नाम मात्रै होइन, उनको कर्म पनि कला हो । मोडलिङ, कोरियोग्राफी, उद्घोषण आदिमा दुई दशकदेखि जमिरहेकी कला सुब्बालाई कसले नचिन्ने ? उनी मोडलिङमा बामे सर्दै गर्दा देशको अवस्था गतिलो थिएन । माओवादीले मिस
नेपाल प्रतियोगिताको विरोध गरिरहेको थियो । देश द्वन्द्वले आक्रान्त थियो ।
यस्ता प्रतियोगिताले महिला हिंसा बढाउँछ भन्ने ठान्थे माओवादी ।
प्रतियोगिता हुँदा बाहिरबाट प्रहरीलाई सुरक्षाका लागि खटाइएको हुन्थ्यो ।
कार्यक्रम भइरहँदा भवनमा छिर्नै मुस्किल हुन्थ्यो भने भित्र पसेपछि बाहिर
निस्कनै गाह्रो । मिस नेपालका प्रतियोगी भन्ने थाहा पाउनेबितिकै माओवादीले
समाइहाल्थे । बच्नका लागि लुकीलुकी प्रतियोगिता हुने स्थानसम्म जानुपथ्र्यो
।
कला दृढ थिइन् । मिस नेपालमा सहभागी भइन् ।
उपाधि त जितिनन् तर त्यसले जीवनको गोरेटोलाई फराकिलो बनाउँदै राजमार्ग देखाइदियो । त्योबेला मोडल बन्ने उनको सपना थियो । मोडलिङपछि मिस नेपाल बन्ने धून पनि । भारतीय मोडलबाट निकै प्रभावित थिइन् । मलाइका अरोरा, ऐश्वर्या राय, रूचि मलहोत्रा, सुस्मिता सेन, नैनिका चटर्जीजस्ता मोडलहरु उनका ‘आइडल’ थिए । उनीहरुको सफलता देखेर आफू पनि त्यस्तै सफल मोडल बन्ने मन गर्थिन्, अठोट पनि । शंकरदेव क्याम्पसमा बजार व्यवस्थापक र सेल्स विषय लिएर पढिरहेकी थिइन् । त्यसपछि उनमा मोडल बन्ने ‘भूत’ सवार हो थियो । पत्रिका, टिभीमा मोडलहरू देख्दा उनमा ऊर्जा आउँथ्यो । तर समस्या कहाँनेर थियो भने, मोडलिङको बारेमा उनलाई केही थाहा थिएन । मोडलिङको संसारमा प्रवेश गर्न उनले सोचेभन्दा कठिन थियो तर जसै पस्ने निधो गरिसकेकी थिइन् । जसरी भए पनि सफल मोडल बन्नु नै थियो । उनले मोडलिङबारे सोधीखोजी गर्न थालिन् । दिदी पवित्रा सुब्बा गायिका थिइन् । दिदीसँग कार्यक्रममा गएका बेला पनि उनले गायक तथा संगीतकारसँग सोध्न छुटाउँथिनन् । उनीहरूलाई पनि त्यसबारे केही थाहा नहुने रहेछ । रहर जागिसकेको थियो । चुप लागेर बस्न सक्ने स्थितिमा थिइनन् । रातभर सुत्न सक्दिनथिन् । एकदिन । मोडलिङ गर्न सिकाउने नेपालको पहिलो संस्था ‘द ¥याम्प’को विज्ञापन गोरखापत्रमा देखिन् । अनि के चाहियो ! विज्ञापन देखेपछि खुसीले तीन हात उफ्रँदै गइन् । त्यतिबेला नै तालिमको शुल्क ४ हजार रुपैयाँ थियो । संस्थाबाट पहिलो ब्याच निस्किसकेका रहेछन्, उनी दोस्रो ब्याचमा भर्ना भइन् । अनि रहर पूरा गर्न कम्मर कसेर लागिन् । तालिम लिइरहेको १४ दिनमै उनले मिस नेपालमा भाग लिने अवसर पाइन् । मिस नेपाल हुनु उनका लागि चुनौतीपूर्ण थियो । त्यतिबेला जन्डिस भएको थियो ।
