२०२७ सालदेखि मेरो राजनितिक करियर सुरु भयो । त्यस भन्दा अगाडी त मलाई राजनिति थाहा थिएन । राजनिति गछु भन्ने मेरो कुनै सपना पनि थिएन । त्यो त माहोले बनाएको हो । जव म आई ए दोस्रो वर्षको कक्षालाई निरन्तरता दिनको लागि त्रिचन्द्रमा आए । म राजनितिबाट अछुतो रहन सकेन ।
झन त्यतिवेला एक किसिमको विद्यार्थी आन्दोलननै चलेको थियो । पार्टी प्रतिवन्धीत थियो ।विद्यार्थीहरुले क्याम्पसमा युनियन माग गरेका थिए । प्रशासनले विद्यार्थीको माग नसुनेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिए । म पनि होमिए त्यो आन्दोलनमा । आन्दोलन चर्को रुपमा चलिरहेको थियो । हामी प्रजातान्त्रिक विद्यार्थीबिच सल्लाह भयो । प्रजात्रन्तमा आस्था राख्ने विद्यथीैको मात्र भएपनि एउटा संगठन खोल्नुपर्छ भन्ने सबैमा सहमति भएछि नेवि संघको जन्म भयो । त्यसपछि बिस्तारै अन्य संगठनहरुले पनि विद्यार्थी संगठनहरु खोल्न थाले । मैले त्रिचन्द्रबाट प्रतिनिधित्व गर्थे । त्यतिवेला पार्टी सभापति कृष्ण प्रसाद भटराई हुनुहुन्थ्यो । उहाले पनि ल ल तिमिहरुले गठन गर म उद्घाटन गर्छु, भन्नुभयो । त्यसपछि नेवि संघको जन्म भएको हो । नेवि संघले देश व्यापी लिन थाल्यो । २०२७ सालमा म क्याम्पस पढ्न नआएको भएको जीवनको यात्राले अकै मोड लिन्थ्यो होला । २००६ साल गोरखाको आरुटौते गाविस आरुघाट वडा नं २ मा मेरो जन्म भएको हो । हामी ६ जना दाजुभाई २ जना दिदिबहिनी छौ । आमा दार्चीनी श्रेष्ठ र बुबा पुण्र्य प्रसाद श्रेष्ठको जेठो सन्तानको रुपमा जन्म मेरो भएको हो । सामान्य परिवारमा जन्मिएकाले मेरो बाल्यकाल सरलनै रहयो ।
झन त्यतिवेला एक किसिमको विद्यार्थी आन्दोलननै चलेको थियो । पार्टी प्रतिवन्धीत थियो ।विद्यार्थीहरुले क्याम्पसमा युनियन माग गरेका थिए । प्रशासनले विद्यार्थीको माग नसुनेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिए । म पनि होमिए त्यो आन्दोलनमा । आन्दोलन चर्को रुपमा चलिरहेको थियो । हामी प्रजातान्त्रिक विद्यार्थीबिच सल्लाह भयो । प्रजात्रन्तमा आस्था राख्ने विद्यथीैको मात्र भएपनि एउटा संगठन खोल्नुपर्छ भन्ने सबैमा सहमति भएछि नेवि संघको जन्म भयो । त्यसपछि बिस्तारै अन्य संगठनहरुले पनि विद्यार्थी संगठनहरु खोल्न थाले । मैले त्रिचन्द्रबाट प्रतिनिधित्व गर्थे । त्यतिवेला पार्टी सभापति कृष्ण प्रसाद भटराई हुनुहुन्थ्यो । उहाले पनि ल ल तिमिहरुले गठन गर म उद्घाटन गर्छु, भन्नुभयो । त्यसपछि नेवि