![]() |
“कुकुर देखि साहै्र डर लाग्छ” त्यसैले घरमा पाल्दिन, तैपनि बाटोमा हिड्दा कुकुरले दुख दिन छोडेन भन्छिन् सन्ध्या सुवेदी । सडकको छेउमा बस्छु, कोठा नजिकै होटल छ, त्यहि आसपासमा ३,४ वटा कुकुरहरु बसेका हुन्छन् बजार जादा आउदा पछि पछि आएर हैरानै पार्छन् । एक पटक त झन्डै हात भाचिएको बानेश्वर बस्ने सुवेदीले समस्या सुनाईन् ।
सोह्रखुटे नँया बजार बस्ने भिम अधिकारी भन्छन् बाईकमा हिडि रहेको थिया । अगाडिबाट कुकुर बाटो छेक्न आईहाल्यो बाईकको ब्रेक लगाउदा झन्डै खसेको बाईबाट । पुनित डिसीको अनुभव भने अर्के छ । दाईलाई भेट्न अनामनगर जादै थिए । न्युप्लाजाबाट पिच्छा लागेको कुकुर म संहदरवार परिक्रममा गर्दा सम्म पनि गएन । भगाउने धेरै प्रयास गरे तरपनि सकिन । “जति धपाउन खोज्छु त्यतिनै पछि पछि आउँछ” डरले सातोनै लियो दाईलाई सुनाए “भगाईदिनुभयो अनि बल्ल भाग्यो। ”


