म तेस्रो लि¨ भुमिका (कैलाश) श्रेष्ठ हु । अहिले म २७ वर्षको पुगे । न“या नैकाप १ काठमाडौमा आमा दाजु भाउजु संग बस्छु । बुबा (कुमार श्रेष्ठ) र आमा (नुमा श्रेष्ठको) कान्छो छोराको रुपमा मेरो जन्म भएको हो । मेरो एक जना दिदि र दाजु हुनुहुन्छ । उहाहरुको बिबाह भईसकेको छ । मध्म वर्गिय परिवारमा मेरो जन्म भएपनि मेरो बाल्यकाल सुखमयनै रहयो । नैकापकै ब्रराईड फिउचर सेकेन्डररी बोडि¨ स्कुलमा पढ्र्थे । बुबाको मृत्युपछि आर्थिक समस्या देखिएपछि सरकारी स्कुलमा भर्ना हुन आए । ५ कक्षादेखि मैले सरकारी स्कुलमा पढ्न थालेको हु । जन्मदा छोरा भएर जन्मेको थिए । मेरो जन्म हुदा परिवार समुदायले निक्कै खुशी मनाएको थियो । तर त्यो खुशी–खुशीमै सिमित रहयो । हुकदै जादा मेरो व्यवहार मन अनुभुति र आनि बानीहरुमा फरक देखिन थाल्यो ।
छोरा भएर जन्मे पनि म मा छोरीको स्वभाव देखिन थाल्यो । मेरो व्यवहार देखेर सबै जना छक्क पर्थे । तर मलाई भने केहि अनौठो फिल हुदैनथ्यो ।
छोरा भएर जन्मे पनि म मा छोरीको स्वभाव देखिन थाल्यो । मेरो व्यवहार देखेर सबै जना छक्क पर्थे । तर मलाई भने केहि अनौठो फिल हुदैनथ्यो ।
४ वर्ष देखिनै घरमा भाडा माझने,कपडा धुनेलगायतको सहयोग गर्थे । दिदिको ड्रिस लगाउने लिप्टिक लागउने भनौ छोरीको नेचर भएर काम गर्ने गर्थे । मलाई त्यस्तै मात्रै गर्न मन लाग्थ्यो । घरमा त अहिले बच्चै छ । बच्चा भएर यस्तो सोच आएको पछि केटा हुन्छ । यसको व्यवहारमा परिवर्तन आउछ भनेर सोच्नु हुन्थ्यो । तर मेरो मेरो व्यवहारमा परिवर्तन आएन । अरु भन्दा म फरक छु भन्ने मलाई लाग्थ्यो । ११ वर्षको हुदा मैले त्यो महसुस गरे । म जन्मदा के भएर जन्मे मलाई थाहा छैन । तर थाहा पाउने भएपछि छोरो हो भन्ने थाहा पाए । तर म आफुले सोच्दा केटा भन्दा अलि फरक छु भन्ने थाहा पाईसकेको थियो । समाजले त केटा भएर जन्मेपछि मैले पुरुषकै व्यवहार गर्नुपथ्यो । तर मलाई कहिले पनि केटा हु भन्ने लाग्दैनथ्यो । केटी हु भन्ने लाग्थ्यो । म केटा हु भन्ने अनुभव मलाई कहिले भएन । स्कुलमा बाटो हिड्दा साथीहरुले छका,हिजडा ,नपुंसक भनेर जिस्काउर्थे । तर म वास्ता गदैनर्थे । स्कुलमा पनि केटीकै डे्रस लगाएर म नाच्र्थे । केटाहरु संग कुरा मिल्दैन्थ्यो । केटीहरु संगनै बढी मिल्थ्यो । जव जिनएजमा आईसकेपछि जुन परिवर्तन आउनुपर्ने विपरित लि¨ प्रति आकर्षण हुनुपर्ने तर मलाई केटानै मन पर्न थाल्यो । सरहरुले पनि भन्नुहुन्थ्यो व्यवहार