Tuesday, August 11, 2020


काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेको छ । यो लेख तयार पार्दासम्म विश्वमा ३० हजार ९ सय ३५ को जनाको मृत्यु भइसकेको छ भने, ६ लाख ६६ हजार ३ सय ५६ जना यसबाट संक्रमित भइरहेका छन् ।

महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसले सबैको जनजीवन त्रासिद बन्दै गएको छ । चीनको वुहानबाट सुरु भएको यो भाइरसले विश्वनै हल्लाइ रहेको छ । मै हु भन्ने शक्तिशाली राष्ट्रहरुलाई समेत यस भाइरसबाट हुने संक्रमण नियन्त्रण गर्न निक्कै नै कठिन भइरहेको छ । यद्यपी चीन भाइरस नियन्त्रण गर्न सफल भएको छ र त्यहाँ अहिलेको जनजीवन सामान्य बन्दै गएको छ ।


आर्थिक रुपले सम्पन्न देशहरुलाई पनि हम्मे भइरहेको यस भाइरसबाट बच्न नेपालले धेरै नै कसरत गर्नुपर्ने हुन्छ । सानो तिनो प्रयासले नेपालमा यस भाइरस नियन्त्रण गर्न संभव छैन । त्यहीँ महामारीलाई नियन्त्रण गर्नकै लागि नेपाल ‘लकडाउन’ भएको छ ।
नेपालमा लकडाउन गर्न जरुरी पनि थियो । किनभने हामी सँग प्रयाप्त स्रोत साधन उपलब्ध छैन । रोग लागि सकेपछि उपचार गराउनु भन्दा रोग लाग्न नदिनु राम्रो भनेझै नेपालमा पनि त्यहीँअनुसारले सावधानी अपनाउनु उत्तम मानिन्छ । जस अनुरुप डब्लु एच ओले नेपालमा सावधानी अपनाउन धेरै सहयोग गदै आएको छ ।
नेपालमा महामारी रोक्न धेरै राम्रो र सकारात्मक प्रयासहरु भइरहेका छन् । हामी नेपालीको अहो भाग्य हो, अन्य देशको तुलनामा संक्रमण फैलिएको छैन । तर पनि हामी ढुक्क भएर बस्न सक्ने अवस्था भने छैन ।

नेपाल कोरोना भाइरसको संक्रमणको पहिलो स्टेजमा छ । नेपालमा अहिलेसम्म ५ जनामा संक्रमण देखिएको छ । जसमा १ जना उपचार पछि घर फर्किएका छन् भने बाँकी ४ जना उपचारको क्रममा छन् ।
संक्रमण देखिएका सबै विदेशबाट आएका नेपालीहरु छन् । यससँगै संक्रमितको संख्या सुस्त सुस्त बढ्ने संकेत देखिएको छ । किनभने विदेशबाट नेपाल फर्किएका नेपालीलाई क्वारेन्टीनमा राख्नुपथ्यो राखिएको छैन । सेल्फ क्वारेन्टीनमा बस्नु भन्दै खुल्ला छाडियो । हालसम्मको अवस्था हेर्दा नेपालभित्रै बसिरहेका भन्दा बाहिरबाट फर्किएर आएका नेपालीमा कोरोना देखिएका कारण कोरोनाको जोखिम नेपालमा बढ्दै गएको हो भन्ने भान हुन्छ । विदेशबाट आउने नेपालीहरु पनि स्वविवेकले सेल्फ क्वारेन्टीनमा बसेको देखिएन । समाचारमा बताइएअनुसार पाचौं संक्रमित पनि सेल्फ क्वारेन्टीनमा बसेको देखिएन ।

सरकारले विदेशबाट आएपछि १४ दिन सेल्फ क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्था गरेको छ । र पनि उनीहरु खुलेआम घुमफिर गरिरहेको देखिन्छ । सेल्फ तथा होम क्वारेन्टीनमा बस्नुपर्छ भनेपछि सरकारले त्यसको अनुगमन गर्नुपथ्यो कि पर्दैन ? अनुगमन गर्नु त टाढाको कुरा कति नेपाली नेपाल प्रवेश गरेका छन् भने एकिन तथ्यांक सराकरसँग समेत छैन । र अहिले को कहा के गरिरहेका छन् भन्ने पनि थाहा छैन ।
नेपाल सरकारले कोरोना नियन्त्रणका आन्तरीक तयारी नगरेको भने होइन । लकडाउन गरेर सबैलाई आफ्नै घर घरमा बस्न निर्देशन दिएको छ । सबै निजी तथा अतिआवश्यक बाहेकका सबै सरकारी कार्यलयहरु समेत बन्द गरिएको छ ।
घरबाटै काम गर्न मिल्नेहरुले आ आफ्नो बसाईकै ठाउँबाट काम गरिरहेका छन् ।

गाउँ गाउँमा जनचेतना जगाउने काम पनि गरिरहेको छ । देशभरमा स्थानीय निकाया र अस्पतालहरूले अहिले आइसोलसन तथा क्वारेन्टीन होमहरु निमार्ण गरिरहेका छन् । सन्देशमुलक विज्ञापन तथा गाउँ गाउँ र सिमानाकामा समेत कोरोना भाइरस र यस भाइरसबाट बच्ने उपायबारे प्रचारप्रसार भइरहेका छन् । तर सरकारका यी तयारी सब मिथ्या लाग्छन् । चैत ४ गते कतार बाट आएको कतारी एयरवेजका नेपालीलाई खुला छोडेर सरकारले गल्ती गरेको छ । यति मात्र होइन सिमानाकाबाट आएका नेपालीको पनि सरकारले उचित व्यवस्थापन गर्न सकेको छैन जसले गर्दा नेपालमा कोरोना भाइरसको जोखिम बढ्दो देखिन्छ ।

