सधै फरक फरक शैलीको गित गाएर तीजको बजार तताउने कोमल वलीले यसपाली पनि फरक शैलीको गित बजारमा ल्याएकि छिन् । आफनो नँया गितको प्रोमोशनमा व्यस्त वलिको यो गितले फेरी पनि चर्चा पाईरहेको छ । हल्ला भो शिव जी तिम्रो मेरो माया पिरिमको । रिएल लाईफमै शिव जी पाई सकेकी छु । अरु त सब नक्कली हुन् । नक्कली शिवजी मलाई किन चाहियो र ? शिव भगवानले मेरो लागि शिव जि पनि पठाउनु भएको थियो । तर ती शिवजीलाई यो पार्वती टेरिन् । उअहाले मलाई अफनी पार्वती बनाउन खोज्नु भएको रहेछ । शिवजीसंग मेरो लभ परेको छ । वास्तविकता यहि हो ? त्यसैले मैले यो गित गाएकी हु ।
पुख्याली घर रोल्पाबाट आफनो परिवार सित दाङको टिकरी झरेकी वली अहिले काठमाडौ बस्छिन् । सानैदेखि गित संगितमा रुची राख्ने वलीले बजारमा आएको यो गितबाट दर्शकलाई छुटै मिठास दिन प्रयास गरेकिछिन् । गितबाट छुटै पहिचान र विविधता उनको यो गितबाट पाईन्छ । उनले यो गितमा रातो र नीलो रङको प्रयोग गरेकिछिन् । नेपालेको झन्डा रातो र निलो भएकाले यी रङको प्रयोग गरेकि वली भन्छिन् ।
दर्शकहरुको मन जित्न सफल भएको छ दंग पदै वलीले भनिन् दर्शकले निक्कै मन पराउनु भएको छ । उनको यो गित अहिले बजारमा पनि लोकप्रिय बन्दै गएको छ । शिव भगवान्संग आफनो लभ परेको दावि गर्ने वली एक सफल सञ्चारकर्मी पनि हुन् । उनका अधिंकाश गितहरु शिवजीसंग जोडिएका हुन्छ् । गित सधै शिव जी संग जोडेर गाउनुहुन्छ नि ? म शिवजीलाई एकदमै मनपराउछु । जव म कक्षा सातमा पढ्र्थे । त्यतिवेला आमा (दिपा वली ) ले चिनाईदिनु भयो । त्यहि दिन देखि मैले शिवजीलाई पुज्न थालेकी हु । प्रत्येक तीजको व्रत बस्न थाले । आमा सधै भन्नुहुन्थ्यो शिवजीको व्रत बसेपछि शिवजी जस्तै पति पाईन्छ । तीज भन्ने बितिकै शिवको नाम आई हाल्ले रहेछ ।
गित संगित प्रति अत्न्य रुची राख्ने वालीको स्वभाव पनि अरुलाई मन्त्र मुग्ध पार्ने छ । एकपटक भेटेको दर्शकलाई बिसिदैनीन ् । दर्शकलाई गर्ने सम्मान र मायाले पनि उनि झन लोक प्रिय छिन् । तीज आउन एक महिना अघि देखिनै उनलाई भ्याईनभ्याई छ । उनि अहिले स्टेज प्रोग्रामै व्यस्तछिन् । उन हा जादा पनि आफनो गितमा प्रयोग गरिएको डे्रसनै लगाउने गछिन् । त्यसको छुटै विशेषता छ वली भन्छिन् । सानैदेखि स्कुल पढ्दा गाउघरमा मैले गित गाउने गर्थे । घरमै बुबाले दाई र मलाइसंगै बसालेर भजन गाउन लगानुहुन्थ्यो । शिवजीसंग जोडेर गित गाउदा गितले पनि सफलता पाईरहेको छ । २०६१ सालदेखि निरन्तर रुपमा मैले शिवजीसंग योग्य जोडि मागि रहे । तर शिवजीले यसपाली मात्रै मेरो पुकार सुन्नुभयो । यसपाली भने मैले शीवजी पाए । उहाले आफनी पवर्ती बनाउन खोज्नु भएको रहेछ । त्यसैले अहिले सम्म एक्लै राख्नु भएको हो । म नै शीवजीको असली पार्वती हु ।
