काठमाडौं । सधैँ फरक–फरक शैलीको गीत गाएर तिजको बजार तताउने कोमल वलीले यसपाली पनि फरक शैलीकै गीत बजारमा ल्याएकी छन् ।कहिले ‘पोइल जान पाम्’, ‘गोजीमा गाँठ भा’को त कहिले बिहे भा’छैन भन्दै दुःखेसो पोख्ने वलीले यसपाली शिवजीलाई पोइ चाहियो भनेर ‘अन्तिम चेतावनी’ दिएको बताएकी छन्।
कोटी कोटी हो, शिव कोटी कोटी हो
पोइ चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटी हो ।
उनको गीतको सुरुको अन्तरा यही हो ।
भन्दै उनले शिव भगवानसँग आग्रह गरेकी छन् ।
“शिवले चेलीको मर्म सुनिदिएनन्, दुःखी हुँदै वलीले भनिन्, “त्यसैले लास्टै पटक गाउनु परेको उनले बताइन् । पोइ शब्द राखेर गीत गाउने शृङ्खला अन्तिम पटक गर्ने भनेपछि लोक गायक पशुपति शर्माले गीत तयार गरिएका हुन् । तीज लक्षित गीत केही दिनभित्रै बजारमा आइसक्ने उनको भनाइ छ ।
