असोजको महिना छ बाहिर भर्खरै सुरु हुदै गरेको जाडो संगैको घामले सबैलाई स्वागत गरिरहेको छ । त्यहि घामलाई छिचोल्दै ,पिठयूमा दुई वर्षको दुधे बालिका बोक्दै आग्नमा सुकाई राखेको विस्कुन केलाउदै अफै संग गनगन गदै कैलाली दोधरा गाविसको मुडा बजारकी प्युसरा वादी भन्छिन् “अजको छाक कसरी टार्ने ,पकाउनलाई घरमा एक मुढी चामलको गेरा पनि छैन्” । दिनभरी घरको काम गर्नु र त्यो सानो बालिकाको स्याहार गदैमा प्यसराको दिनचर्या बित्ने गर्दछ । ६७ वर्षिय प्यसरा “यसको आमा पनि भारतमा कमाउन गएकि छ ,घरमै बसेर खान पुग्दैन , अरु रोजगार गर्न पुजी र सपि छैन ,मैले नातिनी हेरेर बसेकी छु पिठियूको नातिनी देखाउदै मलिन अनुहारमा लाजको स्वरमा प्युसरा यसरी भन्छिन् “सरकारले हेछु भनेर हेरेन् ,यो पापी पेट त भरनै प¥यो त्यसैका लागी यो दुधे बालिका छोडेर भारतमा शरीरको् नाश गर्नपरेको छ ।
धनगढीबाट झन्डै ६० किलोमिटर पुर्व,महेन्द्र राजमार्गको छेउमा पर्ने मुडा बजारमा पनि बादीको बाक्लै बस्ती छ । लामो समयदेखि यौन व्यवसायको विकल्पको खोजीमा रहेका कैलालीका वादी महिलाहरु गतिलो विकल्प नपाएपछि फेरि पूरानै पेशामा फर्किन थालेका छन् । सरकारले गर्छु भनेर पनि गा“स वास र कपासको व्यवस्था नगरेपछि उनिहरु पुरानै पेशामा फर्कन बाध्य भएका हुन् । प्युसरा वादीका अनुसार यौन पेशाका लागी मुडाबाट मात्रै ६० जना भन्दा बढी महिला र युवतीहरु भारत गएका छन् । “नेपाल प्रहरीले समातेको समात्यै गर्छ ,अनि भारतको कोठीमा नगएर के गर्नु” भन्दै मुडाकी नाम परिवर्तन बिनिता बादी उल्टै प्रश्न गछिन् । २७ वर्षिया बिनिताले भनिन् “हातमा सिप छैन व्यवसाय गर्न पैसा छैन ,काम खोज्न गयो विश्वास गदैनन् के गर्नु भारतमा शरीर बेचेर पैसा कमाउनु हाम्रो रहर होईन“ ।
त्यसैगरी वर्दियाका वादी महिलाको अवस्था दयनिर्य बन्दै गएको छ । कुनै पनि निकायबाट असहयोग भएपछि जिविर्कोपार्जनका लागी उनिहरु देह व्यपार जस्तो निदनिय कार्यमा संलग्न हुन बाध्य भएका छन् । वर्दियाकी २६ वर्षिय नाम परिवर्तन शुस्मा नेपाली आफनो पिडा यसरी सुनाउछिन् “म २६ वर्षिया अविवाहित यवती हु । मरो जन्म वादी समुदायको एउटा सानो भुप्रोमा भएको हो । मेरो परिवारले यौन पेशामा संलग्न भएर मलाई यहा सम्म पु¥यो। तर म नचाहेर पनि यो पेशामा संलग्न हुन बाध्य भएको छु“ । म संग कुनै सिप छैन, राम्रो काम गर्नलाइृ कसैले विश्वास गदैनन् त्यसैले पुरानो पेसामा फर्कन बाध्य भएको नेपालीले बताईन । सपि नहुदाको पिडा त छदैछ समाजले गर्ने अभद्र व्यवहारले अझ पुरानै पेशामा जान पे्ररीत गरेको नेपालीले बताउछिन् ।
मिठो खाने राम्रो लगाउने रहरले होईन एक छाक टार्नको लागी पुरानै पेशामा संलग्न भएको दुखेसो सुनाउछिन् ३० वर्षिया नाम परिवर्तन जुनु वादी ।४ सन्तानकी आमा बनिसकेकी जुनुको जीवन कहार्नी कहाली लाग्दो छ । वादी भएकै कारण आफुले झेल्नु परेको समस्या जुनु यसरी सुनाउछिन्“ऊ बेला पढ्नुपर्छ भन्ने थाहा भएन, काम गर्नलाई कुनै सिप छैन् काम खोज्न गए भने वादीलाइृ घर भित्र पस्न मिल्दैन कसरी काम दिने भनेर फर्काइृदन्छिन् ,” अनि म कति पटक यस्तै घर फकेको छु ,जुनु वादीले दुखेसो पोखिन् ।
