काठमाडौं । बुबा तथा आमाको मुख हेर्ने दिन, तिज, दसैँ, तिहारजस्ता मुख्य
चाडपर्वमा उपत्यकामा यात्रुको चाप बढ्छ । सार्वजनिक सवारीसाधनमा यात्रा
गर्न निकै गाह्रो हुन्छ । यस्तो बेला ट्याक्सी चढ्नुको विकल्प हुँदैन ।
उपत्यकामा करिब ५ हजार ट्याक्सी चल्छन् । त्यसैले ट्याक्सी पाउन त्यति
गाह्रो छैन ।
नियमअनुसार ट्याक्सीले मिटरमा उठेअनुसार भाडा लिएर यात्रुलाई गन्तव्यमा
पुर्याउनुपर्छ । तर, उपत्यकाका अधिकांश ट्याक्सी मिटरमा हिँड्नै मान्दैनन् ।
त्यसैले बार्गेनिङमा बढी भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ । त्यसो
गर्दा मिटरमा उठ्नेभन्दा झन्डै दोब्बर भाडा तिर्नुपर्छ ।
ट्याक्सी चालकको यस्तो अटेरीपनलाई मध्यनजर गरेर बाह्रखरी डटकम र ललितपुर
ट्राफिक प्रहरीको सहकार्यमा बुधबार दिउँसो ‘ट्याक्सी अपरेसन’ गरियो ।
विशेषगरी मिटरमा हिँड्न नमान्ने तथा मिटर बिगारेर चलाउने चालकलाई
कारबाहीको दायरामा ल्याउन ललितपुरका विभिन्न ठाउँमा दिउँसो ३ देखि साँझ ५
बजेसम्म अभियान चलाइएको थियो । त्यसबाट पनि अधिकांस ट्याक्सी मिटरमा चल्नै
नमान्ने पुष्टि भयो ।
घटना नम्बर–१
बा २ ज २१५० नम्बरको ट्याक्सीबाट हामीले आफ्नो अभियान सुरु गर्यौं ।
जावलाखेल प्रतीक्षालयनजिकै रोकिराखेको ट्याक्सी नजिक पुगेर हामीले
‘सातदोबाटो जानु छ’ भनेरमात्रै के भनेका थियौं, चालकले भने– मिटरमा
जाँदिनँ, दुई सय रुपैयाँ दिनुस् ।
त्यसपछि हामीले ‘त्यति नजिक जान पनि दुई सय माग्ने ? अलि भाडा मिलाइदिनुस् न’ भनेर आग्रह गर्यौं ।
त्यति भनेर हामी त्यही ट्याक्सीमा चढ्यौं । ट्याक्सी अघि बढ्न थालेपछि भाडामा चित्त नबुझे मिटरमा जाऊँ भनेर उनले मिटर चलाए ।
केही अगाडि बसेका ट्राफिक प्रहरी ललितपुरका प्रमुख प्रहरी निरीक्षक
सिताराम हाछेथुले सो ट्याक्सीलाई आइन्दा यस्तो चलाखी नगर्न सचेत गराउँदै
छाडिदिए ।
घटना नम्बर–२ –
लगनखेलमा बसिरहेका बा १ ज ४११० नम्बरका ट्याक्सी चालक कृष्ण पुडासैनीलाई
‘दाइ, ट्याक्सी खाली हो ? हामीलाई झम्सीखेल पु¥याइदिनुस् न’ भन्यौं ।
पुडासैनीले त झम्सीखेल कहाँ पर्छ आफूलाई थाहा नभएको पो बताए । ‘हामीलाई
साथीले बोलाएको छ, एकदमै चाँडो जानुपर्नेछ, गइहालौं’ भनेर हामी ट्याक्सीमा
बसिहाल्यौं ।’
नियमअनुसार यात्रु ट्याक्सीमा बसिसकेपछि चालकले मिटर ‘अन’ गर्नुपर्छ । तर,
उनले मिटर ‘अन’ नगरी दुई सय रूपैयाँ मागे । ट्याक्सीमा बसेरै उनले
बार्गेनिङ गर्न थाले । तर, हामीलाई हतार भएकाले छिटो हिँड्न आग्रह गर्यौं ।
ट्याक्सी चालक दुई सयभन्दा कममा नहुने भन्दै अघि बढे । केही पर पुगेपछि
ट्राफिक प्रहरीलाई बोलायौं र उनलाई जिम्मा लगायौं । चालकले यसअघि बोलेका
सबै कुरा बिर्सिएजस्तो गरी भने– ‘म मिटरमै जान तयार छु । तर, अहिले अन गर्न
बिर्सिएँछु ।’ यसअघि पनि ठगी गरेको पाइएपछि उनको लाइसेन्स पहिले नै
प्रहरीकहाँ पुगेको रहेछ । उनले प्रहरीलाई ब्लुबुक थमाए र चिट लिएर गए ।
घटना नम्बर–३
महालक्ष्मीस्थानमा बा १ ज ४००५ नम्बरका ट्याक्सी चालक भेटिए गोविन्द
अधिकारी । ‘ट्याक्सी खाली हो ?’ हामीले सोध्यौं ‘कुन ठाउँ जाने ?’ उनले
सोधे ।
हामीले भन्यौं, ‘बी एन्ड बी हस्पिटल । ‘दुई सय दिनुस् न,’ उनले भने । करिब
दुई किलोमिटर दूरीका लागि दुई सय रुपैयाँ भनेपनि हामी ट्याक्सीमा बस्यौं ।
मिटर अन गर्न भन्दा उनले मानेनन् । सय रुपैयाँभन्दा बढी दिन नसक्ने बतायौं
हामीले । आधा बाटोमा पुगिसकेपछि उनले पुरानै ठाउँमा लगेर छाडिदिने धम्की
दिए । त्यसपछि हामीले प्रहरीलाई खबर गर्यौं । केही अघि पुगेपछि प्रहरी
टोली आएर उनलाई पनि कारबाही गर्यो ।
घटना नम्बर–४
बा २ च २६०५ विजय रञ्जितको प्राइभेट गाडी हो । प्राइभेट कार ट्याक्सी