यस्ता हुन्र्थे पहिलेका गित हरु । पहिले छोरीचेलीलाई सात डाढा पारि पठाईन्थ्यो । माईतीमा बस्न पाईदैन थियो । ४ दिन माईत बस्न मिठो मसिनो खान छोरीहरु माईत बस्न आउर्थे ।
मकैको खिर बनाउछीन् तरकारी छ तामाको
मिठो खान पाईन भन्ने आमालाई
यस्तै यस्तै वेदना पोख्र्थे आमालाई
यो गितमा आफुले घरमा मिठो मसिनो खान पाईन भन्दै माईतीमा आएर मिठो मसिनो गुनासो गदै मिठो पकाउन आग्रह गरेकि छिन् । २०६२ सालमा यो पनि मैले यस्तै छोरीको वेदना समेटेर गित गाए ।
सात भाई छोरा भए पनि एउटै घरमा अँटाउने
एउटी छोरी भए पनि डाँडै कटाउने
हामी पनि सक्छौ बाबा ईन्जिनियर पढ्न
हामीलाई पनि मन छ बाबा अघि बढ्न
यो गीतमा छोरीले आफुलाई ईन्जिनियर पढ्न मन भएको कुरा पोखेकि छिनु् । डाढापारी जान मन छैन उनलाई । जति मामिक छ यो गित त्यति बजार पाउन सकेन । दुखको कुरा भन्छु म यसलाई यो एल्वम चलेन अडियो भिडियो दुबै निकालेकि थिए ।
३०६१ सालमा पनि छोरीको वेदनालाई समेटेर गाएको थिए । तर त्यो गितले निराश बनायो । मैले निक्कै सोच बिचार गरे कसरी राम्रो गित गाउने भनेर । त्यसपछि मैले तीज गितमा केहि मोडनाईजेशन गर्ने प्रयास गेरेको हु । उनि भन्छिन् तीज परम्पराको निरन्तरता हो । तर पनि समाज गतिशिल छ । गितहरु पनि गतिशिल हुन्छन् । समाजसंगै गितहरु पनि बदलिन्छन् । समयअनुसार गितहहरु प्रिवर्तन हुदै जान्छन् । ३०६३ सालमा केहि नँया दिने सोच बनाए । त्यहि अनुसार मैले त्यसपछि दाङको मेरो घरको छिमेकी दण्डपाणि पाण्डेलाई संझिए । उहालेनै लेखिदिनु भएको गित ″तुलसिपरमा म जादा खेरी भेटै भयो गजवको तन्नेरीू गित धैरैको जिब्रोमा झुन्डीरहेको थियो । यो गित मलाई एकदमै मन पर्छ । मैले उहालाई काठमाडौमा बोलाएर राम्रो पति पाउनका निम्ति केटिहरु तीजको व्रत बस्छन् यहि पृष्ठमा रहेर पोईल जान पाम भनेर शीवजीसंग गित मार्फत आग्रह गर्न चाहान्छ भन्ने आग्रह उहालाई सुनाए । त्यसपछि हामीले पाईल शब्दको धेरै खोजी ग¥यौ । पोईल शब्दलाई नराम्रो ठान्ने र कानुनका किताबबाट समेत त्यसलाई हटाईसकिएको अवस्था छ अहिले । तर आफैले छानेर बिबाह गर्ने पश्चिम नेपालको यो चलनलाई पाईल भनिने भएकाले आञ्चलिकता र केटीहरुको साहस देखाउन यसलाई गीतमा राख्न वली तत्पर भईन
शीवजीलाई पोईल जान पाम भनेर गीतमा लेखौ भनेर मैले मेरो धारणा दिए वलीले भनिन् । दण्डपाणिजीले निकै दिन सोच्नुभयो तैपनि
