जीवनको खेल पनि अचम्मको हुन्छ । पढाईमा अनेक हण्डर खाएर बनारसबाट पढाई पुरा नगरी आएका राजेन्द्र बराललाई जिन्दगीको जहाज कुन किनारामा पुग्छभन्ने अनुमानै थिएन ।
२०३४ सालमा सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी सकेपछि बरालको जीवन साँच्चिकै बरालिएको थियो । नेपालमा राजनीतिक परिवर्तन आयो, कक्षा र परिक्षा देख्न विद्यार्थीले पाएनन् । छोराको पढाई बिग्रेला भनेर बनारसमा पढ्न पठाईयो । तर काठमाडौंमा बढेका र हुर्केका पोखराका बराललाई बनारस फापेन । उनी त बिरामी भए । बिरामी पनि यस्तो भएकि पढाई नै छाडेर नेपाल आउने अवस्था भयो ।
तर नेपालमा उनको लागि अर्को अकल्पनीय दुःखले पर्खेर बसिरेहेको थियो । उनको आमालाई विस्तारै रोगले समातेर लग्दै रहेछ । उनी त बिरामीको ओछ्यानबाट उठे तर आमा विछ्यौना परिन् । एकदिन बिरामी आमाले बोलाएर भनिन्, “बाबु मलाई क्यान्सर लागेजस्तो छ । अब म बाँच्दिन होला । तिमीले डाक्टर बनेर क्यान्सरकै बिरामीलाई उपचार गर्नु है ।”
आमाले त्यति भन्न नपाई उनकै अगाडि देहत्याग गरिन । अब उनलाई भविष्यमा के पढने र के विषयमा विशेषज्ञता हासिल गर्ने भन्ने विषयमा कुनै द्विविधा भएन । यो घटना सुन्दा खेरी कुनै हिन्दी सिनेमाको दृश्यजस्तो भएता पनि उनको जीवनमा भने साँच्चिकै हुन पुगेको थियो । उनी आज पनि कुनैबेला आमालाई सम्झदा वा आफूले क्यान्सर विशेषज्ञको रुपमा स्याबासी पाउँदा आमाले मृत्यु शैयाबाट बोलेका ति अन्तिम वाक्य सम्झन्छन् ।
तर आमाको मृत्युपछिको जीवन त्यति सहज थिएन । उनको पढाई पुरै लथालिंग भयो । जेठो छोराको हैसियतले भाइबहिनीलाई विद्यालय पठाउन र घरको काममा बुबालाई सघाउनमै उनको समय बित्यो । एसएलसीको नतिजा आएको सात वर्षमा उनलाई बल्ल बल्ल भाईबहिनीसँगै कलेज जाने वातावरण बन्यो । उनी त्रि–चन्द्र कलेजमा भर्ना भए । तर कलेज जान के पाएका थिए, उनले त आई.एस्सीमा नेपाल नै टप गरे । अब डाक्टर बन्ने र क्यान्सर विशेषज्ञ बन्ने उनको धोकोलाई कतैबाट रोकावट आउने अवस्था थिएन । उनी मुम्बईमा डाक्टर पढेर नेपाल फर्के ।
तर यसबीच एउटा अनौठो घटना भयो । पढ्न जानुअघि उनले एक वर्षपछि बिहे गर्ने भनेर एक युवतीसँग टिकाटालो समेत गरेर गएका थिए । तर यता आउने बेलामा उनी बिरामी परेर असक्त भए । यता बिहेमा जसरी पनि पुग्नुपर्ने उता आफै पढ्ने अस्पतालले बिरामीको अवस्था हेरेर छुट्टी दिन नमिल्ने भन्नथाल्यो । उनलाई हुनसम्म आपत प¥यो । आखिरमा यता बिहेको लगन छुट्ने अवस्था देखेपछि उनी अस्पतालबाट भागेर नेपाल आए । उनी जुन दिन २ बजे नेपाल आईपुगे त्यही दिन ४ बजे दुलही लिन जन्ती लिएर जानुपर्ने थियो । जे होस् सबैले अब बिहे हुँदैन भनेर लख् काटे पनि उनले आफ्नो वचन पूरा गरीछाडे ।
५० भन्दा बढी आफन्तलाई क्यान्सर
मृत्यु हुनु अघि मानौं डा. राजेन्द्र बरालकी आमालाई थाहा थियो, उनको परिवार सम्बद्ध धेरैजनालाई क्यान्सरले दुःख दिनेछ । राजेन्द्र क्यान्सर विशेषज्ञ भएपछि उनको बुवालाई ६४ वर्षको उमेरमा छालाको क्यान्सर भयो । तर छोराको पढाईले काम ग¥यो । समयमै उपचार भयो । अहिले बुवा ८४ वर्षको उमेरमा पनि सर्वोच्चको अधिवक्ताका रुपमा क्रियाशिल जीवन बिताइरहेका छन् । आमा र बुवा बाहेक पनि उनको परिवारका काकी, फुपूहरू, दाजु, भाउजु, ठूलीआमा, ठूलोबुबा, भतिजाहरू, आमाका फुपू, फुपाजुलगायतलाई क्यान्सर भएको थियो । कतिलाई समयमै उपचार भएकोले बचाउन सकियो, कतिलाई सकिएन ।
यसरी क्यान्सर उपचारमा नै आफूलाई समर्पित गरेका राजेन्द्र बराल भन्छन् सबै क्यान्सरसँग डराउनु पर्दैन । अधिकांश क्यान्सर शुरुमै पत्ता लाग्योभने सजिलै निको हुन्छ ।
डा. बरालका अनुसार क्यान्सर दुई तरिकाले हुन्छ, वंशाणुगत र अन्य । महिलाको नितम्ब र पाठेघरको मुखको क्यान्सर पुस्ताबाट सर्ने ५ प्रतिशत सम्भावना हुन्छ । ओभरी, डिम्बाशय र स्तन क्यान्सर ५ देखि १० प्रतिशत वशांणुगत हुन्छ । फोक्सो र मुखको क्यान्सर भने वंशाणुगत हुँदैन ।
राजेन्द्रका आमाबुबाबाहेक अन्य ५० जना आफन्तलाई भएको क्यान्सर वंशाणुगत थिएन । “ती सबै वंशाणुगत होइनन् । सबैलाई फरक–फरक खालको क्यान्सर थियो । एउटै परिवारमा लाग्यो भन्दैमा वंशाणुगत भयो भन्नचाहिँ मिल्दैन,” बराल भन्छन् ।
अधिकांश क्यान्सरको उपचार नेपालमै हुने भएकाले क्यान्सर भइहाले पनि नआत्तिन डा. बराल आग्रह गर्छन् । उनले सबै आफन्तको उपचार नेपालमै गराए । भन्छन्, “नेपाल र बाहिर देशमा हुने उपचारमा केही फरक छैन ।”

Strange "water hack" burns 2lbs overnight
ReplyDeleteMore than 160,000 women and men are using a easy and secret "water hack" to burn 2lbs each night in their sleep.
It is proven and it works all the time.
You can do it yourself by following these easy steps:
1) Take a drinking glass and fill it up with water half full
2) And now use this crazy hack
and you'll be 2lbs thinner as soon as tomorrow!