सिता
सुवेदी, उनलाई चिन्ने सायदै धेरै नहोलान् तर जतिले चिन्छन् उनलाई ‘वन लेग
डान्सर’ भनेर चिन्छन् । जुन फरक पहिचानको बोकेको नाम हो । उनी कत्थक
नृत्यांगना भनेर चिनाउन पाउदा निक्कै हर्षितछिन् । नाचेर देशलाई चिनाउने
अभियानमा लागी परेकी उनी एउटा खुट्टाले बिभिन्न मञ्चमा निर्धक्कका साथ
मज्जाले नृत्य गर्छिन ।र गर्वका साथ भन्छिन् मनमा ईच्छा शक्ति भएपछि त्यसै खेर जादो रहेनछ । चितवन निवासी सुवेदी कक्षा ७ मा पढथिन् । जुनबेला उनको उमेर १२ बर्षको थियो । देब्रे खुट्टामा भएको सानो घाउको उपचारका लागी चितवनको क्यान्सर अस्पताल पुगिन ्। सबै चेकजाँच भएपछि चिकित्सकले उनलाई क्यान्सर भएको बताए । उनी छाँगाबाट खसे जस्तै भईन् । अझ खुट्टा काटेर फाल्नुपर्छ भन्ने डाक्टरको कुराले उनी अतालिन् र मनमनै नृत्य गर्न नपाउने हो कि भन्ने चिन्ताले उनलाई पिरोल्न थाल्यो । किन कि उनी सानैदेखि नाच्ने गर्थिन र भविष्यमा पनि यसलाई निरन्तरता दिने सोचमा थिइन् ।
उनलाई एकछिन् त लाग्यो अब जिन्दगी सकियो, बाँच्दिन झैभयो । परिवारमा ठुलो पिढा सुरुभयो । घरमा पैसा पनि धेरै थिएन तर उपचारमा बढी खर्च हुनेवाला थियो । उनले संझिन् ‘खुट्टा नकाटे बाच्ने संम्भावना छैन, बाँच्नकालागि भएपनि काट्नैपर्छ भनिएको थियो ।’ सबैको सुझाव अनुसार उनी आफ्नो खुट्टा काट्न तयार भईन् । देब्रे खुट्टा काट्ने अघिल्लो दिन उनले एउटा खुट्टाले नाच्ने खुब प्रयास गरिन् । अन्ततः उनको खुट्टा काटेर फालियो । त्योसंगै उनले क्यान्सरको औषधी सेवन गरिन् । तर उनले थेग्न सकिनन् । त्यसपछिका चरण एकदमै कष्टकर भए । जसोतसो उनले ६ वटा केमोथाम्न सफल भईन् । उनलाई डाक्टरले ३ पटक सम्म मृत्युको समय दिईसकेका थिए । तर उनले हिम्मत हारिनन् र बाच्नुपर्छ भन्ने आत्मविश्वासका साथ रोग निको बनाउन तर्फ लागिन् । र क्यान्सरलाई पनि जितिन् ।
उनको देब्रेखुट्टा काटेर फालेको १८ वर्षबितिसकेको छ। सानैदेखि नाच्ने गाउँने रहर थियो । उनले शरीरको अंग मात्र गुमाएकी थिइनन्, आत्मविश्वास र साथीहरुको माया पनि गुमेका थिए ।
अप्रेशनसंगैअस्पतालको लामो बसाईपछि घर फर्किन । तर सबैले उनलाई अनौठो मान्दै दयाको दृष्टिले हेर्न थाले । घरमा सबैले काम गनुपर्ने उनको हेरदेख गर्ने कोही नभएकाले उनी मामा घरमै बस्न थालिन। बैशाखी टेकेर स्कुल जादा पनि उनले साथीको सहयोग पाइनन् । उनी भन्छिन् ‘रोग सर्छभनेर साथीहरु छेउमा बस्ने त टाढाको कुरा बोल्न समेत गाह्रो मान्र्थे ।’ उनी पनि कम थिइनन् तिमीहरुलाई मन छैन भने नबोल भनेर आफ्नो बाटो लाग्थिन् । घरपरिवारको साथ त थियो नै जसले गर्दा उनको आत्मविश्वाससंगै समस्यासंग लड्ने साहस पनि बढ्यो ।उनले एसलसी, प्लस टु गदै उनले नेपाली विषयमास्नातकोत्तर गरेकी छिन्भने कथक नृत्यमा दोस्रो वर्ष अध्ययन गदैछिन् ।
कृत्रिम खुट्टा हाल्न उनी काठमाडौं आउने जाने गरिरहन्थिन् । उनलाई यहाँको हावा पानी मन परेपछि उनी सन् २००५ देखि काठमाडौंमा बस्न थालिन् । त्यही समयमा उनले ट्राभल्स एजेन्सीमा काम पनि पाइन् । केही वर्ष काम गरेपछि उनको नाच्ने रहरफेरि पलायो । त्यसबारे खोजी गर्न थालीन् । उनले एक पटक पारजातकी बहिनीलाई भेटेकी थिइ्न र उनले उनले भनेको कुरा संझिन, ‘ एउटा खुटा मात्रै छ भनेर चिन्ता नगर नाच्न सकिन्छ ।’
त्यसपछि उनी भारतमा रहेको एक प्रख्यात डान्सरको नाचले झन उत्प्रेरीत भईन् र नाच्ने साहस बटुलिन् । नाच सिकाउने गुरु तथा केन्द्र धाउन थालिन् । कतिपयले दुई खुट्टा भएकाले त केही गर्न सकेनन् एक खुटा भएर के गर्न सक्छौ र घरमै बस भनेको सुन्दा उनी दुखित पनि भइन । तर उनी आँटिलो मन लिएर त्यही वचनलाई हेक्का राख्दै घरमा नाच्न थालिन् । उनका पहिलो दर्शक भाई बहिनी र आमा बाबा हुन्र्थे ।
उनी अहिले देशका बिभिन्न स्थानको मञ्च मञ्चमा पुग्छिन र नाच्छिन् । अहिले केही कमाई पनि हुन थालेको छ । नृत्य गर्ने उनको मात्र शौख मात्र नभएर कसैको प्रेरणा बनेको छ । उनी क्यान्सर रोगको जनचेतनाको लागी पनि आफ्नो कलालाई निरन्तता दिने योजनामा छिन् ।भन्छिन् ‘एउटा खुटाले नाच्ने धेरै छन्, तर मलाई एउटा खुटाले नाचेर देश चिनाउने रहर छ ।’


No comments:
Post a Comment