गीतको एउटा फाकी तयार भयो
तीीजैमा ब्रत बसी पुरा गरे भगवान
आशा गर्छु अब त बनोस मेरो काम
सधैभरि माईतीघरमा बस्ने मलाई मन छैन
अहिलेकै पालामा पोईल जान पाम
यो गीतबाट उनले आफुले चाहेको जोडी राम्रो होस भनेर आग्रह गरिन् । उनको यो गितले उनलाई दुबै दियो गाली पनि ताली पनि । तर वलीलाई कुनै गुनासो भएन । उनको यो गित निक्कै चल्यो । क्यासेट उत्पादक कम्पन्नीले यो गितको माग पुरा गर्ननै सकेन । यो गितले मलाई साढे सात लाख उपलब्ध गरायो । दर्शकहरुलाई फरक फरक शैलीको गितको स्वाद दिन खप्सि वालीले २०६४ सालमा अलि फरक गित ल्याईन । कान्छी बुढी नल्याउन महादेव मेरो बुढाले २०६५ सालमा झकासु आयो । यो गित पनि उनको चलेन । उनि भन्छिन् मैले शिवजीलाई छुटाए त्यसैले नचलेको हो । त्यसपछि २०६६ सालमा उनले शिवजीसंग जोडेर गित निकालिन् ।
वर्ष दिनको तीज आयो गाउछु तीजकै गीत
फेरी पनि पुकार गर्छु महादेवसित
बसेकै छु तीजैमा ब्रत गरेकी छु धर्म
अब त सुन्देउ शिव यो चेलीको मर्म
फेरी पनि उन आफुले चाहेकबो जोडीको वरणा सुनाईन गित मार्फत । उनले २०६७ सालमा पनि राम्रो जोडि नभेटाएको गुनासो सुनाई गित मार्फत
मनमा आँट भाको गोजीमा गाठ भाको
त्यतिको मर्द भेटिएन कोहि
यत्रो वर्ष तीजमा ब्रत बस्दा पनि भेटिएन कोही
त्यसपछि २०६६ सालमा डिस्कोमा तिज पनि सुपर हिट भयो । फेरी वलीले फरकपना दिईन २०६८ सालमा पतिदेवका लागि तीजमा गजलको प्रयोग गरिन । नँया स्वाद दिन मा खप्सि उनलाई फेरी पनि नँया प्रयोग गर्न मन लाग्यो त्यहि अनुरुप २०६९ सालमा कोरियाली र नेपाली गीतको मिक्ससहितको झुमीझुमी बजारमा आयो । चर्चित ¥यापर गिरिस खतिवडाकै आग्रहमा उनले यो प्रयोग गरेकि थिईन । यो पनि त्यति चलेन । वली भन्छिन् नेपाली महिलालाई झयाउरे तालनै चाहिन्छ यति हो सबै आले संगित तीजमा प्रयोग गरौ भन्ने रहर पुरा भयो ।
उनले जति गितमा नँयापन दिन खोज्छिन् । त्यतिनै गाली पनि पाईन । उनले गाएको बदमास शिवजी ल्याईन उनको यो गितलाई नेपाल टेलिभिजनले प्रतिबन्ध लगाईदियो । शिवजीसंग पोईल जान पाम भनेर आग्रह गरेकै कारणले उनलाई धेरै गाली पनि गरे । तर पनि वली भन्छिन् । समय गतिशिल छ । समयको मागअनुसार गित गाएकी हु । अहिलेको समयको माग भनेको मोडनाईजेसन हो । तीज गितमै रहेरे केहि परिवर्तन ल्याउन खोजेकी हु । म जहा गए पनि जुनसुकै समयमा पनि दर्शकले गाउन अनुरोध गर्ने गित हो पोईल जान पाम र डिस्कोमा तिज । पहिले जस्तो छैन अहिले । धेरै कुराको परिवर्तन भईसकेको छ । पुरानै शैलीको गित अवको नँया पुस्ताले मन पराउदैन । राजनितिक चेतना भएको छ । मिडियाले समाज परिवर्त भएको छ । समाज रुपान्तरण भएको अवस्थामा पुरानै शैलीको गितले बजार पाउदै । समय कालखण्डअनुसार गितको शैली फेरीनुपर्छ । ती गितको संरक्षण पनि हुनुपर्छ । तर पनि हामीले आफनो परम्परा बिसनुहुदैन । जव मैले गितमा केहि मोनाईजेशन गर्न खोजे ती गितहरु सफल भएका छन् । म निरन्तर सफल भईरहेको छु वली भन्छिन् ।
