति खाएर बस्थे, नोकरचाकरलाई कजाएर खान्थे राणाले भनिन् ।


मेरो छुटै सुसारे थियो, अन्य परिवारको पनि बहिनी मुमा मान्छे पिच्छे सुसारे थियो ।  मैले के काम गर्नु कोहि संग पनि बोल्न पाईदैनथ्यो,झयालबाट हेर्न त पाईदैन थियो ।केहि काम गनुपदैनथ्यो सबै काम गर्नेले नै गथे । घरैमै मास्टर राखिदिनु भएको थियो त्यो पछि छोरी पढ्नु हुदैन भन्ने चलन थियो त्यसैले पढ्न पनि पाईन ।काठमाडौंको खिचापोखरी बस्ने राणा मुमा महालक्ष्मि राणा र बुबा थिरंजङ राणाको जेठी सन्तान् हुन् । राणाको दुई बहिनी र २ भाई गरि घरैमै मास्टर राखिदिनु भएको थियो त्यो पछि छोरी पढ्नु हुदैन भन्ने चलन थियो त्यसैले पढ्न पनि पाईन ।काठमाडौंको खिचापोखरी बस्ने राणा मुमा महालक्ष्मि राणा र बुबा थिरंजङ राणाको जेठी सन्तान् हुन् । राणाको दुई बहिनी र २ भाई गरि जम्मा ६ जनाको परिवार थियो ।जम्मा ६ जनाको परिवार थियो, काठमाडौंको खिचापोखरी बस्ने राणा मुमा महालक्ष्मि राणा र बुबा थिरंजङ राणाको जेठी सन्तान् हुन् । राणाको दुई बहिनी र २ भाई गरि जम्मा ६ जनाको परिवार थियो ।राणाको बुबा पनि त्यतिवेलाको सयमउमा बडा हाकिम हुनुहुन्थ्यो ।
सुखसयलमा हुर्किएकी राणालाई वृद्ध आश्रम जेल जस्तै भएको छ ।‘कसैसंग बोल्न मन लाग्दैन रुन मन मात्रै लाग्छ’ आँखा भरि टिलपिल टिलपिल आशु पार्दै राणाले भनिन् । कान राम्रोसँग सुन्न नसक्ने, शरीर काप्ने समस्याले पिडित राणाले मनको पोको खोल्नलाई अलि कन्जुस्याई गरिन् । ‘बितेका कुरा बिति सके अव कुरा गरेर के हुन्छ र ?’ राणाले भनिन् । तपाईलाई राजा महेन्द्रबाट बिहेको प्रस्ताव आएको थियो रे ? मिरर न्यूजको प्रश्नमा उनले लजालु हाँसोमा भनिन्, ‘हो म १५ वर्ष कि थिएँ, राजा महेन्द्रबाट बिहेको प्रस्ताव आएको थियो ।’ १९९५ साल तिरको कुरा हो राजा आपःैले पनि बिहे गर्ने भनेका थिए । 
राणा परिवारमा जन्मेकी उनी जवानीमा असाध्यै राम्री पनि थिइन् । विगत सम्झिन्छन, ‘उमेरमा त राम्री थे अहिले पो बुढी भएँ ।’ धेरैले सम्झाउदा पनि उनले महेन्द्रसँग विहे गर्न मानिन्, उनको तर्क छ, ‘राजदरवारसँग हाम्रो सम्वन्ध राम्रो थियो, राजा घरमा आउने र हामी पनि त्यहाँ जाने गदथ्यौँ । सबैजनाले बिहे गर भनेर कति सम्झाए तर मैले मानिन् मुमाले पनि त्यतिकै संझाउनुभयो ।’
म बिबह गर्दिन भनेर ढोका थुनेर रोएर बस्थे । मेरो व्यवहार देखेर सबैजना रिसाए त्यतिबेला । सबैले त्यस्तो कर गर्दा किन बिहे गर्न मानु भएन त ? फेरि सोध्यौ उनलाई । उनले भनिन् अरुको देखेर विहे गर्न मानिन् । ‘सबैको देखेर बिहे गर्न मन लागेन राजा महेन्द्र मात्र हो र कति आए माग्न तर मैले मानिन्’ उनले भनिन्, ‘कसैको कुरा सुनिन मैले, जवरजस्ती गर्ने कसैले पनि सकेन । जवजस्ती गर्नलाई त्यो बेलाको आफनो पाओर देखाउने गरेको उनले सुनाइन् ।