परिवर्तन गर । केटा भएर पनि केटी जस्तो भएको । केटा जस्तो भएर बाच्न सिक भन्नुहुन्थ्यो । केटाकै डे्रसअप गर्थे । तर गाजल ,पाउडर लागउर्थे । कपाल छोटो भएर पनि । जे भएर जन्मेपनि व्यवहारमा पनि त्यस्तै भएर हिड्नुपर्छ भनेर सोच्दो रहेछ समाजले । तर मान्छेको मन,अनुभुती त्यसरी हिड्न त सक्दैन नि ? शारीरिक वनावट केटाको जस्तो भएपनि मन र अनुभुति दिमाग केटीको जस्तो भएपछि त त्यो केटिनै हो नि ? मलाई समाजले साथीहरु सबैले नकारात्मक दृष्टिकोणले हेर्थे । त्यसैले कसै संग पनि कुरा गर्न सक्दैनर्थे । केटा जन्मेको छ केटानै मन पर्छ भनेर म कसलाई कसरी भन्ने । मन पथ्यो म जस्तै ३ जना साथीहरु थियौ । साथी साथीबिच कुरा हुन्थ्यो । यो केटा हन्डसम , यो केटा मन पर्छ भन्थ्यौ । तर उसको अगाडी गएर भन्न सक्दैनर्थे । मेरो ईच्छा चाहानाले यो भन्छ ,यो माग्छ भनेर म कसैसंग भन्न सक्दैनर्थे । समाजले केटा भएर केटा जस्तै भएर हिड् भन्र्थे ? कसरी सक्नु ? त्यो त मन देखि आएको कुरा हो । कसरी परिवर्तन गर्ने ?परिवर्तन गर्ने सक्ने भए त यति मानसिक यातना सहि सहि किन बस्र्थे होला र ? यसरी बाच्ने मलाई पनि त रहर छैन । संगतले हो भन्र्थे । त्यो संगतले हुने भए त परिवर्तन आउथ्यो होला नि ?कति पटक केटा जस्तै भएर हिड्न पनि खोजे तर सकिन् । मानसिक तनाव हुदा म कोठामा चुुकुल लगाएर रोएर बस्र्थे ।
छोरा मान्छे भन्दा फरक छु भन्ने अनुभुति
जव म ११ वर्ष पुगेको थिए । त्यतिवेलानै मैले थाहा पाईहाले । सबैले मलाई छोरा भन्र्थे । तर मेरो व्यवहार भने छोरी मान्छेको जस्तो हुन्थ्यो । म किन यस्तो गर्छु । किन मलाई यस्तो भएको होला जस्तो लाग्थ्यो । मेरो व्यवहार देखेर म आफैलाई अच्चम लाग्थ्यो । म आफै कन्फियुज थिए । छोरी मँन्छेले गर्ने काम मात्रै गर्न मलाई मन पथ्यो । हाम्रो नेवार समुदायमा गुफा बस्ने चलन छ । गुफा बसेको बेला छोरा मान्छेले हेर्ने चल्न हुदैन । तर म जान्र्थे । मेरो दिदि गुफा बसेको बेला म गए । म जान्छु भनेर रोए झगडा गरे । सानो छ, केहि हुदैन भनेर जान दिनुभयो । बच्चा छ । ठुलो हुन्छ जिम्मेवारी सम्हालेपछि आफै सुधार छ भन्नुहुन्थ्यो मम्मीले । तर पछि पनि मेरो व्यवहारमा परिवर्तन आएन । म त झन उग्र हुन थाले । शारीरिक वनावट छोरा मान्छेको जस्तो थियो । फेसन पनि त्यस्तै गर्थे । तर फुल मेकप गर्थे । त्यसरीनै स्कुल पनि जान्र्थे । स्कुल मा पनि केटि साथीहरु संग बढी मिल्र्थे । केटाहरु त मेरो साथीनै थिएन । केटा मान्छे भएर किन केटिहरु संग मिलेको भनेर केटा साथीहरुले जिस्क्याउर्थे । तर पनि म केहि वास्ता गदैन थिएन । केटि साथीहरुले केहि भन्दैर्थे । यसको बानी यस्तै छ, भनेर भन्र्थे । केहिले बानी सुधार भन्र्थे । प्राःय केटिहरु संग मिल्ने , बेन्चमा पनि संगै बस्र्थे । त्यो देखेर केटा साथीहरुले नराम्रो नजरले हे्रर्थे । केटीलाई सजिलै छुन सक्दैनर्थे । यो केटा हो जे गरेपनि हुन्छ हल्का रुपमा लिएर मलाई छुन ,चल्न र जिस्कन आउर्थे । मलाई एकदमै नमज्जा लाग्थ्यो । मलाई त म केटीनै भन्ने लाग्थ्यो । तर उनिहरुले मलाई केटानै सोच्र्थे । त्यो ४ वर्षको अवधिमा मैले त्यो स्कुलको ट्वाईलेट दुई पटक प्रयोग गरेको छु । केटीको ट्वाईलेजमा जान मिल्दैन थियो । केटाकोमा जानै सक्दैनर्थे । सार्थीहरुले जिस्क्याउर्थे । केटाको ट्वाईलेट गएकोवेला सार्थीहरुले जिस्क्याउर्थे । कोहि नभएको ,सबै कक्षामा भएको बेला मौका छोपेर एक पटक केटाको ट्वाईलेट प्रयोग गरे । सार्थीहरुको बानीले गर्दा म जानै सक्दैनर्थे । घर देखि स्कुल नजिक थियो । खाली भएको वेला सुटुक्क घरमा जान्र्थे । अनि ट्वाईलेट प्रयोग गर्थे । पिसाव लाग्छ भनेर म पानी पनि नखाएर बस्र्थे । म्याडमले केहि भन्न सक्नुहुदैन थियो । गाह्रो प्रश्न गर्नुहुन्थ्यो । नजानेपछि अलि होच्याएर भन्नुहुन्थ्यो । तलाई केटा भएर केटि जस्तो नक्कल पारेर हिड्न आउछ । पढ्न आउदैन भनेर गाली गनुनुहुन्थ्यो । जेहोस् कसैले पनि मलाई सपोर्ट गदैनथ्यो । सर म्याडमले प्रत्यक्ष रुपमा केहि भन्न नसकेपनि बाहिर बाहिर मेरो कारणले अरुलाई नराम्रो असर गरेको भन्ने कुरा गनुहुन्थ्यो रे ? जव म ९ कक्षाबाट १० कक्षामा गए त्यतिवेला मलँई व्यवहार सुधारेर आउने भए पढ्न पाउने नत्र पढ्ने ठाउ छैन भनियो । यो २०६२ सालको कुरा हो । त्यसपछि मलाई स्कुल जान्नै मन लागेन । घरमा बोल्न सक्ने मान्छे कोहि थिएन । त्यसैले परिवारले केहि भन्न सक्नु भएन । सकेसम्म त एस एल सि पास गनुपर्छ भन्ने सोचाई मम्मीको थियो । मेरो पनि त्यस्तै थियो । जसरी भएपनि एसएलसी पास गनुपर्छ भन्ने थियो । तर माहोलनै बनाउन सकेन । अनि स्कुल छोड्नु परयो ।
