Tuesday, March 15, 2016

लोकप्रिय बन्दै विद्युतिय शवदाह गृह


काठमाडौ, विद्युतिय शवदाह गृह सञ्चालनमा आएपछि धेरै सजिालो भएको सर्वसाधारण बताउछन् । छोराको लास जलाएर सिराह फकर्ने म जस्तालाई धेरै सुविधाजनक रहेको अरुण कर्णले अनुभव सुनाए । सिराह निवासी कर्ण छोराको एक्कासी मृत्यको खवर सुनेपछि काठमाडौ आएका थिए। कर्ण भन्छिन् छोरो यहि बस्थ्यो, छोराको लास जलाउन भनेर म काठमाडौ आए । दमको समस्या भएको छोरो बाटोमा लडिरहको अवस्थामा प्रहरीले फेला पारेको थिया। पोटमाटम गर्दानै धेरै समय लागिसकेको थियो । कति खेर लास जलाउनु, कति खेर घर फकने भन्ने कुरा चिन्ता लागेको थियो । तर मेरो चिन्ता शवदाह गृहले हटाई दियो उनले सुनाए । 
अर्को मजिव कर्ण भन्छन् पोस्टमाटम गरेका लासहरु जलाउदा निकै गाहे हुन्थ्यो । हेनै नसकने हुन्थे जसले गर्दा २,३ दिन सम्मै तनाव हुन्थ्यो । विद्युतिय मेशिनबाट जलाउदा त्यो देख्नै नपर्ने हुदा ईस्ट्रेस कम भएको उनले बताए । 

आफनी सासुआमाको लास जलाउन ल्याएका कुमार लामिछानेले शव गृहले लास जलाउदा लाग्ने समयको वचत भएको बताए । काठबाट जलाउदा ३,४ घन्टा लाग्ने यता १ घन्टामै सकिएको बताए । हिन्दु संस्कार अनुसार सबै प्रक्रिया पुरा गर्न पनि पाईने, अस्तुप नि पाईने भएकाले यो माध्यम सजिलो सुविधानक उनले बताए। 
मुलपानिबाट आएका रामहरि पुढासैनिले भने समाचार सुनेर यो माध्यम सुविधाजनक भएकाले आएको बताए । पैसाको हिसावले पनि सस्तो, समयको बचत हुन्छ भन्ने सुनेको छु । 
यी त प्रतिनिधि मात्र हुन्। विद्युतिय शवदाह गृह सुरु भएपछि लास जलाउन आउनेको भिड बढ्न थालेको छ । माघ १० गतेबाट सुरु भएको गृहमा अहिले सम्म ६सय २४ शव दाह गसिकेको पशुपति क्षेत्र विकास कोषले जानकारि दिएको छ।  दैनिक २१ वटा सम्म शाव दाहन हुने गर्छ । गृह स्थापना भएको दिन १८ वटा शाव दाहन गरिएको कोष बताएको छ। 

३३ वर्षको लामो मेहेनत खेर नगएकोमा खुसी व्यत्त गर्छन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डन। धेरै अनुसन्धान, अध्ययन पश्चात मात्रै भवनको निर्माण गर्न सफल भएको उनले बताए ।वातावरण सफा राख्न, प्रदुषणरहित समाजको निमार्ण गर्नलाई शव दाह गृह एउटा माध्यम हुने उनले विश्वास व्यत्त गरे । सुरुवात देखि ६ महिना सम्म २४ घन्टे सुविधा लिने लक्ष्य रहेको उनले बताए । 
नेपाल सरकारको अनुदानमा पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह भवन निर्माण गरेको हो । साढे १३ करोडको लागानीमा गृहको निमार्ण गरिएको कोषका सदस्य सचिव टण्डनले जानकारी दिए ।
परम्परागत दाउराबाट शव जलाउने भन्दा समय तथा पैसाको हिसावले विद्युतिय शवदाह मेसिन छिटो छरितो र सस्तो रहेको टन्डनले बताए । मेसिनबाट एउटा शव जलाउन ४५ मिनेट लाग्छ । भने दाउराबाट जलाउदा ३,४ घन्टा लाग्ने गर्छ । परम्परागतरुपमा आठ १० देखि १२ हजारसम्म लाग्ने गर्छ ।भने विद्युबाट ३ हजार लाग्छ । अहिले विद्युतीय शवदाह मेसिन दुई वटा रहेका छन् ।
सरकारको पशुपतिका साथै ललितपुर, बल्खुलगायतका स्थानमा शवदाह विस्तार गर्ने तयारी समेत रहेको कोषले बताएको छ । विद्युतीय शवदाह भवनमा दैनिक ४० शव जलाउन सकिन्छ । 

विद्युतिय शव दाह मेसिन थप्ने  
विद्युतिय शवदाहन मेसिन थप्न लागेको कोषले बताउको  छ। “राम्रो फिडब्याक आयो, मान्छेहरु भिड बढ्न थाल्यो , २ वटा मेसिनले मात्र पुगेन, यो प्रक्रियालाई अझ, सर्वशुलव बनाउन” मेसिन थप्न लागेको कोषका सदस्य सचिव टन्डनले जानकारी दिए। यहि आर्थिक वर्षभित्र विद्युतिय मेसिन थप भईसकने पनि उनले बताए । एक वटा मेसिन थपेपछि कोष संग तीन वटा मेसिन रहनेछ । सो मेसिन जडान गर्न २ करोड लाग्ने पनि उनले बताए । 
छोटो समयमा विद्युतिय शवदाहन प्रक्रिया लोकप्रिय बन्दै गएकाकाले कोष सफल रहेको संकेत गरेको टन्डनले बताए । “नेपाली समाज यति आधुनिक भईसकेछ परिर्वतनलाई सजिलै छिटो स्कार गरे त्यसैले कोष सफल भयो उनले बारखरिसंग भने ।  


No comments:

Post a Comment

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...