Tuesday, March 15, 2016

ऐतिहासीक सम्पदाको पुननिर्माण कार्यले गति लिदै



गत वैशाखमा आएको विनासकारी भुकम्पले भत्काएको विश्व सम्पदा सुचीमा रहेका सम्पदाको मर्मत तथा सम्भार कार्य दु्रतगतमा भईरहको पुराततव विभागले जनाएको  छ। विभागका अनुसार अहिले सम्म साना, ठूला गरेर ७ सय ५३ वटा ऐतिहासीक सम्पदाहरु क्षती भएको छ । ती मध्य काठमाडौमा २ सय ५०, पाटनमा १ सय ३० र भत्तपुरमा ७८ वटा सम्पदा क्षती भएका  छन् । भने बाकि विभिन्न जिल्लाका एतिहासिक मठ मन्दिरहरु रहेका  छन् । २० वटा जिल्लाको विभिन्न प्रकारको सम्पदाहरुको विस्तृत लगत संकलन कार्य समेत सकिसकेको दाहलले बताए ।
१ सय ४ वटा ऐतिहासीक सम्पदाको पुननिर्माण गर्ने कार्य यसै आर्थिक वर्षभित्र सुरु गर्ने  स्वईकृति राष्ट्रिय योजना विभागबाट पाईसकेको विभागका महानिर्देशक भेष नारायण दहालले जानकारी दिए । त्यसका लागि ७८ करोड रुपैया वजेट विनियोजन समेत भईसकेको छ । ती मध्य ४३ वटा बहुवषर््िाय आयोजनाह्रु छन् । २७ वटाको लागि विभागले टेन्डर समेत आवाहन गरिसकेको छ। बाकि सम्पदाको पुन निमार्णको लागि विस्तारै टेन्डर  आहवान गदै जाने दहालले बताए । भत्तपुरमा रहेको चाँगुनारायणको मुल मन्दिर, स्वयम्भु परिषरमा रहेको प्रतापपुर र अन्नन्तपुर, हनुमान ढोकाको त्रैलोक्य मोहनको मन्दिर ललितपुरको जगतनारायण मन्दिर यसै वर्ष निमार्ण हुने गरि टेनडर दिईसकेको छ। त्यस्तै काठमाडौको जेशीदेवल ईन्द्रायणी, ककेश्वरी, धापाथलीको हेमहिरण्य जग मन्दिर, भत्तपुरको फसिदेग लगायतको मन्दिरका लागि ठेक्का दिईसकिएको छ ।  
पुननिर्माणको लागि कामदार अभाव नहुने 
पुननिर्माणका लागि दक्ष जनशत्तिको आवश्यक पर्छ । त्यसका लागि ३० जना काठमा बुटा कुद्ने शिल्पीहरुलाई अभिमुखिकरण तालिम दिईसकेको दाहलले बताए । त्यसबाहेक भत्तपुर उपमहानगरपालिकाले पनि ख्वापो कलेज मार्फत ७÷८ सय डकर्मीलाई तालिम दिईसकेकाले कामदारको अभाव नहुने कुरामा दाहाल विश्वास्त छन् । 
काष्ठामण्डप र माजु देवलको अनुमानित लागत र विस्तृत नक्सा तयार हुने कार्यको अन्तिम चरणमा रहेको पनि दाहलले बताए । उनले भने “अव यसको कार्य सकिने वितिकै स्थानयि गुठीहरुले यसको निर्माण कार्य अघि बढाउने  छन्” । विभागले खाका बनाई दिन्छ । केहि वि भागले गर्छ, केहि स्थानिय, महानरपालिका तथा उपमहानगरपालिकाले पनि चासो देखाएको छ । 
पुननिर्माणको लागि विदेशी सहयोग
पुननिर्माणका लागि सरकार बाहेक विदेशी तथा अन्य गैर सरकारी संस्थाले पनि चासो देखाएका छन् । अनुसन्धान तथा अन्वेषक संस्थाहरुले सम्पदाहरुको अध्ययन गर्ने संझौता गरेको विभागले बताएको छ। विभागका अनुसार बसनतपुरमा रहेको नौतले दरवार र नुवाकोटको सात तले दरवार निर्माणको लागि चिन सरकारले नेपाल सरकारसंग संझौता गरिसकेको छ। त्यसै गरि कार्यविनायक नगरपालिकाको वुङमतिमा रहेको रातो मच्छिनद्रनाथको मन्दिर र स्वयम्भुस्थित अनन्दकुटी विहार बनाउन श्रींल्ङ्कका सरकार तयार भईसको छ । 
त्यस्तै चाँगुनारायणस्थित चौघेरा सतल निमार्णका लागि हेरिटेज एन्ड कन्जरभेसन फाउन्डेसन नेपाल तयार भएको  छ । खोकना र हनुमानढोकाको मठ मन्दिरको “स्टकचरल एनालाईसिस” गर्ने जापनको एनसी आरआईपीटी नामक संस्थाले संझौता गरेको  छ। त्यस्तै वेलायतको दुरहाम विश्वविद्यालयले काठमाडौ उपत्यकाको ऐतिहासिक मठ मन्दिर तथा सम्पदाका पुरातातिवक सभेक्षण, अन्वषण, उत्खनन् र संरषणको कार्य गर्न नेपालसरकारसंग संझौता गरिसकेको छ । 
  
धरहरा निर्माण कार्य अझै अस्पष्ट
धरहरा निर्माण कार्य अझै स्पष्ट भईनसकेको विभागका महानिर्देशक भेषनारायण दाहालले बताएका छन् । त्यसका लागि नक्सा डिजाईनका लागि आवाहन गरेका छौ तर अहिले सम्म कुनै पनि डिजाई आईनसकेको पनि उनले बताए । “नक्सा डिजाईन भईसकेपछि मात्रै थाह हुन्छ कति रकम लाग्छ भन्ने कुराको समेत निक्योल हुन्छ उनले भने।” २ सय ५० फिटको धरहरा १९९० को भुकम्पले भत्किएपछि १ सय २ फिटको बनाईएको थियो । तर अहिले पनि २ सय ५० फिटकै धरहरा बनाउने विभागको सोच छ , भत्किएको धरहरालाई भग्नावशेषका रुपमा राखेर टक्सार विभागको जग्गा लिजमा लिएर अत्याधुनिक प्रविधि प्रयोग गरेर धरहरा निर्माण गर्ने सोच रहेको उनले बताए । सबै जना बुढाबुढी, बच्चाबच्ची चढ्न सक्ने खाल्को धरहरा निर्माण गर्ने तयारी हो तर यस विषयमा विभिन्न विज्ञसंग राय सल्लाह लिएर मात्र निर्णय लिन सकिने दाहालको भनाई छ । प्राधिकरणले वैशाख १२ गते धरहराको सिलन्यास गर्ने बताएको छ ।   

No comments:

Post a Comment

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...