Tuesday, September 4, 2012

क ख ग .......पढ्न पाउँदा आमाहरु दङ्ग

भदौ,२० काठमाडौ । कुनै समयमा घरको चुलोचुकामा व्यस्त रहने महिलाहरु अचेल विद्यालय जान थालेका छन् ।अनाम नगरमा एउटा  टिनले छाएको एकतले घर छ । जहा महिलाहरु पढि रहेका छन् । स्वरमा स्वर मिलाएर क,ख,ग................... विद्यालयका कक्षाकोठाहरु खचाखच भरिएका छन् । बाल्यकालमा  विभिन्न कारणले पढ्न नपाएका महिलाहरुले विगत ७ वर्ष देखी काठमाडौको अनामनगरको दिव्य ज्योती शिक्षा सदन विद्यालयमा भर्ना भएर पढ्ने धोको पुरा गर्न लागि परेका छन् । 

विद्यालय जान थालेपछि  ५८  वर्षिय जानकी केसीलाई  माईकको अगाडी आएर बोल्ने हिम्मत बढेको छ भने दस्तखत गर्न अनि  मोवाईल चलाउन थाल्नु भएको छ । काठमाडौको पुरानो बानेश्वरमा बस्ने केसीका ४  नातिनातिना छन । ‘सानो छदा घाँस दाउरा ढिकी जातो ठिक्क भो,उतिबेला छोरीलाई पढाउने चलननी थेन’ केसीले भनुभयो ।



        पढ्न थालेपछि घरायसी  हिसाव गर्न ,लेखेको साईनवोर्ड राम्रो संग पढ्न अंग्रेजीबाट नाम लेख्न सक्ने भएको केसीले बताउनुभयो । सोही विद्यलयको कक्षा कोठामा वयस्क महिलाको छेउमा बेसेर स्वरमा स्वर मिलाएर पढी रहेका  किशोरीहरु पनि देख्निछन् । आर्थिक अवस्था कमजोर हुदा राम्रो विद्यालयमा पढ्न नसक्दा यो विद्यालयको सहयोग लिएको किशोरीहरु बताउछन् ।त्यहि आफनो रहर पुरा गर्न दिज्य जयोती शिक्षा सदनको सहरा लिएर पढि रहेको  १६ वषिया जुनु चौधरीले बताउनुभयो ।  सानैमा आमाबाबु गुमाउनु पर्दा चौधरी शिक्षा लिनबाट मात्र होईन सबै कुराबाट बञ्चितहुनु पर्यो ।  दिव्य ज्योती शिक्षा सदनमा कक्षा ६ मा  अध्ययनरत चौधरीको सपना शिक्षीका बन्ने छ  ।घरमा कमाउने कोहि छैन मेरा बाआमा कस्ता छन् मलाई थाहा छैन् मलिन अनुहारमा चौधरी भनुभयो जेनतेन अंकलको सहयोगले पढ्न पाएको छु ।



        काठमाडौको अनामानगरमा दिव्य ज्योति शिक्षा सदन सञ्चालनमा आएपछि , यस्तै विभिन्न कारणले विद्यालय जान नपाएका र बाल्यकालमापढ्न नपाएका २ सय महिला तथा किशोरीहरु विद्यालयमा जाने अवसर पाएका छन् ।  घरको काम सकाएपछि र श्रीमान्लाई अफिस पठाएर बाकि रहेको फुसदिलो समयको सदुपयोग गदै यी महिलाहरु विद्यालयमा पढ्ने गछन् ।महिलाको पढ्ने रहर पुरा  गर्न र उनिलाई शिक्षीत बनाउन विद्यालय खोलिएका विद्यालयकी प्रध्यानापक मिरा गरञ्जाले बताउनुभयो । मोवाईल चलाउन अनि बाहिर गएका छोराछोरीसंग ईन्टरनेटमा कुरा गर्न लगायतका आधुनिक प्रविधिको प्रयोगबारे जान महिलाहरुले चासो देखाएकाले  विद्यालय खोल्न थप हौसला थपेको गरञ्जाले बताउनुभयो ।



        महिलाहरुले पढ्न थालेपछि  अक्षर चिन्न मात्र होईन मोवाईल चलाउन, सिङग्नेचर गर्न अनि फम भर्न सिकेका छन् ।  अनौपचारीक शिक्षा केन्द्रबाट कक्षा १ देखि ९ सम्म अनुमति पाएको सो  विद्यालयमा १६ वर्ष देखि ५८ वर्ष उमेर समुहका महिलारुले अध्ययन गर्ने गर्दछन् ।विद्यालयमा पढ्नका लगाी महिलाहहरुले केहि शुल्क तिनु पर्दछ। नेपाल सरकारले खुल्ला विद्यालयको अवधारणा ल्याएपछि ।निजि क्षेत्रहरुबाट पनि यस्ता विद्यालयहरु खुलेका छन् । पढ्नलाई उमेरनै चाहिन्छ भन्ने मान्यतालाई  तोड्न गतिलो  उदाहरण बनेका छन् यी महिलाहरु जसले ढिलै भएपनि पढ्न थालेका छन् ।  यसरी महिलाहरुले पढ्ने साहस गरेर अगाडी बढ्ने हो भने पक्कै  हाम्रो समाज शिक्षित हुन्थ्यो ।

2 comments:

  1. धेरै राम्रेा । यसरी नै येा देशका सम्पु्र्ण महिलाहरूलार्इ साक्षर बनाउन सक्यैा भने महिलामाथिका अन्याय घट्दै जान्छ भन्ने हामीलार्इ लागीराछ ।

    ReplyDelete

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...