अहिले त उनलाई विहे नगरेर राम्रै गरेजस्तो लाग्छ । ‘कति माग्न आए आए, के को पछुतो मान्नु र ? बरु ठिकै गरे छुँ, छोराछोरी भएपनि पाल्ने रैनछन् यहाँ आश्रममा छोरा छोराी भएका महिला छन’ उनले भनिन् । 
उनले अहिले एउटा उखान सम्झिछिन् । ‘बलेको आगो सबैले ताप्छन् भनेझै धन सम्पति हुदा सम्म सबैले माया गरे तर सम्पति सकिएपछि सबैको हेलाको भएँ’ राणाले भनिन् । राणाको नाममा एउटा घर थियो । भएको त्यहि घर पनि गुमेपछि उनी वेसहारा भएकी हुन् । आफन्तको माया लाग्यो यत्रो सम्पति मैले के गर्नु भनेर घर बेचेर आफन्तलाई पैसा बाडे राणाले भनिन् । ‘बिहे गदिन् भनेर बसेँ, आज यस्तो भयो यस्तो ठाउँमा आउन लेख्या रैछ के गर्ने ?, जसो तसो बाच्नै पर्यो’ राणाले भनिन् , ‘पहिले त भाई बुहारी अरु सबैसँग राम्रै थियो पछि उनीहरुको व्यवहार मन परेन अनि उनीहरुसँग बस्न मन नलागेपछि सेवा केन्द्रमा आएको हुँ ।’
राणा ५ वर्ष देखि निः सहाय सेवा केन्द्रमा बस्दै आएकी छिन् । राणालाई शरीर काप्ने समस्या छ । आफैले खाना खान सक्दैनिन् । त्यसको लागी उनीलाई सोहि केन्द्रकी भान्छे शान्ता लामिछानेले खाना खुवाउने गर्दछिन् । उनका अनुसार राणा परिवारका सदस्यको मनमा राणा शासन अझै सम्म पनि कायमै छ । अल्लि छुच्चो स्वभाव र अरुलाई कजाएर खानुपर्छ भन्ने भावना मनबाट हट्न नसकेको लामिछानले सुनाइन् । ‘यहाँ पनि कसैसँग मिल्न सक्दैनिन्, हामीलाई खाना खुवाउने बेला निकै सस्या हुन्छ’ लामिछानिले बताईन् । राणा परिवार ( ठुलाकी ) छोरी म ,म भन्दा अरु कोहि बलियो छैनन् भन्ने व्यवहार राणाले हामीलाई  पनि गछिन् लामिछानेले भनिन् ।
आमा भनेर कसैले बोलायो भने उनलाई असाध्यै रिस उठ्छ । उनलाई सवैले ‘मैसाप’ भनुपर्ने रहेछ । लामिछाने भन्छिन्, ‘सबैले उनलाई मैसाप नै भनुपर्छ ।’

काठमाडौंको सेवा केन्द्रमा राणा जस्तै ४२ जना वेसहारा वृद्धवृद्धहरु बस्ने गर्दछन् । केन्द्रमा उच्च परिवारका वृद्धबृद्धा बढी आउने गरेको केन्द्रका कार्यालय सचिव प्रेम उप्रेतीले बताए ।  आश्रममा आउने बाट सहयोग स्वरुप केहि रकम लिने गरेका छौ, यो यति उति भन्ने हुदैन जसले जति सक्छ उतिनै लिन छौ उप्रेतीले बताए । उहाह्रुबाट लिएको पैसा आश्रमकै लागी खर्च गर्ने गछौ उप्रेतीले भने सबैको सहयोले धानिएको केन्द्रलाई ६० प्रतिशत पब्लिक र ४० प्रतिशत आन्तरीक सहयोग छ । हामीले साधरण सदस्याबाट १ हजार र आजिवन सदस्यबाट ५ हजार १ शुल्क लिने ग छौ त्यो पनि सदस्यता शुल्क बाफत ,यसरी जम्मा भएको रकमलाई आश्रमको अक्षय कोषमा जम्मा गरेका छौ , यहिले हामी संग ७५ लाख रुपैया जम्मा भएको छ । त्यो रकम आश्रमको भौतिक सुधारलगायतका लागि खर्च गर्ने उप्रेतीले मिरर न्युजलाई जानकारी दिए । 