संघको जन्म भएको हो । नेवि संघले देश व्यापी लिन थाल्यो । २०२७ सालमा म क्याम्पस पढ्न नआएको भएको जीवनको यात्राले अकै मोड लिन्थ्यो होला । २००६ साल गोरखाको आरुटौते गाविस आरुघाट वडा नं २ मा मेरो जन्म भएको हो । हामी ६ जना दाजुभाई २ जना दिदिबहिनी छौ । आमा दार्चीनी श्रेष्ठ र बुबा पुण्र्य प्रसाद श्रेष्ठको जेठो सन्तानको रुपमा जन्म मेरो भएको हो । सामान्य परिवारमा जन्मिएकाले मेरो बाल्यकाल सरलनै रहयो ।
आरुघाटको मिडिल प्राविबाट मेरो पढाई सुरु भयो । ८ कक्षा पढ्नलाई गाउमा स्कुल थिएन । त्यसको लागि म काठमाडौ आए । जुद्धोदय हाई स्कुलमा भर्ना भए । सामान्य परिवारमा जन्मेकाले मलाई काठमाडौमा बसेर पढ्न गाह्रो भयो । तैपनि जसोतसो कक्षा ९ सम्म पढे । बढो दुख थियो पैसा थिएन । त्यतिवेला गाउमा पैसा हुदैन थियो जागिर थिएन । घरमा जे हुन्छ त्यहि बेचेर घरबाट आमाबुबाले पठाउनुहुन्थ्यो । आमाले अन्न पात बेचेर मलाई पढ्न पठाउनुहुन्थ्यो । त्यहि पैसाले मैल पढाईमा खर्च गर्थे । त्यो पैसाले पनि पुगेन ।आमाले आफु संग भएको सुन चादी बचेर मलाई पैसा पठाउनुहुन्थ्यो । त्यसले पनि मलाई पुगेन । त्यसपछि मैले पढ्न छोडे । गाउ फकिए । धादि¨को कारीगाउमा प्राईमरी स्कुलको हेडमास्टर भए २०२१ सालको कुरा हो ।२०२२ सालमा गोरखाकोको पनि हेडमास्टर भएर काम गरे । २०२३ सालमा गोरखाको मैले पढाएको स्कुललाई मावि बनाउनुपर्छ भनेर हामी केहि सार्थी लाग्यौ । सबैलाई निशुल्क शिक्षा दिने उदेश्यले अनुमति प्राप्त पनि गरयौ । त्यो स्कुलमा मैले ९ सम्म मैले पढाए । मैले ९ कक्षा पढेकाले १० कक्षालाई पढाउन मिलेन । त्यसपछि म पराईभेट परिक्षा दिनको लागि फेरी काठमाडौमा आए । त्यतिवेला महा वौद्यमा पौढ शिक्षा भन्ने स्कुल थियो । साझको समयमा पढाई हुन्थ्यो । त्यहि पढे । त्यहाबाट एसएल सि पास गरे । फेरी म गाउ फकिए । त्यसपछि फेरी त्यहि स्कुलमै कक्षा १० लाई पढाउन थाले । २०२६ साल सम्म त्यहि स्कुलमा पढाए ।उता आई ए त्रिचन्द्रमा भर्ना गरेको थिए । नक्कली हाजीर गरेर गाउमा पढाई रहे । यस्तो तरीकाले भएन, राम्रो संग पढ्नुपर्छ भन्ने सोच आयो । पुर्न म काठमाडौ फरकिए । त्यसवेला पहिलो वर्ष र दोस्रो वार्ष भनिन्थ्यो । नक्कली हाजिर गरेर भएपनि पहिलो वर्ष कटाएको थियो । २०२७ सालमा आई ए दोस्रो वर्ष पढ्नका लागि म काठमाडौ आए । त्यसपछि पढाईलाई निरतरता दिए । त्यतिवेला सम्म राजनिति के हो ?मलाई थाहा थिएन? सधै क्याम्पस जान थालेपछि मलाई पनि राजनितिको हावाले छोयो ।त्यसपछि पुर्न रुपले म राजनितिमा होमिए ।