समाजमा सबैले छोरा भनेरै चिन्र्थे । तर मैले छोरीको जस्तो व्यवहार देखाउर्थे । त्यो देखेर मम्मीलाई भन्नदो रहेछन् के ? तपाईको छोरो के भएको ? छोरी मान्छे जस्तो गरेर आयु घटाई रहेछ यस्तै यस्तै नराम्रो कुरा सुनाउने । त्यो सुन्नेपछि मम्मीलाई टेनशन हुन्थ्यो । त्यतिवेला मम्मीलाई अल्लि टेनशन हुन्थ्यो । अरु समयमा घरमा नराम्रो व्यवहार कहिले भएन । तिमि छोरो हो । बिबाह गनुपर्छ , उमेर भईसक्यो भनिरहनुहुन्थ्यो । २,३ जना केटी पनि देखाउनुभयो । म केटी हु । केटीसंग बिबहि गदिन भन्र्थे । केटी भएर केटी संग किन बिबाह गर्नु ,भन्र्थे । म आफुलाई थाहा छ । थाहा पाउदा पाउदै अरुसंग बिबाह गरेर उसको लाईफ किन बिगारी दिनु जस्तो लाग्थ्यो । समाज घर साथीहरुको सबैले छोरा भन्दा मलाई नमज्जा लाग्थ्यो । यो संसार मा म मात्रै छु यस्तो सोच्ने जस्तो लाग्थ्यो । छोरा भएर छोरी जस्तो सोच्ने । एक पटक मैले एनटिभिमा सर्घष कार्यक्रम हेरे आरती दिदिको । ईन्डियाको समलि¨ को बोरेमा दिईएको थियो । त्यो देखेर मलाई अच्चम लाग्यो । अबुई यस्तो मान्छे पनि हुन्छन् र ? देखेर डर लाग्यो त्यतिवेला । अर्कै ग्रहको मान्छे जस्तो लाग्यो ।
बुल्लु डायमण्ड सोसाईटीमा सम्र्पक आएको क्षण
सन् २००४ सालको कुरा हो । म घर जानलाई रत्नपार्कमा गाडी कुरी रहेको थिए । त्यो देखेर एक जना पि¨की गुरु¨ म भएको ठाउमा आउनुभयो । मेरो नजिक आएर बोल्नुभयो । सुरुमा घडी छ भनेर सोध्नु भयो । हेर्दा केटा जस्तो छ । सुरुमा त देखेर डराए । पछि बिस्तारै विस्तारै कुरा गर्न थाल्नुभयो । हामी केटी भएर केटा जस्तो बनेर बस्नुहुदैन यसरी कतिन्जेल लुकेर बस्ने भन्दै कुरा गर्नुभयो । म ट्वा पेरर सुनि रहे । म पनि तिमि जस्तै हो । एउटा संस्था छ म तिमिलाई देखाउछु जान्छौ भनेर सोध्नुभयो । अनि मैले हुन्छ भने । उहा संगै म उहाको अफिस हेर्न गए । म जस्तै अरुको फोटोको कलेक्शन गरिएको रहेछ । ती फोटोहरु मलाई देखाउनुभयो । त्यो देखेपछि मलाई एकदमै खुशी लाग्यो । म मात्रै रहेनछु म जस्तै धेरै मान्छेहरु रहेछन् । यो संसारमा । काम गर्ने सोचले म यो सस्थामा आएको होईन । जव त्यहा फोटो देखे म जस्तै अरु मान्छेलाई पनि भेटे त्यसपछि म अफिसमा आउन थाले । विस्तारै विस्तारै बुझन थाले । त्यतिवेला समलि¨ भनेर भन्र्थे । समलि¨ त हामीलाई पो भन्नदो रहेछ भन्ने थाहा पाए । संर्घष कार्यक्रममा आएको कुरा त हाम्रै बारेमा रहेछ भन्ने कुरा बुल्लु डायमण्ड सोसाईटीमा आएपछि थाहा पाए ।