उता दाङ्गका वादी महिलाको पिडा भने अल्लि फरक छ ।अहिले दाङ्गका प्रराय महिलाहरुले यौन पेशा छोडिसेको भएपनि समाजले गर्ने व्यवहार र सरकाको असहयोग पछि समस्यामा परेका छन् । यस्तै प्रक्रिया रहिरहेमा पुर्न पुरानो पेशामा फर्कन महिलाहरु बाध्य हुने दाङ्ग घोराही निवासी सरिताको भनाइृ छ ।सरिताको भनाईमा सहमति जनाउदै २७ वर्षिय नाम परिवर्तन जानकी नेपाली भन्छिन् सरकारले सहयोग गरेन भने महिलाहरु मात्र होईन केटीहरु समेत यौन पेशामा संलग्न हुन सक्ने बताउछिन् । ३ सन्तानकी आमा बनिसकेकी नेपालीले मजदुरी गरेर आफनो दैनिकै चलाइृ रहेकी छन् । घोराही निवासी नेपालीको पिडा पनि यस्तै छ वादी भनेपछि मानिसहरुले हेर्ने दृष्टिकोणनै नराम्रो भएको प्रति चिन्ता व्यतm गछिन् । सरकारले वादीको उत्थान गर्ने प्रतिवदता गरेको भएपनि हाल सम्म कुनै पनि माग पुरा हुन नसकेको बताउछन् वादी सरोकार समाजका अध्यक्ष निर्मल वादी। दाङ्गको हकमा २०६६ सालमा महिला विकास कार्यलयले यहाँ वादी महिलाको आर्थिक अवस्था सुधार्न प्रतिव्यक्ति १५ हजार रुपैया दिन सुरु गरेपछि वादी समुदायमा केहि परिवर्तन भएको भएपनि गतवर्षबाट सो रमक दिन छोड्ेपछि उनिहरुको अवस्था उस्तै रहेको अध्यक्ष नेपालीले बताए ।
वादी महिलाहरुको अगुवा उमा वादी नेपाली भन्छिन् “खान , लाउन पुग्दैन , जग्गा जमिन सुको छैन्,” अनि पेट कसरी पाल्ने ? उमाको प्रश्न छ गास वास र कपास नै नभएपछि यौन पेशा नगनु भनेर पनि कसरी भन्ने ?सरकाले वादी समुदायको हक अधिकार उपलब्ध गराउछु भनेर वादी समुदायको आखामा छारो हानेको भन्ने उमाको आरोप छ ।
।२०६४ सालमा यौन व्यवसायको विरोधमा उत्रेको निगरानी समुहले बादी महिलाहरुलाइृ वैकल्पिक पेशामा लाग्न सहयोग गर्ने र गाविसबाट रकम छुट्याएर उनिहरुको गास बास र कपसको व्यावस्था गर्ने आश्वासन दिएको थियो ।बस्तीमा पसल हालेर मदिरा विक्रि गर्न दिदैन निगरानी समुहले , न त कुनै मान्छेलाइृ हाम्रो रेष्टुरेन्टमा आउन दिन्छ । हामीले होटेल पनि गर्न नपाउने हो भने कसरी गास वास र कपासको जोहो गने ? निगरानी समुहप्रति आक्रोसित उमा वादी भन्छिन् –निगरानी समुहले आफुहरुको पेशा बन्द गराउदा गरेको प्रतिवद्धता पुरा नगरेन् ।
उमा वादीले सिंहदरवारको गेटमा नग्न भएर गरेको प्रदशनले देश र विदेशमा चर्चा पाएको थिया् । तर पनि पुनस्थापनाका लागी सरकार उदासिन बनेको बादी महिलाहरुको आरोप छ । नग्नता प्रदर्शनले पनि सरकारको आखा खुलेन भने अव के गर्ने ?नग्नता प्रदर्शनले सरकारको आखा खुलेन अव के गर्ने उमाको प्रश्न अहिले पनि सिंहदरवारतिरै ठोकिएको छ । वादी महिलाले देह व्यपार छाडी वैकल्पिक पेशामा लाग्ने अवसर र सहयोगको माग गदै २०६४ सालमा काठमाडौमा ४८ दिनसम्म आन्दोलन समेत गरेका थिए । फलस्व २०६५ सालमा सरकारले देह व्यपार मुतm भएको घोषण गर्नुका साथै वादी अध्ययन कार्यदल समेत गठन ग¥यो र अध्ययन टोलिले २०६६ सालमा प्रतिवेदन प्रकाशन ग¥यो । प्रतिवेदन अनुसार नेपालमा अहिले जम्मा वादी समुदायको संख्या ८ हजार ३ सय ४१ रहेको छ । जसमा महिलाको संख्या ४ हजार १ सय ५० छ भने पुरुषको संख्या ४ हजार १ यस ९१ रहेको छ । अध्ययन अनुसार वादी समुदायका ६ प्रतिशत परिवार देह व्यपारमा संलग्न रहेको पाईएको छ । प्रतिवेदनमा ६ प्रतिशत भन्दा बढी महिला तथा युवतिहरु यौन पेशामा संलग्न रहेका छन् । कैलाली र वर्दियमा गरि करीब ८ यस महिलाहरु पुर्न यौन व्यवसायमा संलग्न भएका छन् ।
