Thursday, January 16, 2020

‘क्यान्सरले एउटा खुट्टा लग्यो त के भयो, नृत्य देखाएर देश चिनाउने रहर छ’


सिता सुवेदी, उनलाई चिन्ने सायदै धेरै नहोलान् तर जतिले चिन्छन् उनलाई ‘वन लेग डान्सर’ भनेर चिन्छन् । जुन फरक पहिचानको बोकेको नाम हो । उनी कत्थक नृत्यांगना भनेर चिनाउन पाउदा निक्कै हर्षितछिन् । नाचेर देशलाई चिनाउने अभियानमा लागी परेकी उनी एउटा खुट्टाले बिभिन्न मञ्चमा निर्धक्कका साथ मज्जाले नृत्य गर्छिन ।

र गर्वका साथ भन्छिन् मनमा ईच्छा शक्ति भएपछि त्यसै खेर जादो रहेनछ । चितवन निवासी सुवेदी कक्षा ७ मा पढथिन् । जुनबेला उनको उमेर १२ बर्षको थियो । देब्रे खुट्टामा भएको सानो घाउको उपचारका लागी चितवनको क्यान्सर अस्पताल पुगिन ्। सबै चेकजाँच भएपछि चिकित्सकले उनलाई क्यान्सर भएको बताए । उनी छाँगाबाट खसे जस्तै भईन् । अझ खुट्टा काटेर फाल्नुपर्छ भन्ने डाक्टरको कुराले उनी अतालिन् र मनमनै नृत्य गर्न नपाउने हो कि भन्ने चिन्ताले उनलाई पिरोल्न थाल्यो । किन कि उनी सानैदेखि नाच्ने गर्थिन र भविष्यमा पनि यसलाई निरन्तरता दिने सोचमा थिइन् ।

एक क्यान्सर डाक्टर जसको परिवारमा ५० जनालाई क्यान्सर लाग्यो

जीवनको खेल पनि अचम्मको हुन्छ । पढाईमा अनेक हण्डर खाएर बनारसबाट पढाई पुरा नगरी आएका राजेन्द्र बराललाई जिन्दगीको जहाज कुन किनारामा पुग्छभन्ने अनुमानै थिएन ।

२०३४ सालमा सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी सकेपछि बरालको जीवन साँच्चिकै बरालिएको थियो । नेपालमा राजनीतिक परिवर्तन आयो, कक्षा र परिक्षा देख्न विद्यार्थीले पाएनन् । छोराको पढाई बिग्रेला भनेर बनारसमा पढ्न पठाईयो । तर काठमाडौंमा बढेका र हुर्केका पोखराका बराललाई बनारस फापेन । उनी त बिरामी भए । बिरामी पनि यस्तो भएकि पढाई नै छाडेर नेपाल आउने अवस्था भयो ।

मौलिकमा आएको परिवर्तनसंगै परिवारमा फर्किएको खुशी


झट्ट हेर्दा सामान्य देखिने १० वर्षिय मौलिक भण्डारी राम्रोसँग बोल्न सक्दैनन् । उनलाई अटिजम भएको छ । एलिना भण्डारी र महेश भण्डारीको पहिलो सन्तानको रुपमा मौलिक जन्मिएका थिए । पहिलो सन्तान नै वंश धान्ने छोरा जन्मिएपछि परिवारमा खुसीको सीमा थिएन ।

तर,मौलिकको असाधारण गतिविधिले भण्डारी परिवारको रंगीन खुशीमा केही निरशा थपियो । मौलिकको जन्मसंगै मातृत्वपाएकी एलिना आफ्नो बच्चाले तोते बोलीमा आमा भनेको सुन्न आतुर थिइन । तर,मौलिकले आमा भन्ने प्रयासनै गरेनन् । यति मात्र होइन उनी बामे नसर्ने, हिड्न नखोज्ने र खान पनि कर लगाउनु पर्ने जस्ता असामान्य व्यवहार देखाउन थाले । आमाबुबा समेत चिन्न सकेनन् उनले । र,जोसुकैले बोलाउँदा पनि पछि लाग्ने गर्न थाले उनी । छोराको यस्तो व्यवहार देखेर उनका आमाबुबा निकै चिन्तित थिए ।

युवा पुस्ताको नजरमा हरितालिका तीज



काठमाडौं। आज हिन्दुहरुको महान् पर्व हरितालिका तीज । हिन्दु नारीले तीज पर्वलाई विशेष रुपमा मनाउने गर्दछन् । तीजलाई महिलाहरुको पर्व पनि भन्ने गरिन्छ । तीज छुटै विशेषता बोकेको पर्व हो । तीजमा बिवाहित महिलाहरुले आफ्नो पतिको दीर्घायुको कामना गदै ब्रत बस्छन् भने अबिवाहितहरु भगवान् शिवजस्तो वर अर्थात पति पाऊँ भनेर व्रत बस्ने गर्दछन् ।
पतिप्रति उच्च आदरभाव दर्शाउदै श्रीमानको गोडाको जल खाने प्रचलन पनि हाम्रो समाजमा विद्यमान छ । आधुनिक समाजमा तीजको मौलिकता हराए पनि विश्वास र मान्यता भने कायमै छ । तीज पर्वलाई लिएर धेरै बहस भए र अझै पनि भईरहेका छन् । कतिपयले तीज महिलाहरुको मात्र हो भनेर यसको दायरामा संकुचन ल्याउने प्रयत्न गरेका छन् भने कसैले पुरुषहरुको पनि तीज पर्वमा सहभागी हुनुपर्छ भन्ने तर्क राखेर तीजको महिमालाई माथि उठाएका छन् ।

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...