म सानो डान्स गर्न मन पथ्यो । स्कुलमा पनि नाच्र्थे । डान्स टिचर बन्न छु जस्तो लाग्थ्यो । सोसाईटीमा आएपछि परिवर्तन गनुपर्छ । आफनो हक अधिकारको लागि लड्नुपर्छ भन्ने हिम्मत आयो । समलि¨ तेस्रो लि¨ीको बारेमा पनि थाहा पाए । यस्तै धेरै काुराहरु सिक्दै गए । पहिले पहिले पनि सोच्र्थे । हामीलाई किन यस्तो व्यवहार गरेको होला ,राम्रो व्यवहार गरे हुन्थ्यो नजिस्क्यादिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर हामी तेस्रो लि¨ हो भन्ने त थाहा थिएन त्यतिवेला । पहिले त समलि¨ी भन्र्थे । तेस्रो लि¨ी त भर्खर बाट भन्न थालिएको हो । संर्घष कार्यक्रम संझेर एक पटक हासो पनि लाग्यो । तेस्रो लि¨ी ,समलि¨ी त हामीलाई पो भनेको रहेछ । सुरु सुरुमा त मेकप गरेको बाटो मा या उता हिड्दा मान्छेहरु मलाई हेरेर हास्दा म मख्ख पर्थे । मलाई राम्री भएको देखेर हासेको जस्तो लाग्थ्यो । हिजडा , छक्का र नंपुसक भन्दा पनि केहि भन्दैर्थे । किन भनेको भन्ने त थाहा थिएन । छक्का ,हिजडा भनेको हामी होईन । लि¨ छेदन गरेर केटी मान्छे बन्नेलाई भन्छन् । त्यो छुटै समुदाय हो । त्यास्ता समुदायको बसोबास भारतमा रहेको छ । समाजमा नबुझेर हामीलाई त्यास्तो भन्छन् । ती सब त हामीलाई नै भनेको रहेछ । थाहा पाएपछि नमज्जा लाग्यो समाजले हामीलाई गरेको व्यवहार देखेर । मेरो घर नजिकको एक जना अंकलले भन्नुभएको थियो ।छक्का हिजडाको समाज छ तिमि त्यहा जाउ । म कहा छक्का हिजडा हो र ? म किन जानु ? जान्न भन्र्थे । त्यो सबै हामीनै हो । यस्ताको क्षेत्रमा का मगर्ने संस्था पनि छ भन्ने मलाई केहि पनि थाहा थिएन । सायद यो सस्थामा नआएको भए म एउटा कुण्ठाको जीवन बाचि रहेको हुन्र्थे होला । सोसाईटिमा आईसकेपछि मेरो पुर्ण रुपले जीननै फेरियो । आत्म सम्मानको जीवन बाच्न पाए । बोल्न सिके नया नया कुराहरु सिके । आफनो पहिचनामा आए । म केटि हु । केटिनै थिए । केटीनै रहने छु । त्यसपछि मैले डे्रस चेन्ज गनुपर्छ भन्ने लाग्यो । सुरु सुरुमा त केटीको कपडा लगाएर हिडने आट त आएन । विस्तारै विस्तारै कपडाहरु लगाउन पनि सुरु गरे । आफनो व्यवहार देखेर म आफैलाई अच्चम लाग्यो पनि । निक यस्तो भएको होला । किन यस्तो गरेको होला जस्तो लाग्यो । पछि केटीको कपडा लगाएर हिड्न बानी परेपछि अप्ठेरो लागेन । त्यसपछि मलाई धेरैको पे्रम प्रस्ताव पनि आयो । कतिले थाहा पाएर पनि गर्थे । कतिले केटी भनेर भुकिएर प्रेम प्रस्ताव गर्थे । कतिलाई त मैले म केटा हो भनेर भन्र्थे । त्यसपछि आफनो बाटो लाग्र्थे । भने कतिले थाहा पाएरनै प्रेम गर्थे । टिनएजमा पनि केटाप्रति आकषर्ण हुन्थ्यो । उनिहरुले साथी संझनर्थे । तर मैले ब्वाई फ्रेन्ड संझनर्थे । तर म केटानै भएकोले मन पराए पनि भन सक्दैनर्थे । मेरो मनको कुरा कसैले बुझदैन्थ्यो । तर अव भने वास्ता लाग्दैन । मन पराउछु भन्नेहरु धेरै आए । थाहा पाएर मन पराउने पनि थिए । पछि थाहा पाएर भाग्नेहरु पनि थिए र थाहा पाएर दया देखाउनेहरु पनि भेटाए । कतिले मिस युजको रुपले पनि लिन खोजे । तर मैले वास्तानै गरिन् ।
