Tuesday, August 11, 2020


काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेको छ । यो लेख तयार पार्दासम्म विश्वमा ३० हजार ९ सय ३५ को जनाको मृत्यु भइसकेको छ भने, ६ लाख ६६ हजार ३ सय ५६ जना यसबाट संक्रमित भइरहेका छन् ।

महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसले सबैको जनजीवन त्रासिद बन्दै गएको छ । चीनको वुहानबाट सुरु भएको यो भाइरसले विश्वनै हल्लाइ रहेको छ । मै हु भन्ने शक्तिशाली राष्ट्रहरुलाई समेत यस भाइरसबाट हुने संक्रमण नियन्त्रण गर्न निक्कै नै कठिन भइरहेको छ । यद्यपी चीन भाइरस नियन्त्रण गर्न सफल भएको छ र त्यहाँ अहिलेको जनजीवन सामान्य बन्दै गएको छ ।

 


कोरोना भाइरस (कोभिड १९ ) को महामारीले विश्व नै आक्रान्त भइरहेको छ । यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । यस महामारीले नेपाललाई पनि छपक्कै छोइसकेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा दुई पटक सम्बोधन गरे ।

जनताले प्रधानमन्त्रीको सम्बोधनको व्यग्र प्रतिक्षा गरिरहेका थिए । प्रधानमन्त्रीको सम्बोधनपछि जनताका आशा निराशामा परिणत भए । प्रधानमन्त्रीको सम्बोधन भ्रष्टाचारीको पृष्ठपोषणमा केन्द्रीत भएपछि सुशासनको जगै हल्लिएको महसुश जनतालाई भएको छ । सम्वोधनका क्रममा कुण्ठा,आवेग र प्रतिशोध ओकलेका प्रधानमन्त्रीले भ्रष्टाचार विरोधी आवाजलाई सरकार ढाल्ने बेमौसमी बाजाको रुपमा चित्रण गरे । यति मात्र होइन उनले जनताका नाममा भन्दा पनि आफ्नैबारे बढी गुनगान गाए । प्रधानमन्त्रीले कोरोना भाइरसको महामारीबाट त्रास बढी रहेका बेला मुलुकको अभिभावकका हैसियतले जनतालाई हौसला प्रदान गर्ने कुनै अभिव्यक्ति दिएनन् । जुन अपेक्षा जनताले सोचे भन्दा विपरित थियो ।

 











तीन छोरी र एक छोराकी आमा हुँ । मेरा सबै छोराछोरी बाहिर बस्छन् । एउटी छोरी, ज्वाईं र नाति अमेरिकामा बस्छन् । एक छोरा र छोरी काठमाडौंमा । अनि अर्की छोरी र नातिनीहरु दाङमै छन् । अहिले ज्वाईं चितवनमा हुनुहुन्छ ।

कोरोना भाइरसको महामारी फैलिएका समाचार आउन थालेपछि मेरो मन साह्रै आत्तियो । जतिजति यस्ता समाचार सुन्थें छोराछोरी सम्झिन्थें । मनमा अनेक कुराहरु खेलिरहन्थे । जसोतसो रात कटाउँथें । भोलिपल्ट बिहान उठेर छोराछोरीलाई फोन गरेर सबै जना सकुशल रहेको खबर सुनेपछि बल्ल मन अलि हलुङ्गो हुन्थ्यो । सबैतिर कोलाहल भएर होला घरमा नभएका छोरा, छोरी र ज्वाईं अनि नातिनातिनाको यादले सताइरहन्छ । धन्न इन्टरनेट छ र कुरा गर्न पाएकी छु । दिनहुँ कुरा त भइरहन्छ तर पनि मन कहाँ मान्थ्यो र ! छोराछोरी आफ्नो नजिक नहुँदा आमाको मन कहिल्यै स्थिर हुँदैन । छोराछोरीलाई आफ्ना वरिपरि नदेख्दासम्म चित्त नबुझ्ने रहेछ ।

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...