मेरो पढाई सकिएपछि म फेरी गाउ फकिए । मैले पहिले पढेको स्कुलमै मलाई सचिव बनाईयो । चिनकाजीले पढेलेखेको छ,पहिले पनि स्कुलमै काम गरेको छ ,राम्रो मान्छ हो भनेर मलाई सचिव बनाएका रहेछन् । त्यतिवेलाको सचिवले स्कुलको सम्पुर्ण प्रशासनिक कामहरु गनुपथ्यो । राणाकालमा कव्जा भएका जग्गाहरु थिए । स्कुलको ति जग्गा फुकुवा भयो त्यसको प्रतिनिधित्व मैले पनि गरे । बिर्ता जग्गा पनि थियो । त्यसलाई स्कुलको नाममा बनाउनुपर्ने थियो । मुद्धा पनि लडियो । सवोच्चमा मुद्धा लडेर जितियो २०३० सालमा नया शिक्षा लागु भयो । हेड मास्टर सोतह सचिव हुने नियम लागु भएपछि म सचिव भएन । नया शिक्षा प्राणलीको शिक्षक हुपर्छ भनेपछि मैले पढाउने काम गरे । २०३० सालमा वनारसमा तरुण पत्रिकाहरु बेक्न गयौ । गाउ गाउमा लानुपथ्यो । त्यहि क्रममा यसले बम ल्यायो भनेर बम काण्डको कारण देखाउदै जेलमा लग्यो । पछि राजकाजको मुद्धा पनि लगायो । त्यतिवेला बिकास क्षेत्र थिएन । गण्डकि अञ्चलको एस एसपीले थुन्यो त्यतिवेला डिआई जी भन्ने थिएन । त्यतिवेला ठुला विद्यार्थी नेताहरु मरे । बम काण्डको आरोपमा उनिहरुलाई मारियो पनि । राजनिति चर्को चर्को रुपले लाग्यो ।म जेलमा परेपछि मैले पढाउने स्कुलको सबै जना शिक्षकहरु आएर मलाई छुटाउन पहल गरे । चिकाजी सर त मास्टर हो यसले कसरी बम बोक्न सक्छ भन्दै २,३ दिन सम्म सरकारलाई दवाव दिन थालेपछि मलाई रिहा गरिएको थियो । हामी पनि भित्र भित्रै राजनिति भने गरिनै रहेका थियौ । २०३४ सालको कुरा हो । जिल्लामा पार्टी गठन गर्ने भनियो । त्यहि अनुसार गोरखाको पालु¨टारमा उमानाथ देवकोटाको संयोजकत्वमा जिल्ला पार्टी कार्यलय गठन गरयौ ।म जिल्ला कार्य समिति भए । जिल्लामा पार्टी प्रतिवन्धीत थियो । हामीले नेपाली कांग्रेस जिल्ला कार्य समिति भनेर भन्न सकेनौ । २०३४ सालमा चर्को रुपले आन्दोलन चलि रहेको थियो । पहिलो पटक जिल्लामा पार्टी गठन भयो । मैले स्कुलमा पढाउर्थे । ईतिहास ,जोगराफी र पञ्चायत भन्ने विषयहरु मैले पढाउर्थे । त्यहि विषयको माध्यमबाट प्रजातन्त्र भनेको यो हो ? वेलायतको गौरवमय क्रान्ति ,अमेरीको स्वतन्त्र संग्राम र फ्रान्सको राज्य क्रान्ति पढाउर्थे ।यसरी पढाउदा उनिहरुलाई पञ्चायत निरनकुश शासन रहेछ भन्ने थाहा हुन्थ्यो । विद्यार्थीहरुले पढेको कुरा आफनो घरका सदस्यहरुलाई संझाउर्थे । त्यसरीनै गाउ गाउमा गएर भित्र भित्र प्रजातन्त्रको प्रचार प्रसार गर्ने र्पचा,पम्पेलेट बाड्ने काम गथ्यौ ।
