![]() |
“कुकुर देखि साहै्र डर लाग्छ” त्यसैले घरमा पाल्दिन, तैपनि बाटोमा हिड्दा कुकुरले दुख दिन छोडेन भन्छिन् सन्ध्या सुवेदी । सडकको छेउमा बस्छु, कोठा नजिकै होटल छ, त्यहि आसपासमा ३,४ वटा कुकुरहरु बसेका हुन्छन् बजार जादा आउदा पछि पछि आएर हैरानै पार्छन् । एक पटक त झन्डै हात भाचिएको बानेश्वर बस्ने सुवेदीले समस्या सुनाईन् ।
सोह्रखुटे नँया बजार बस्ने भिम अधिकारी भन्छन् बाईकमा हिडि रहेको थिया । अगाडिबाट कुकुर बाटो छेक्न आईहाल्यो बाईकको ब्रेक लगाउदा झन्डै खसेको बाईबाट । पुनित डिसीको अनुभव भने अर्के छ । दाईलाई भेट्न अनामनगर जादै थिए । न्युप्लाजाबाट पिच्छा लागेको कुकुर म संहदरवार परिक्रममा गर्दा सम्म पनि गएन । भगाउने धेरै प्रयास गरे तरपनि सकिन । “जति धपाउन खोज्छु त्यतिनै पछि पछि आउँछ” डरले सातोनै लियो दाईलाई सुनाए “भगाईदिनुभयो अनि बल्ल भाग्यो। ”
यति मात्रै होईन शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन महा शाखाका प्रमुख हरि कुमार श्रेष्ठलाई पनि दुख दिएछ । “बसन्तपुर नजिकै रहेको स्कुल अगाडि हिडि रहेको थिए ”। कुकुरको एक हुल आयो एकदम तेजमा भागेर अलि पर पुग्न खोज तर पनि भाग्न सकेन। “म मरिसकेको थिए भगवानले बचाए” श्रेष्ठले सुनाए ।
सन् २०१२ मा गरिएको एक अध्ययन अनुसार काठमाडांैमा करीव ३२ हजार कुकुर रहेको छ । महानगर शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन महा शाखाकाअनुसार प्रति वडामा १४ सय घरपालुवा कुकुर रहेका छन् । कुकुरको संख्या वृद्धि भएपछि काठमाडौंको सुन्दरता बिग्रिएको, दुर्घटना जस्ता समस्या बढेको भन्दै उपत्यकाको कूकूर व्यवस्थापन गर्न लागेको छ । कुकुर व्यवस्थापनका लागि बन्ध्याकरणनै उपयुत्त उपाय रहेकाले महानगरले उपत्यकाको सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने अभियान ल्याएको हो । शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन महा शाखाका प्रमुख हरि कुमार श्रेष्ठले बताए । सिंहदरवारबाट कुकुर व्यवस्थापन गर्न निर्देशन आएसंगै महानगरले कुकुर व्यवस्थापनको अभियान अघि सारेको श्रेष्ठले बताए ।
उपत्यकामा कुकुरको संख्या बढेसँगै समस्या बढेको छ । यसले शहरको सुन्दरतालाई समेत विगारको श्रेष्ठले बताए । घरपालुवा कुकुरको समेत सर्भेक्षण गर्ने र तिनलाई करको दायरामा ल्याउने तयारी पनि गरिरहेको श्रेष्ठले बताए ।
उनका अनुसार सिंहरदवारमा मात्रै १ सय ५० वटा सामुदायीक कुकुर रहेका छन् । यो कार्यक्रमको सुरुवात पनि सिंहदवारबाटै हुन्छ उनले भने। यद्यपी अभियान अर्को वर्षबाट सुरु हुने भएपनि यसलाई पाईलट सर्भेको रुपमा लिईने छ । त्यसका लागि महानगरले ३ करोड ४० लाख रुपैया वजेट वियोजन गरेको छ । उनका अनुसार महानगरले अन्य दुई गैर सरकारी संस्थासंग सहकार्य गरेर कार्यक्रम गर्नेछ । अमेरीकी संस्था हयुमेनी सोसाईटी ईन्टरनेशनल, ए डब्लु एनएनसंग सहकार्य गर्न लागेको अभियानका लागि दुवै संस्थाले ३ करोड ५० लाख रुपैया छुट्याएका छन्। संझौता अझ भईनसकेकाले कति खर्च लाग्छ एकिन गर्न नसकिने उनले बताए ।
महानगरले पटक पटक कुकुरको वयवस्थापन गदै आएको छ । त्यसका लागि महानगरले कुकुर व्यवस्थापन गनृका लागि विष हालेर मार्ने गदथ्यो । कति मरे भन्ने तथ्याङ्क नभएको शाखाका अधिकृत शान्ता पहाडीले बताईन । “पहिले विष हालेर मानुनै उतम उपाय लाग्यो त्यसैगरि गरियो” उनले भनिन्। पछि जनावर अधिकारकर्मीले मार्न पाईदैन भन्ने आवाज उठाएपछि वन्ध्याकरण गरेर वयवस्थापन गर्न लागको उनले बताईन। भुकम्पपछि घर भत्तिकिकाले घरपालुवा कुकुर सडकमा आएर कुकुरको संख्या झन बढेको उनले बताईन् । जथाभावि कुकुर हुदा तिनीबाट जन्मने बच्चा पनि बढ्ने भएका बन्ध्याकरण गर्ने उनेले बताईन् । बन्ध्याकरणपछि उनिहरुलाई केहि समय कुुकुर आवासमा लगेर उपचार गर्ने सुधार भएपछि पुर्न पुरानै ठाँउमा फकाउने पहाडीले बताईन् । त्यसका लागि स्थानिय संघ संस्था तथा कल्वलेसंग सहयोग लिने बारखरिलाई बताईन ।
नेपालको संविधानमा कुकुरको अधिकारसम्न्धि कुनै लिखित कानुन छैन् । तर जानवरको अधिकार सम्वन्धि काम गदै आएको एनिमल नेपालले कुकुरको पनि बाच्न पाउने अधिकार छ भन्दै “बिनाकारण कुकुरलाई मार्न नपाईने भन्ने आवाज उठाउदै आएको छ” । “एनिमल राईट एक्ट”का अनुसनर बिनाकारण पशु तथा वन्य जन्तुलाई स्वतन्त्र बाच्न पाउने अधिकार छ। भेटेनरी डाक्टर सुनिल थापा भन्छन् “मान्छेको स्वतन्त्र भउर बाच्न पाउने अधिकार भए जस्तै कुकुरको पनि छ”, त्यसैले कुकुरको व्यवस्थापन गर्न अरु कुनै माध्यम अपनाउन सकिन्छ । विशेष त कुकुरबाट ¥याबिज, डिस्टयम्पर, प्यारासटिक, टियुमर र लुतो जस्ता रोगहरु लाग्ने गर्छन् ।

No comments:
Post a Comment