बृद्धआश्रमकी अर्की एक महिलाको कथा पनि कम रोचक छैन् । कथा हो ९१ वषिया मिठु अर्यालको । उनको परिवार देशको गहना हो । तर, मिठु बुढेसकालमा दुखद जीवन जिउदैछिन् । भन्छिन्, ‘छन् गेढी सबै मेरी छैनन् गढी सबै टेडी भने जस्तै भयो मेरो जीवन त ।’

काठमाडौ डिल्लि बजार निवासी अर्याल वेसहार भएपछि बृद्धाआश्रमलाई आफनो घर बनाएकी छन् । उनी महाकवी लम्मीप्रसाद देपकोटाकी भतिजी हुन । उनलाई लागेको छ सम्पन्न परिवार भनेर मात्र हुँदो रहेनछ भाग्यले पनि साथ दिनुपर्ने रहेछ । ‘मलाई मेरो भाग्यले साथ दिएन’ उनले भनिन्, ‘धनि परिवारमा जन्म लिएर के गर्नु बुढेसकाल लागेपछि कसैले साथ दिदारहेनछन ।’
हुनत म लक्ष्मी प्रसाद देवकोटाको भतिजी हुँ (लक्ष्मीप्रसाद को जेठा दाजु लेखनाथ दवकोटो जेठी छोरी ) हुँ । उनले पढन पनि पाइनन् उ जमानामा । ‘मलाई पढाउने काकाको ठुलो धोको थियो, तर उ बेलाको समाज त्यस्तै थियो, छोरी पढ्नुहुदैन, पढायो भने पोईल जान्छन् भनेर पढ्न दिएनन्’ उनले विगतका कुरा सुनाइन्, ‘काका (लक्ष्मीप्रसाद) खुव पढ्नुहुन्थ्यो अनि उहाँको सहयोगमा अलि अलि नेपाली अक्षर चिन्न सकेँ ।’
कुरा गर्दे जाँदा उनले लक्ष्मीप्रसादले पढने तरिका पनि खुलाइन् । ‘काकाले त स्याउला बटुल्नुहुन्थ्यो । त्यहि बालेर पढ्नुहुन्थ्यो । निभ्थ्यो भने फेरी बाल्नुहुन्थ्यो, अनि पढ्नुहुन्थ्यो रातभरी नै यसैगरि पढ्नुहुन्थ्यो’उनले भनिन्, ‘। काकाको म प्रिय छोरी थिएँ, काकाले खुब कविता लेख्नुहुन्थ्यो, काकाको कविता सुन्न धेरै मान्छे घरमा आउथे, काकाको मुना मदन सुन्नलाई डिल्लि बजारको हाम्रो घरमा आगनमा सुकुल ओछाएर सब जना बस्थ्यौँ ,मुनामदन सुन्ने आउनेको यति भिड हुन्थ्यो कि बस्ने ठाउँ समेत पुग्दैनथ्यो ।’
लक्ष्मीप्रसाद मुनामदन पढथे । त्यो सुनेर डिल्लीबजारमा भेला भएकाहरु पनि रुन्थे । ‘काकाले ठुलो स्वरमा मुदामुदन पढ्नुहुन्थ्यो, त्यो सुनेर हामी सबै जना रुन्थ्यौँ, मदन कहाँ गयौ मुनालाई एक्लै छोडेर, विचरी मुना एक्लै भईन् भन्दै रुने गथ्यौँ ,त्यहा आएका सबै जना यसरी नै रुन्थे ।’ 
