Friday, September 28, 2012

नगरप्रहरीले हटाउछ भन्ने चिन्ताले सताउछ सडक व्यापारीलाई

एक जन व्यपारी कराई कराई १०० को ३ जोडी मोजा भनिई बोलाउन मै व्यस्त छन् । अनि छेउमा अर्के व्यपारी उपत्यकाको बिच सडकमा पसल थाप्दै माईकबाट फुकि रहेका छन् जुन सामान लगे पनि  १० रुपैया साझ परेपछि न“या बानेश्वरको सडक छेरमा देखिने र सुन पाईने दृश्य र धुन हो । बानेश्वरको सडक छेऊ साझ परेपछि हिड्नलाई ठाउ समेत हुदैन ।एकातिर व्यपारीहरु आफनो माल बिक्रि गर्न मै व्यस्त हुन्छन् भने अर्कोतिर ग्रहाक सस्तोमा सामान किन्ने भनेर मख पदै गरेका दृश्य देख्न सकिन्छ ।

काठमाडौमा आउने न“या मान्छेलाई लाग्न सक्छ कि यो कुनै मेला वा महोत्सव चलि रहेको छ । यो दृश्य न त कुनै मेलाको हो न त कुनै महोत्सवको नै यो दृश्य हो सडकको छेरमा बसेर व्यपार गर्न बसेका सडक व्यपारीको
। बानेश्वरमा मात्र होईन उपत्यका प्राःय सडक छेउमा यस्ता व्यपारी देख्न सकिन्छ । जिजिर्कोपार्जनका लागी कुनै उपाय नलागेपछि सडक व्यपारीहरु दिनप्रतिदिन बढ्दै गएका छन् । यसरी सडकमा बसेर व्यपार गर्न कतिको सहज छ त भन्दा आफनो दुखेसो यसरी व्यतगर्छन सडक व्यपारी ।

कतिवेला आउछन् अनि सामानहरु उठाएर लैजान्छन् भन्ने चिन्ताले सताउन गर्छ सडक व्यपारी डोल्मा शेर्पालाई । पटक पटक नगरप्रहरीले दुख दिने गरेको शेर्पाको दुखेसो छ । यो व्यापारले उनको जेनतेन परिवार पालिएको छ । नगरपालिकाले व्यापार गर्न नदिए परिवार कसरी धाल्ने ?शेर्पाले भनुभयो ।४५ वर्षिया शेर्पा भनुहुन्छ नगरपालिकाको यो क्रियाकलापले कतै मेरो परिवार पाल्न अप्ठेरो पर्ने पो हो कि ?काठमाडौको असन निवासी शेर्पाले यो व्यापाबाट दैनिक ४, ५ सय रुपैया आम्दानी गनुहुन्छ । शेर्पाको यो व्यापारले ५ जनाको परिवार पालिने गर्दछ । उहाले सिजनमा पाईने फलफुल तथा तरकारीहरु आरुबखरा , अम्बा , नस्पाति ,आप बोडी भिन्डी र करेलालगायत बिक्रि गनुहुन्छ ।

त्यस्तै अर्को काठमाडौको जमलको आकाशे पुल मुनि व्यपार गर्न बस्नुहुने निमा साङ्गेलाई पनि नगरप्रहरीले कतिवेला आएर सामान हटाईदिने हुन् भन्ने चिन्ताले पिरोल्ने गर्दछ । केहि  गरौ भने केहि सिप छैन उहाले भनुभयो त्यसैले फुटपातमा व्यापार गर्न सुरु गरेको हु । नगरपालिकाले दुख दिन छाडे त आफु जस्ता व्यपारीहरुले राहत हुने नमाको भनाइृ छ । उहाले ६ वर्ष देखि यस्तो व्यपार गदै आउनु भएको छ । साङ्गेको मात्र होईन जमल निवासी अञ्जु लामाको भनाई पनि यस्तै छ ।
फुसदिलो समयको सदुपयोग हुने कुराको स्पष्ट पादै घरमै फलेका फलफुल तथा तरकारी बिक्रि गरेर केहि रुपैया आम्दानी हुने लामाको विश्वास छ । यी त उदाहरण मात्र हुन् उपत्यकाका सडकका पेटी पेटीमा यस्ता व्यपारीहरु प्रशस्तै देखिन्छन् । उनीहरुको एउटै गुनोसो छ नगरपालिकाले दुख नदेओस् । यता नगरपालिकाले पटक पटक यस्ता व्यपारीहरुलाई फुटपातमा व्यापार नगर्न आग्रह गदै आएको छ । बाटो हिड्न समस्या हुने र जथाभावि मुल्यमा व्यपारीहरुले सामान बिक्रि गर्ने गरेकाले फुटपातमा व्यपार गर्न नदिईएको नगरपालिकाको दावी छ ।
 एक छाकका लागी सडकमा व्यपार गर्न बसेका सडक व्यपारी गुनासो सरकारले नसुनिदिदा  सडक व्यपारी मर्कामा परेका छन् । उता नगरपालिकाले नियमको कुरा गर्ने यता सडक व्यपारीको छाक खोसिने सस्या जायजै छन् । बाटोमा हिड्ने यात्रुहरु समेत कति गुनसो आउने गरेको नगरपालिकाले बताएको छ । नगरपालिकाले यसरी सडक व्यपारीलाई तसाउनु भन्दा यस्ता व्यपारीहरुको लागी वैकल्पिक स्थानहरु छनोट गरेर कानुनको सहि पादना ठहरिने थियो कि ?

1 comment:

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...