२०३६ सालमा जनमत संग्रह भयो । त्यसपछि हाम्रो समितिको बाटो फराकिलो बनायौ । जिल्ला जिल्लामा बहुदलको प्रचार प्रसार समिति गठन गयौ । त्यहि समिति विस्तारै गाउ समिति भयो । पञ्चायतले पार्टी व्यवस्था चलाउन मनाई गरेको थियो । हार्मी पार्टी भन्न ‘केनौ । बाहिर देखाउन केहि संस्थाा त चाहियो भनेपछि हामीले पार्टी प्रतिवन्धित लेख्न नपाउने भनेर सबैले भन्ने अन्त्यमा प्रतिवन्धीत पार्टी भनेर व्यानरमा नाम राख्यौ । पर्चा, पम्पेलेटमा पनि त्यहि नाम राखेर छाप्यौ । प्रतिवन्धीत नेपाली कांग्रेस भनेर नाम राखेपछि करीव करीव संगठन गर्न पाउने भयौ । अन्य पार्टीहरुले पनि प्रतिवन्धीत भन्दै आफनो पार्टीको नाम राखेर बहुदलिय व्यवस्थाको प्रचार प्रसार गर्न थाले । गरेको थियो । हामीले देशी भरी संगठन विस्तार गयौ । पञ्चायतले धाधली गरि हाल्यौ चुनाव हामीले हायौ । जनमत संग्रहको वेलामा पञ्चायतले केहि खुकुलो गरायो । हामीले बुदलमा हारयौ । पञ्चायतले फेरी दमन गर्न थाल्यो । २०४० सालमा पार्टीको जिल्ला चिरञ्जिवि वाग्ले अध्यक्ष भए म सहसचिव भए । म सहसचिव भएपछि बजार बसेर पार्टी संगठन गर्न थाले । २०४२ सालमा सत्या ग्रह सुरु भयो । त्यहि क्रममा ठुुला नेताहरुलाई पकडदै जेलमा हाल्न थाल्यो । त्यतिवेला चिरञ्जिवि वाग्ले र मलाई यीनीहरु ऋलि लिडरसिप गर्ने मान्छे हुन भनेर हामीलाई अलि बढी तनाव दियो । अरु सबैलाई दशैको समयमा छाड्यो । मलाई पुस १ गते हामीले कालो दिन भनेर मनाउथ्यौ । पञ्चायत आएको भनेर । त्यहि दिन मलाई छोड्यो । राजाको जन्म दिन पारेर पुस १४ गते चिरञ्जिवि वाग्लेलाई छाडयो । त्यसपछि त हामी ठुलो नेता भईहाल्यौ । नेवि संघको अधिवेशन गराउन म जहा पनि पुग्र्थे । त्यहि क्रममा विद्यर्थी र पुलिसबिच झडप भयो । पुलस र विद्यार्थीलाई छुटयाउदा पुलिसले मलाई खुटामा हान्यो र मेरो खुटा भाचियो । त्यसको एक वर्ष पछि मलाई सभाति बनायो । २०४२ साल सत्या ग्रहपछि जिल्लामा सक्रिय नेता म नै थिए ।२०४५ सालमा चिरञ्जिवि वाग्ले केन्द्रिय सदस्य भए । पार्टीको पद खाली भयो । सबैजनाले मलाईनै सभापति हुनुपर्छ भनेर मलाई पार्टी सभापति बनायो ।म सभापति थिए । समाजवादी नेता चन्द्र शेखर र सुपरमन्युलायतका ईन्डियाका ठुला नेताहरु आएर सम्वोधन गरेपछि २०४६ सालको आन्दोलन सुरु गर्ने कुरा थियो । त्यतिवेला मैले पनि भाषण गरेको थिए । चन्द्र शेखरको भाषण मैले टेप रेकड गरेर राखेको थिए । त्यो रेकर्ड गाउ गाउ सुनाउदै पर्चा पम्पेलेट वितरण गदै संगठन गरिरहेका थियौ ।