पहिले पहिलेको समय पनि त्यस्तै थियो । वेदनाले भरिएका गितहरु सबैले सुन्न मन पराउर्थे । सासुससुरा , नन्द ,देओर , जेठाजु र श्रीमान्ले उति बेला दुख दिन्र्थे । घरबाट बाहिर निस्कन पाईदैनथ्यो । तीजमा भाई दिन जादा पनि माईती जान पाईदैनथ्यो महिलाहरु विभिन्न समस्यामा थिए । त्यसैले गित मार्फत आफना वेदना पोखिन्र्थे र सबैले मन पराउर्थे । गित पनि चल्थ्यो । महिलाहरु अन्य समयमा पनि ब्रत बस्छन् तर तीजलाईनै किन विशेष महत्व दिईन्छ ? पार्वतीले शिव भगवान् पाउ भनेर कठोर व्रतपछि भगवान् शिव जीलाई पाएकी हुन् । जति पनि बिबाहित अबिबाहित नारीहरु तिजको व्रत बस्छन् । शिव जस्तो पति पाउन र श्रीमान्को दिर्घायुको कामना गदै बस्छन् । तीज पर्व हिन्दु महिलाको हो ।
लोक गायीकाको रुपमा चर्चित हुनुहुन्छ । तर पनि वर्षको एउटा गित निकाल्नु हुन्छ ?
भन्ने पत्रकारको प्रश्नमा वली भन्छिन् –अव गित संगितको बाजर छैन । खर्च धेरै छ । उपलब्धी शुन्य । एउटा गितमा गरेको लगानी उठ्न पनि मुस्किल छ । यस्तो अवस्थामा कसरी गित गाउन सकिन्छ । अहिले गित मात्र गाएर बाच्न सक्ने स्थिती छैन । जिवन धान्नको लागि भए पनि अर्को पेशा गर्नै पर्ने हुन्छ । सबैले गायिकका भनेर चिन्नी सकेपछि चटक्कै यो क्षेत्र छोड्न पनि नसकिने रैछ । दर्शकहरुले माया गर्नुहुन्छ । उहाहरुकै आग्रहमा यस पटक गित निकालेकी हु । आसा पनि गर्नुहुन्छ मेरो गितको । दर्शकलाई म यहि क्षेत्रमै छु भन्ने आभास दिन तथा निरन्तरताका लागि मात्रै गित गाएकि हु ।
दर्शकको आग्रहले गित गाएकि कोमल वलीले आफनो एल्वमले राम्रो बजार पाउने आशा गरेकिछिन् । गित र्चाामा आउछ तर लगानी उठ्दैन् । गितको लागि ४ लाख लागानी गरेको छु । खर्च उठे राम्रो । अहिले बढ्दो सञ्चारको बिकासले गितहरु बजारमा बिक्रि हुने क्रम सुक्दो छ । ईन्टरनेट, पेन्डराईव , रेडियो , टेलिभिजन, गित चोरीने लगायतका समस्याले मान्छहरुले चक्का किनेर गित सुन्न छोडिसेका छन् । पछिल्लो समयमा अडियोले मात्र गित चल्दैन । गितसंगै भिडियो पनि निकाल्नु पर्ने हुन्छ । भिडियो निकाल्दा झन बढी खर्च लाग्ने गर्छ । उनले आफनो गित राम्रो र दर्शको मन छुने पनि बताईन ।


No comments:
Post a Comment