पार्किङ गर्ने स्थानमा राख्न पाइँदैन र भाडा लिएर यात्रु बोक्न पनि पाइँदैन
। तर, उनी बी एन्ड बी अस्पतालअगाडि ट्याक्सी राख्ने ठाउँमा आफ्नो गाडी
रोकेर ग्राहकको पर्खाइमा रहेछन् । ट्याक्सी खोजिरहेका बेला उनले नजिकै आएर
भने– यो ट्याक्सी पनि हाम्रै हो, जाऊँ ।’
हामी उनको प्राइभेट गाडीमा बस्यौं र ब्लड बैंक जाने बतायौं । उनले २ सय ५०
रुपैयाँ दिनुस् भने । हामीले भाडा कम गरिदिन आग्रह गर्यौं । उनले ‘मिलाएर
दिनुस् न’ भन्दै गाडी अघि बढाए । उनलाई ‘किन ट्याक्सीको रूपमा प्राइभेट
गाडी चलाएको ?’ भनेर सोध्दा प्राइभेट गाडी भए पनि आफूले ट्याक्सीकै रूपमा
प्रयोगमा ल्याएको सुनाए ।
हामीले यो कुरा ग्वार्को चोकमा रहेको प्रहरीलाई जानकारी गरायौं ।
प्रयोजनविपरीत गाडी चलाएको भन्दै उनी पनि कारबाहीमा परे । लाइसेन्स मागेर
ट्राफिक प्रहरीले उनलाई पाँच सय रुपैयाँको चिट थमाइदियो ।
घटना नम्बर–५
बा १ ज ३९८१ नम्बरको ट्याक्सीलाई ग्वार्को चोकमा भेट्यौं । ब्लड बैंक जाने बताएपछि उनले भने– २५० रूपैयाँ लाग्छ ।
‘नजिकै रहेको ब्लड बैंक जान पनि किन २५० ?’ भनेर सोध्दा उनको जवाफ थियो–
जाने भए त्यति पैसा दिनुस्, यहाँको रेट नै त्यही हो । नभए अर्को ट्याक्सी
केहीबेरमा आउला, पर्खिनुस् ।’ उनी कत्ति पनि भाडा घटाउन तयार नभएपछि हामी
ट्याक्सीमा बस्यौं । बाह्रखरी प्रतिनिधिसँगै रहेका सादा पोशाकका ट्राफिक
प्रहरी राजु थापा मगरले युनिफर्ममा रहेका प्रहरीलाई खबर गरे । उनले
यात्रुलाई गरेको व्यवहारका बारेमा पनि हामीले प्रहरीलाई जानकारी गराइयो ।
त्यसपछि उनको लाइसेन्स लिएर प्रहरीले चिट काटिहाल्यो ।
यी ५ घटना दुई घण्टाको अवधिमा भएका हुन् । दैनिक हजारौं यात्रु
ट्याक्सीलाई बढी भाडा तिर्न बाध्य भइरहेका छन् । विशेषगरी पर्वको बेलामा
यात्रुसँग ट्याक्सी चालकले बढी भाडा लिने गरेको प्रहरी बताउँछ । त्यसलाई
मध्यनजर गरेर ट्राफिक प्रहरीले एक सातादेखि विशेष अभियान चलाइरहेको छ ।
उपत्यकाका तीन जिल्लामा डेढ महिनाको अवधिमा २७ सय ९७ वटा ट्क्यासीलाई
कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ । ललितपुरमा मात्रै ६ सय २७ वटा
ट्याक्सी कारबाहीमा परेको ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले
बताए ।
मिटरमा नजाने, बढी पैसा लिने र भनेको ठाउँमा नलैजाने गरेको पाइएमा यातायात
व्यवस्था ऐनबमोजिम ५ हजार रुपैयाँसम्म कारबाही हुने व्यवस्था छ । मिटर
बिगारेको पाइए मिटर सिल गरी २५ हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ
।
कुनै पनि ट्याक्सी मिटरमा जान नमाने १०३ वा ११०३ मा फोन गरेर गुनासो
टिपाउन प्रहरीले आग्रह गरेको छ । ९८५१२९५१०० नम्बरको मोबाइलमा म्यासेज गर्न
पनि सकिन्छ ।
२०७३ भदौ १६ बिहीबार १२:२१:५६
२०७३ भदौ १६ बिहीबार १२:२१:५६
Alright...
ReplyDeleteThis might sound kind of weird, maybe even kind of "strange"
WHAT if you could just hit "Play" and listen to a short, "magical tone"...
And magically bring MORE MONEY into your LIFE??
What I'm talking about is BIG MONEY, even MILLIONS of DOLLARS!!!
Do you think it's too EASY?? Think something like this is not for real??
Well, Let me tell you the news...
Many times the greatest blessings in life are the SIMPLEST!!!
In fact, I'm going to PROVE it to you by letting you PLAY a REAL "magical money-magnet tone" I've produced...
YOU just push "Play" and watch how money starts piling up around you... starting so fast, you will be surprised...
CLICK here to PLAY this marvelous "Miracle Wealth Building Tone" - as my gift to you!!!