त्यहि क्रममा मलाई पुलिसले पकडयो ।एक महिना अगाडीनै पुलिसको त्यो प्लान रहेछ मलाई समात्ने । समात्यो जेलमा राख्यो । २०४६ फागुन ७ गते आन्दोलन सुरु गर्ने दिन थियो । १ वर्षपछि मात्र छाड्यो । त्यो पनि राजा संग संझँैता गरेर । म जेलमा भएपनि आन्दोलनले सुरु भयो । मलाई श्रीमती भेट्न आउर्थीन । मैले चिठि लेखेर भएर पनि आन्दोलनमा सहभागिता जनाएको थियो । मलाई भेट्न श्रीमती आउथ्नि । त्ययो चिठी उनलाई दिन्र्थे । उनले त्यो चिठि पाटीमा पुरयाई दिन्र्थिन ।पार्टी गाउ गाउन त्यो समाचार सुनाई दिन्थ्यो । प्रजातन्त्र आईसकेपछि मलाई जेलबाट छोडियो । राधाकृष्ण मैनालीलगायतका नेतालाई दरवारमा बोलाए । राजाले प्रजातन्त्र घोषणा गरे । मलाई पनि छाडियो । २०४८ सालमा निवार्चन भयो । गोरखाबाट क्षेत्र नं १ बाट मैले जिते । त्यतिवोल म सचेतक भए । २ वर्ष काम गरे । २०५१ सालमा फेरी निवार्चन भयो । त्यतिवेला पनि जिते । २०५२ सालमा सहायक मन्त्रि भए ।
त्यसपछि ग्रुपविजम भयो पार्टी फुटयो । ठुलो पार्टीको नाताले एमालेको सरकार बन्यो । पार्टीले हारेपछि मिल्नुपर्छ भन्ने चेतना हाम्रो पार्टीमा आयो । फेरी पार्टी मिल्यो । २०५६ सालमा निवार्चन भयो । नेपाली कांगे्रसको बहुमत आयो । एमाले फुटयो । २०५७ सालमा फेरी सभापति भए । २०६२ सालमा फेरी सभापति भए । ।२०६४ सालको निवार्चमा तिमि उठनुपर्छ भने उठे पनि तर हारे । त्यसपछि सभापति पनि छोडे । पार्टीमा रहेर काम गरिरहेको थिए । केन्द्रिय सदस्यमा दुई पटक लडे त्यसमा पनि हारे ।शुशिल कोईरालाले तपाईले पार्टीको कार्यलय चलाउनुपर्छ भनेर भन्नुभयो । तपाई राम्रो मान्छे तपाई पार्टीको मुख्य सचिव हुनुपर्छ भनेर भन्नुभयो, बनाउनुभयो । शान्त रुपले दोस्रो चुनावको तयारी गरियो टिकट बाडियो । मुख्य सचिव मान्छे के चुनावमा उठ्ने भन्न थाले । समानुपातिकमा लडनुपर्छ भने पछि । म प्रत्यक्षमा उठेन । समानुपातिकमा आए । अहिले प्रमुख सचेतक भएको छु । मलाई प्रमुख सचेतक हुने मन थिएन । जुन सोचमा लागेर मैले राजनिति गरे । त्यो पुरा हुन सकेन । ईमान्दार मान्छेलाई वाक गर्दो रहेछ यो राजनितिले । मैले कहिले पदको लोप गरिन । सबैले गर भनेर मैले काम गरे । मैले गदैन भन्दा भन्दै पार्टी सम्हाल्ने कोहि भएन भन्दै मलाई ३ पटक सभापति बनाईयो । केन्द्रिय सदस्यमा दुई पटक हारे ।

No comments:
Post a Comment