ती आइसोलेसन वाड र क्वारेन्टीन घरहरु कहिले प्रयोगमा आउने हुन् त भन्ने प्रश्न गर्न मन लाग्यो ? के आन्तरिक तयारी भन्दा बढी प्राथमिकता बाहिर आवतजावत बन्द गरेको भए सायद नेपाल ‘कोरोना फ्रि’ देश भनेर घोषणा गर्न हामी सक्षम हुन्थ्यौ होला । तर अपसोच त्यसो हुन सकेन र सक्दैन पनि किनकि नेपालमा कोरोना संक्रमण देखि सकेको छ । र अझै कति बढ्दै जाने भन्न सक्ने अवस्था छैन । केही सयम अघि डा. सुन्दरीमणी दिक्षितले नेपालमा राम्रोसँग उपचार भएको छैन भन्दा अनेक गाली गदै उनलाई जेल हाल्नुपर्छ भन्ने सम्म तर्क आए । तर अहिले उनले भनेका केही कुरा त सहि थिए भन्ने प्रमाणित केही विज्ञ डाक्टरहरुले पनि गरे । उनका केही राम्रा पक्षलाई मनन् गदै सबै अलि गम्भिर भएर लागेको भए केहीँ राम्रा काम हरु हुने थिए । उपचार गर्ने साधन सामग्री छैन । चीनबाट आएका सामग्रहरु पनि नक्कली भएको बताउँछन् । विभिन्न समस्याहरु छन् नेपालमा जुन तयारी नेपालमा पहिलेनै गर्नुपथ्यो । यस्तो विपतको समयमा पनि केहीँ व्यत्तिहरु भरष्टाचार गरिरहेका छन् ।
केही उपल्लो वर्गका व्यक्तिहरु होम क्वारेन्टीन भन्दै बसेका छन् । सरकारले एकतर्फी काम गरिरहेको छ उता सिमानाकमा नेपाली अझै अलपत्र परिरहेका छन् । नेपालमा कोराना छैन, छैन भन्दा भन्दै कुनबेला त्यो संख्या बढ्दै जाने हो कसैलाई पनि थाहा छैन । संक्रमण फैलिहाल्यो भने पनि उचित उपचार पाउनै मुस्किल छ । किनभने हाम्रो स्वास्थ्य सेवा अझै पनि शहर केन्द्रीत छन् ।

भारतबाट मजदुरी गरेर आफ्नो घर फर्केका आधा जति नेपालली दुरदराजका छन् जहा कोरोना भाइरसको उपचार सहज उपलब्ध छैन । त्यस्तो अवस्थामा त भाइरस फैलने त हो नी, होइन र ? सरकारले कि त्यहाँ उपचारो व्यवस्थापन गर्नु पर्यो कि त बाहिरबाट आएकालाई क्वारेन्टीनमा राख्ने व्यवस्था मिलाउनुपथ्यो । जुन काम गर्न ढिला भइसकेको छ ।
सरकारले यसअघि चीनको बुहानबाट नेपाली विद्यार्थीलाई क्वारेन्टीनमा राखेर सरहानिर्य काम गरेको छ । त्यसैगरि बाहिरबाट आएका नेपालीलाई क्वारेन्टीनमा राखेको भए सायद संक्रमितको यो संख्या पनि देखिदैन थियो होला ।
सरकारले सेल्फ क्वारेन्टीन वा होम क्वारेन्टीनको जिम्मा स्वंयमलाई दिनु गलत थियो । किनभने भाइरको संक्रमण फैलने संभावना त बाहिर बाट आएका नेपालीहरुबाट थियो न कि नेपाली भित्र रहेका नेपालीमा ।
खर्चको लोभमा सरकारले विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा नराख्नु दुर्भाग्य हो । लोभले लाभ लाभले विलाप भने जस्तो नेपालीलाई सरकारले कतार एयरवेजबाट आएकालाई क्वारेन्टमा नराख्दा नेपालीलाई भारी पर्ने देखिएको छ ।
अहिलेसम्म देखिएका केस मध्य कोही पनि सेल्फ क्वारेन्टीनमा बसेको देखिएन । विदेशबाट आयो भन्दैमा ठुलै मान्छे भइन्छ र नेपालमा बस्नेलाई केही थाहा छैन भन्ने मानसिकता कारण आज सिंगो मुलुक र देश संकटमा पर्ने देखिएको छ । तर रोगले त धनी, गरीब र आफन्ती वा यो देश त्यो देशको नागरीक भनेर छुट्याउदैन । संसारमा रोग मात्र होला जसले सबैलाई सम्मान दृष्टिकोणले व्यवहार गर्छ । त्यसैले ती नेपालीले पनि त सावधानी त अपनाउनुपर्ने हो ।

बाह्य सहयोग बिना एक इन्च पनि तल माथि गर्न नसक्ने हामी नेपालीले स्वविवेकले सरकारलाई साथ दिएर होम क्वारिन्टीनमा बस्नुपर्छ । हामीले पनि नागरिक हुनुको कर्तव्य पुरा गर्नुपर्छ । खोइ त पुरा गरेको ? आपत विपतको समयमा हामी नेपाली एकजुट भएर अघि बढ्नुपथ्यो, खोइ त बढेको ? यस्ता प्रश्न हामीले आफुले आफैलाई पनि गर्न जरुरी छ । किनभने कोरोना भाइरसको संक्रमण यति भयानक छ कि एक जनालाई भइहाले अर्को व्यत्तिमा छिटो छिटो फैलने गर्छ । त्यसैले यस भाइरसलाई हल्का रुपले नहेरौ आफु पनि बचौ र अरुलाई पनि बचाऔं ।

No comments:

Post a Comment

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...