निरन्तर बोलिरहेको मिठुले बाल्यकालको स्मरण गर्दे कुरा राखिरहेकी थिइन् । ‘हाम्रो घरमा एकदमै रमाईलो हुन्थ्यो, ६० जनाको परिवार थियो,विहानको खाना खादा दिउसोको २ बज्थ्यो’ उनले सुनाइन्, ‘अझ रमाईलो कुरा त घरमा दैनिकजसो च्याङग्राको मासु काटिन्थ्यो, मलाई च्याङग्राको मासु साहै्र मन पर्थ्यो बाहरुले मासु काटेर पकाएर सबैलाई भाग नलगाएसम्म म त्यहि ठाउँमा बसिरहन्थेँ, भात खादैनथेँ, मासु मात्र खान्थेँ ।’
अहिले बाल्यकालको स्मरण गर्दा उनको मन भक्कानिएर आउछ । उनलाई विगत कोटाउदा रुन मन लाग्छ । बाल्यकालमा त्यतिधेरै मासु खाने मिठुले विगत २५ बर्षदेखि मासु खाएकी छैनन् । ‘अहिले मासु खान मन लाग्दैन, धर्म कर्म गर्न लागेपछि छोडि दिएँ, २५ वर्ष जति भयो ।’
उनी घरकी जेठी छोरी थिइन । त्यसैले होला काका लक्ष्मीप्रसादले धेरै माया गर्थे । ‘काकाले खुवै माया गर्नुहुन्थयो, मेरो विहेमा खुब रुनु भएको थियो’ उनले भनिन्, ‘१३ वर्षमा मेरो बिहे भयो, काका मेरो विहे गराउन चाहनुहुदैनथ्यो तर बाबाले मान्नुनै भएन, यहि कुरामा बाबा र काकाबीच झगडा पनि भयो ।’
विवाहवारे मिठुका बुवा र काका लक्ष्मीप्रसादका आ आफ्ना तर्क थिए । ‘नछुनी (महिनावारी) हुन्छे छिटो बिहे गनुपर्छ बाबाले भन्नुहुन्थ्यो, काकाले....भन्थे ?’ उनले भनिन् । हुन पनि उ बेला छोरी नछुनी नहुदै बिहे गर्ने परम्परा थियो । उनको विहे धुमधामसँग भयो । ‘म त्यति बेला सम्म केहि थाहा पाउदिनथेँ, अरुले जे भन्थे त्यहि गर्थेँ’उनले भनिन्, ‘श्रीमान् (गुण प्रसाद अर्याल)त्यतिवेला १७ वर्षको हुनुहुन्थ्यो,९ कक्षामा पढ्नुहुन्थ्यो ।’
बुहारी भएर गुण प्रसाद अर्यालको घरमा भित्रेपछि उनलाई निकै गाह्रो भयो । घरमा सासुससुरा नन्द जेठाजु देवरलगायतको ठुलो परिवार थियो । उनलाई सुरु सुरुमा त सबैले माया गरे । भात पकाउनु पदैनथ्यो उनलाई । खान मात्रै बोलाउथे सवैले । साँझ बति बाल्ने बेला सबै जनालाई ढोग्नुपथ्र्याे उनले । ‘ढोक्दा ढोग्दा शरीरनै दुुखथ्यो, सबैलाई खुटामै ढोग्नुपथ्यो ।’ उनले सुनाइन् । 
उनी ससुरासँग खासै बोलचाल गर्देनथिन् । सासु चाँही जाति थिइन् । ‘सासुले असाधै माया गनुहुन्थ्यो, धोति लगाएर टाउँको पुरै छोपेर बस्नुपथ्र्या’ त्यसबेलको परम्परा सुनाइन् । उनी श्रीमानसंग कम बोल्थिन । ‘म बोल्दैनथे एकदमै डर लाग्थ्यो, उहाँको स्वभाव त्यस्तै थियो अल्लि छुच्चो स्वभावको हुनुहुन्थ्यो ।’ उ बेला त केटा मान्छेको मुख त हेर्न पाईदैनथ्यो अझ म श्रीमान संग कसरी बोल्ने ,उहाको स्वभाव पनि त्यस्तै रै छ पहिले देखि नै । 