को हुन् सुनिल बाबु
सुनिल बाबु पन्त पुरुष समलि¨ी हुन् । उनि तेस्रो लि¨ी होईनन् । उनले हामी जस्ता मान्छे समाजमा आत्म सम्मानले बाच्ने माहोल बनाईदिएका हुन् । यौनि¨क तथा लै¨गिक अल्पसख्यक समुदाय भित्र सुनिल बाबु पन्त पर्छन् । यौनिक तथा लै¨गिक अल्पसंख्यक समुदायको क्षेत्रमा बुल्लु डायमण्ड सोसाईटीले काम गर्छ । जुन सस्थाको स्थापना सुनिल बाबुले खडा गरेका हुन् । यस समुदाय भित्र तेस्रो लि¨ी , समलि¨ी , दुई लि¨ी र अन्तरलि¨ी पर्दछन् । ................................नेपालमा ५ लाख जति यौनिक तथा अल्पसंख्यक समुदायको संख्या रहेको छ । त्यसमा समलि¨ी र तेस्रो लि¨ीलाइ खुलेर आएका छन् । दुई लि¨ी र अन्तरलि¨ी भन्ने बाहिर खुलेर आएका छैनन् ।
सुनिल बाबुले आफनै संस्थाको मान्छेलाई यौन दुव्यवहार ग¥यो भन्ने समाचारहरु बाहिर आए यसमा तपाई के भन्नु हुन्छ त ?
सुनिल बाबु समलि¨ी हुन् । आफनो समुदायको मान्छे संग आकर्षण हुदैन् । पुरुष समलि¨ीको पुरुष संगै आकर्षण हुन्छ । महिला छ भने महिला संग आकर्षण हुन्छ । हामीले आफनो समुदायको मान्छेलाई चिन्छौ । समलि¨ी र तेस्रो लि¨गी बिच धेरै अन्तर छ । समलि¨ीले दोहोरो सेक्सको भुमिका निवार्ह गर्न सक्छ । तेस्रो लि¨ीले सकदैन । तेस्रो लि¨ीलाई आफनो समुदायको संग सेक्युयल आकर्षण हुदैन । उहाले यौन दुव्र्यवहार कसरी गर्नु भयो त ? यो समाचार मिडियामा भ्रम फैलाउन वा ईगोको कारणले आएको थियो । मुद्धा मामिला पनि प¥यो अदालत सम्म पुग्यो । हमीले काठमाडौ जिल्ला अदालतमा मुद्धा पनि लड्यौ । जित्यौ पनि । त्यो मिडियाले हाम्रो सोसाईटिसंग माफि पनि माग्यो ।
३ पटक रियल लव प¥यो
माया आत्म अनुभुति हो । आफनो मनको कुरा अरुलाई व्यक्त गर्ने एउटा प्रक्रिया हो । कियरी¨ एण्ड सियरी¨नै माया हो । त्यो जो कोहि संग पनि हुन्छ । तर अलिक बढी आफनो स्पेशल मान्छे संग मात्रै हुन्छ । त्यस्तै म पनि लाईफमा ३ पटक रियल लभमा परे । तर त्यो लभ सक्सेस हुन भने सकेन् । जव म केटाको रुपबाट केटी रुपमा परिवर्तन भए । त्यसपछि ३ जना पुरुषसंग मेरो रियल लभ प¥यो । उनिहरुले पनि मलाई रियल लभनै गरे । हामीबिच सेक्सयुल रिलेशनसिप पनि भयो । उनीहरु