अहिले यसरी समाजिक अपहेलनामा परेको र कलंतिक जिवन बिताई रहेको वादी समुदाय कुनै समयमा मर्यादित जिवन बिताई रहेका थिए । वादी समुदायको छुटै भाषा र सस्कृति स्थापित र प्रमाणित हुन सकेको छैन । ३ सय ५० वर्षको लामो ईतिहास बोकेको वादी समुदाय नेपालको मध्यपश्चिम र सुदुरपश्चिमका ११ जिल्ला गरि ५९ जिल्लामा वाके, वर्दिया, दाङ्ग, सुर्खेत , सल्यान ,दैलेख ,रुकुम ,कैलाली , कंचनपुर , रोल्पा , बैतठीमा खास गरि बढी बसोबास गर्ने गर्दछन् । यी जिल्लाहरुमा वादी समुदायहरु यौन पेशामा संलग्न जाति भनेर चिन्निने गरेका छन ।
लामो समय देखि आफनो जातिको पहिचान खोजि रहेका वादीको पहिचान नहुदा वादी समुदायको उत्पतिको बारे मतभिन्ता रहेको पाईन्छ । केहिले वादी र पातरलाई नेपालका विभिन्न मन्दिरमा रहिआएका देउकी तथा झुमाका अवशेषहरु अर्थात सन्तानलाइृ वादी भन्ने गरेका छन् भने केहिले भारतबाट लिच्छवि कालमा नेपाल छिरेको भनिएका वादीहरुको त्यतिवेलाको मुख्य पेशामा वाद्यवादन र नाचगान थियो । तत्कालिन राजा रजौटा र जमिनदारहरुलाई वाद्यवादन र नाचगानबाट मनोरञ्जन गराउने र सोहि कामबाट जीवनयापन गर्ने यो समुदाय कालान्तरमा गएर अपभ्रंश र हुदै वादी भएको हुन सक्ने वादी विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । यस विषयमा थुप्रै अध्ययन अनुसन्धान भईसकेको छ र पनि उनिहरु अस्तीत्वत पहिचान हुनसकेको छैन् । जुनवेला आजका वादीका पुर्खा वैशालीबाट नेपाल छिरे त्यतिवेला यौन पेशालाई मर्यादित रुपमा दिने गरिन्थ्यो । वैशालीबाट नेपाल छिरेका वाद्यवादकहरुले सुरुसुरुमा राजा रजौटा , सामन्त र जमिन्दारको शासनकालपछि वाद्यवादन तथा नाचगान पेसा संकटमा परेपछि जिविकोपार्जनका लागि पुरुषले माछा मार्ने , मादल बनाउने , सुल्पा बुन्ने काम गर्न थाले भने महिलाले देह व्यापार गर्नथालेपछि अहिले सम्म वादी जातिको पहिचान स्थिापित हुन नसकेको वादी विकास समितिका कार्यकारी निर्देशक राणाको भनाई छ ।
वादी समुदायको उत्थानको लागी सरकारले २०३६ सालदखि प्रयास गरेको भएपनि अहिले सम्म वादी समुदायको अवस्थामा केहि सुधार हुन सकेको छैन् । सरकारले वादी समुदायको विकासका लागी गठन गरेको वादि विकास समितिले पनि हाल सम्म कुनै कार्य सुरु नगरेको वादी विकास समितिका कार्यकारी निर्देशक सिनि राणाले बताए । राजनितिक हस्तक्षेपका कारण वादी समुदायको पुर्नस्थापनाको काम अगाडी बढाउन नसकेको राणाले बताए । वादी समुदायको पुर्नस्थापनाको लागी सरकारले छोराछोरीको निशुल्क शिक्षा र छात्रवृति ,आमाको नामबाट नागरिकता ,आर्यआर्जनका लागी तालिमलगायतको व्यवस्था गर्ने प्रतिवद्धता सरकारले कार्यान्वयन नगरेको भन्दै सरकारलाई माग पुरा गर्न वादी महिलाहरुले आग्रह गरेका छन् ।
No comments:
Post a Comment