उनका श्रीमान घरमा भन्दा बाहिर बस्न रुचाउथे । ‘श्रीमानको् बानी राम्रो थिएन, घरमा भन्दा घर बाहिरनै बढी बस्ने बानी थियो, त्यसैले म धेरै जसो माईतीमा नै बस्थेँ’ उनले भनिन्, ‘श्रीमानको बानी सुध्रन्छ कि भन्ने आस थियो मेरो, आसै आसमा बसे, छोरी जन्मिई तैपनि केहि लागेन , कहिले घर कहिले माईत गदै मेरो केहि समय बित्यो ।’
जीवन उतारचढावपूर्ण तरिकाले वितिरहेको थियो । त्यस्तैमा २०१० सालमा उनका श्रीमान विते । त्यसपछि जीवनमा दुखका दिन शुरु भए उनका । ‘श्रीमान वितेपछि सासुले माना छुटयाई दिनुभयो र सोही घरमा दुई वटा कोठा दिनुभयो, हामी आमा छोरी त्यहि घरमा बस्न थाल्यौँ, सानो उमेरमै विधवा हुनुको पिडा छदैछ त्यसमा पनि घरपरिवारले गर्ने व्यवहारले गर्दा बाच्न पनि कठिन बन्दै गयो ।’ २६ सालमा अर्याल विधवा बनिन् ।उ  बेलाको समाज त्यस माथि म विधवा ती दिन त संझन पनि मन छैन अर्याले भनिन् मेरो शरीरबाट रातो पहिरन सेतोमा परिणत भयो, चुरा टिका सिधुर पोत पनि पुछियो । निधारमा टिका लगउन मनपथ्यो त्यो पनि नपाईने भयो । त्यो क्षण त मेरा लागी जिन्दगीकै सबैधन्दा ठुलो पिडादायीक क्षेण थियो ।  
श्रीमान बितेपछि दोस्रो बिहे गर भनेर केहि आफन्तले भने तर मालाई गर्न मन लागेन । एउटी छोरी उसको लागी भए पनि बाच्नुपर्छ भनेर दोस्रो बिबाहको बारेमा सोचाई पनि आएन अर्यालले भनिन् ।श्रीमान वितेको, घरवाट राम्रो सहयोग नपाएपछि उनले आत्मनिर्भर हुने कोशिष गर्न थालिन । ‘२०१४ सालदेखि मैले पनि काम गर्न थालेँ, रेडियो नेपालबाट काम सुरु गरे, ‘रेडियोमा मैले आधा आकाश र ग्रामिण कार्यक्रम चलाउँथेँ’ उनले भनिन्, ‘नारी कार्यक्रममा महिलाको अवस्था र गतिविधिको बारेमा चर्चा गथ्र्याे त्यो कार्यक्रमे अर्की महिला साथी शान्ता श्रेष्ठ (हाल माओवादी नेतृ) सँग मिलेर चलाउथ्यौँ ।’
पहिलो पटक रेडियोमा बोल्दा उनी खुसी र दुखी भइन् एकसाथ । ‘एकदमै खुशी पनि लागी रहेको थियो र कता कता डर पनि लागीरहेको थियो कस्तो होला ? के बोल्ने होला भनेर डर लागी रहेको थियो ।’उनले रेडियो नेपालमा काम गर्दाका शुरुका दिन सम्झिइन् । 
रेडियोमा काम गर्दा उनले चाही धेरैको सहयोग पाइन् । ‘रेडियोमा काम गर्ने क्रममा सबैले राम्रो व्यहार गनुहुन्थ्यो, खास गरि रेडियो डाईरेकटर भोग्य प्रसाद शाहले एकदमै सहयोग गनुहुन्थ्यो’ उनले भनिन् । मदनमणि दिक्षितको समिक्षा साप्ताहिकमा स्थापनाकाल देखि नै काम सुरु गरे । त्यस पत्रिकामा करीव १० वर्ष जति  सम्वाददाताको रुपमा रहेर काम गरँे’ उनले भनिन्, ‘त्यस क्रममा महिलालाई घर बाहिर निस्कन निकै कठिन थियो, त्यसमा म विधवा भएकीलाई काम गर्न निकै गाह्रो पनि भयो पछि काकाको सहयोगले काम गर्न सफल भएँ ।’