अहिले म संग टचमा छैनन् । उनिहरु राम्रो परिवारको राम्रो लाईप बाचि रहेको मान्छे हो । तइसैले म उनिहरुको नाम लिनन् । उनिहरुलाई अप्ठेरो पर्न सक्छ । एक जनाले अर्की केटी संग बिबाह ग¥यो । त्यसपछि मैले छाडि दिए । उ संग मेरो १ वर्ष सम्म अफेर चल्यो । तर उसले थाहा नदिएर बिबाह ग¥यो । त्यतिवेला मलाई एकदमै चित दुख्यो । उ मेरो फस्ड लभ थियो । मलाई याद छ । लभमा पर्न त्यति सजिलो छैन् । कति पिडा हुन्छ । अन्य केटीलाई जस्तै हो हुन्थ्यो मलाई पनि । ब्वाई फ्रेन्डको कन्ट्रोलमा बस्नु त्यति सजिलो काम होईन । तैपनि म उसलाई साचो माया गरिनै रहे । उसलाई मेरो बारेमा सबै थाहा थियो । म संग उ खुशीनै थियो तर एउटै समस्या रहेछ । त्यो बच्चा । म बच्चा जन्माउन सक्दिनर्थे । अव उसलाई बच्चा चाहिने । म कसरी पुरा गर्न सक्र्थे त्यो ईच्छा । त्यस्तै २ जना सं पनि लभ प¥यो । त्यो पनि त्यस्तै भयो । संगै काम गर्ने घुम्ने ,मनका कुरा भावना सबै मिल्ने लास्टमा बच्चाको कुरामा अढ्कने । केटाहरु दुलही बनाएर ,बुहारी ,पत्नी बनाएर घरमा भित्रायाउन चाहने ,बच्चा परिवार खोज्ने । त्यो क्षमता म संग नहुने । त्यसपछि लभ छुट्ने । हामी त ल¨लास्टि¨ लभ गर्न चाहान तर केटाहरुको डिमाण्ड अर्के । जन्म पो छोरो भयो । तर मेरो अनुभुति आनी बानि सबै मैले जन्मजातनै पाएको हो । हाम्रो मन पनि अन्य केटीहरुको जस्तै हुन्छ । १ वर्ष सम्म कन्ट्रोलमा बसे । तर गाह्रो रहेछ । हामी त ल¨ लास्टि¨ लभ गर्न चाहन्छौ । तर पुरुषहरु चाहदैनन् । हामी संग पनि लभ गरि रहने ,उता अर्की केटी संग पनि पनि रिलेशन राखी रहने । आफनो ब्वाई फ्रन्डेले अर्कै केटी संग रिलेशन राखेको कोहि गलफ्रन्डले हेर्न सक्छ र ? मलाई पनि ईया लाग्थ्यो । मैले लामो समय सम्म टिकाउन खोज्र्थे तर उनिहरु सक्दैनर्थे । अहिले त ब्वाई फ्रेन्ड छैन् र बनाउदिन पनि । नटिक्नि माया किन गर्नु । पहिले पहिले त एकदमै पिडा हुन्थ्यो । तर अव त सामान्य लाग्छ । हामी कसैको बुहारी भएर बस्न सक्दैनौ बच्चा जन्माउन सक्दैनौ । त्यो वास्तविकता मैले बुझि सकेको छु । हाम्रो माया बढीमा २,३ वर्षको लागि मात्रै हुन्छ । त्यस्तो माया गरेर किन समय खेर फाल्नु जस्तो लाग्छ अव त ।
ठमेलको बाटोमा बस्ने अर्के कारण छ