जसोतसो छोरी र उनको गुजारा चलेको थियो । उनले छोरी समिलालाई ९ कक्षा सम्म पढाइन् । त्यसपछि छोरीको विवाह पनि गरिदिइन् । 
छोरीको घरमा समस्या देखा पर्यो । ‘घरायसी कारणले स्थाई हुने समयमा जागिर पनि छोड्नु पर्यो अनि २०३१ सालतिर जागिर छोडे ।साथी शान्ता कामको शिलशिलामा बाहिर देश गईन पछि कहिले आउने कहिले नआउने गर्न थालेपछि सबैजनाले उसलाई जागिर छोड्न लगाए अनि उसले मलाई पनि मैले छोडेपछि तिमिले पनि छड्नुपछि भनि अनि हामी दबैले संगै छोडे घरमा पनि त्यस्तै समस्या थियो आर्याले भनिन् । छोरीको विवाह भएपनि बच्चाबच्ची नभएपछि छोरी ज्वाईबीचको सम्वन्ध पनि विग्रदै गयो । ‘छोरी मसंगै बस्न थालि , जसोतसो आमाछोरीले जीवन चलाई रहेका थियौँ ।छोरीको बच्चाबच्ची नभएपछि ज्वाई (भैरवनाथ आचार्य ) ले दोस्रो बिबाह गनुभयो । उहा यहिले मैतीदेवि बस्नुहुन्छ उहाको दोस्रो श्रीमतीबाट ३ जना छोरछोरी छन् । 
छोरीको ४ लाख रुपैया आफन्तले नै खाईदिए । छोरी आमालाई कसरी पाल्ने भनेर सधै चिन्ता गरिरहन्थी । पिरैपिरले ६ वर्ष अघि उनकी छोरीको पनि मृत्यु भयो । ‘अनि म एकलै बाँचीरहेकी छुँ’ उनले भनिन् । आफनै घर डिल्ली बजारमा बस्थे पछि जेठाजुको कपनमा जग्गा थियो त्यहि जग्गामा आपःनै लगानीमा घर बनाएर बसे ४ कोटाको र ट्वाईलेट भएको एक फलाईटको राम्रो घर बनाएर एक जना काम गर्ने केटी संग बसे । भएको सम्पति पनि आफन्तले दिएनन् । ‘मेरो आफनो कमाईले बनाएको घर थियो, त्यो घर पनि मेरो भएन मलाई झुकाएर आफन्तले अरुलाई बेचेछन्’ उनले भनिन्, ‘त्यसपछि कहाँ बस्ने के गर्ने भन्ने भो, आश्रय खोज्न बाध्य भएँ र अनि छिमेकीलाई भनेर २०६९ सालमा यहाँ (आश्रम) बस्न आएँ ।’
१ लाख धरौटी खाख्नुपर्ने रैछ पछि जेठाजुको छोरो आएर पैसा बुझाई दियो । १ वर्ष जति भयो यहा बस्न थालेको । आश्रमको बसाई रामै लागेको छ उनलाई । ‘रामै्र छ  खान बस्नलगायतको सुविधा छ, घरमा विरामी परेको वेला तातो पानी खान दिने केहि थिएन, यहाँ भनेको वेला तातो पानी खान पाईन्छ’ उनले भनिन्, ‘आफन्त धेरै छन् भाईको छोराबुहारी अमेरीका बस्छन्, मलाई आउनुस बस्न भन्छन् जाने मन छैन, अव मर्ने बेला के जानु ? आफनै देशमा मर्न मर्छु, म जादैन भनेँ ।’
अव मृत्यु पर्खेर बसेको छिन् मिठुले । ‘डाढा पारीको काम भईसकेँ अव मर्ने दिन कुरीरहेकी छु । विगतका कुरा सम्झदा एकदमै खुशी अनि आन्नद लाग्छ र  दुख पनि लाग्छ कि  यो मेरो कस्तो भाग्य ?’ उनले भनिन् ।  

No comments:

Post a Comment

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...