हामी मात्रै छौ, र ? यौन क्रियाकलापमा लाग्ने । अरु केटी केटाहरु पनि त छन् नि ? हामीलाई मात्र किन आरोप त ? कसैलाई रहर हुदैन यस्तो क्रियाकलापमा लाग्ने । एउटा बाध्यताले हो । तेस्रो लि¨ी समलि¨ी भन्ने बितिकै सबैले घृणाको दृष्टिले हेछन् । के गर्नु त अनि अरु बिकल्प पनि त छैन । घरबाट निकालि दिएका छन् । काम खोज्यो । काम सुरु गर्न थाल्यो भने पछि थाहा पाउछन् त्यहि यौन शोषणमा पर्छन । कामबाट पनि निकालिन्छन् । बाच्नका लागि भएपनि बाध्यताले उनिहरुले यौन व्यवसाय अपनाएका हुन् ।
तेस्रो लि¨ी मात्र होईन त्यो व्यवसायमा लागेको अरु केटीकेटाहरु पनि छन् । उनिहरुलाई जाने ठाउ छ । बार ,डिस्को ,नाईट क्लव ,गेस्ट हाउस, मसाज पार्लर छ । उनिहरु कहि जानै पाउदैन । गेटबाट निकाल्दि हाल्छ । कहा जाने त बाध्यताले बाटोमा बस्नु परेको हो । यौन सन्तुष्टिको लागि ती ठाउमा जाने भन्ने होईन । तेस्रो लि¨ी ,समलि¨ी भन्ने बितिक्कै छाडा , उछ्रि¨िकल सोच्छन् । तर त्यस्तो होईन । हाम्रो पनि त ईज्जत छ । समाज घरपरिवार छ । सम्मानजनक जिवन बाच्न हामी पनि चाहन्छौ नि । तेस्रो लि¨ीले बाच्नको लागि यौन व्यवसाय गरेका हुन् । तर मलाई त्यस्तो समस्या आएन । घरपरिवारले मलाई धेरै सपोट गर्नु भएको छ । तर ठमेल नगएको भने होईन । यौन सन्तुष्टिको लागि गएको होईन । साथीहरु संग रमाईलो हेर्नको लागि गएको थिए । यसको मतलव म चोखो छु भन्ने चाही होईन ।
सेक्स के हो ?
मेरो बिचारमा सेक्स शारीरिक आवश्यकता हो । त्यो सबैलाई चाहिन्छ । त्यसको अर्थ जथाभावि सेक्स गर्ने भन्ने होईन । त्यसको पनि एउटा लिमिट हुन्छ । अर्को कुरामा सेक्स जन्म भएपछि लि¨ छुट्याउने एउटा प्रत्रिलया पनि हो । आत्म सन्तुष्टि पनि सेक्स हो । सेक्ससेक्सयुल डिजायर सबैलाई आउछ । कसैले खुलेर बोल्छ कोहि बोल्दैन । हामीलाई पनि आउछ नि । त्यो नौलो कुरा होईन । सेक्सयुल डिजायर आयो भन्दैमा सेक्सनै गनुपर्छ भन्ने छैन । त्यो आफुमा भरपर्ने कुरा हो । कसरी पुरा गर्ने भन्ने । आफुलाई मनपर्ने मान्छे संग कुरा गरेर पनि पुरा गर्न सकिन्छ ।
कांग्रेस महाधिवेशन प्रतिनिधि
लै¨िक तथा अल्पसंख्यक समुदायको कुरा संविधानमा पनि समेटियोस भन्ने उद्देश्यले हामी संविधानसभावमा हाम्रो सहभागीता खजेका हौ । त्यससको लागि नेपाली कांग्रेसको १२ महाधिवेशन प्रतिनिधि पनि हु । टेक्निकल समस्या देखाएर मलाई सभासद पद दिईएन । मेरो नागरिकतामा कैलाश श्रेष्ठ छ । भुमिका श्रेष्ठ भनेर चिनिने । त्यहि समस्या देखाउदै मलाई सभासदबाट आउट गरिएको हो । हम्रो साथीहरु अन्य पार्टी पनि जानु भएको छ । सुनिल बाबु पन्त एमाले पार्टीबाट सभासद भईसक्नु भएको छ ।


No comments:
Post a Comment