स्वास्थ्यको परवाह नै नगरी अडिसन दिइन् । ७ सय सहभागीमध्ये ३ सयमा उनी पनि परिन् । तीमध्ये पनि अन्तिम १६ मा छानिइन् । एकदमै रफ खालकी थिइन् कला । ढंगले कपडा लगाउनसमेत आउँदैनथ्यो । कसरी हिँड्ने, कसरी बोल्ने केही थाहा थिएन । तालिममा ती सबै कुरा सिकिन् । त्यसैले पनि एकदमै मेहनत गर्नुप¥यो । बिरामी भएकाले बेहोस भइहाल्छु कि भन्ने डरले पनि उनलाई सताइरहन्थ्यो । रिजल्ट उनको पक्षमा आइदिएन । मिस नेपालको ताज पहिरिन नसके पनि मिस ट्यालेन्टको उपाधि हात पारिन् । त्यतिबेला यो उपाधिको महत्व बुझिनन् । चारैतिरबाट विभिन्न अफर आएपछि बल्ल चकित खाइन् । अनि, थप ऊर्जा मिल्यो । मिस नेपालमा भाग लिनु नै उनका लागि ठूलो कुरा थियो । उनी यसमानेमा खुसी थिइन् कि मिस नेपाल प्रतियोगिताले मोडलिङको ढोका खोलेको थियो । त्यसपछि बल्ल आफूलाई मोडलका रूपमा चिनाउन सफल भइन् । बिस्तारै विभिन्न मञ्चका कार्यक्रमका लागि देश–विदेश घुमिन् । केही यात्रा निकै रोमाञ्चक हुन्छन् । कलाको करिअर यात्रा पनि त्यस्तै छ । मज्जालाग्दो । सुन्दरताको बरदानै पाएकी उनको स्वरमा पनि जादू थियो । नपत्याए, उनले चलाउने कार्यक्रम सुन्नूस् ! कला सन् १९७७ मा हङकङमा जन्मिइन् । बाबु हङकङका लाहुरे थिए । बुबा रिटायर भएपछि साढे चार वर्षको उमेरमा उनी बुबाआमासँग नेपाल आएकी हुन् । लाहुरेबाट रिटायर भएपछि आफ्नो देश फकनुपर्ने नियमजस्तै रहेछ । त्यहीँ जन्मिएकाले उनी भने त्यही देशको नागरिक भइसकेकी थिइन् । नेपाल आएपछि उनको परिवार धरान बस्न थाल्यो । लाहुरेकी कान्छी छोरी भएकाले पनि उनलाई सबैले एकदमै माया गर्थे । उनको बाल्यकाल पनि सुखमै बित्यो । धरानकै सेकेन्डरी बोर्डिङ स्कुलमा उनले पढ्न सुरु गरिन् । पढाइमा अब्बल भएकीले उनले प्रथम श्रेणीमा एसएलसी पास गरिन् । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौं आइन् । उनका लागि काठमाडौं नौलो ठाउँ थिएन । नृत्यमा भाग लिन तथा घुम्नका लागि भनेर उनी बेला–बेला काठमाडौं आइरहन्थिन् ।
राजारानीको जन्मोत्सव अवसर पारेर प्रज्ञा प्रतिष्ठानमा ठूलो कार्यक्रम आयोजना गरिन्थ्यो । उनी त्यही कार्यक्रममा भाग लिन पूर्वाञ्चलबाट आउँथिन् । सुरु–सुरुमा त उनमा आर्मी वा पुलिस बन्ने रहर पलाएको थियो । बाबुबाट प्रभावित भएर पनि होला– केटाको जस्तो पहिरन हुन्थ्यो उनको । अलि रफ फेसन गर्थिन् । आर्मी बन्न सोचेजति सजिलो नभएपछि पुलिसको अफिसर बन्ने रहर जाग्यो । यो रहर पनि रहरमै सीमित रह्यो । उतिबेला प्रथम श्रेणीमा एसएलसी पास भएपछि सबैले डक्टर, इन्जिजियर पढ्नुपर्छ भन्ने सोच्थे । तर, उनको मनमा त्यस्तो कहिल्यै लागेन । परिवारले पनि उनलाई कहिल्यै दबाब दिएन । त्यसैले आफ्नै रोजाइको विषय कमर्स पढेर सफल महिला उद्यमी बन्ने निधो गरेकी थिइन् । उनी बैंकिङ क्षेत्रमा केही गर्न चाहन्थिन् । उच्च शिक्षाका लागि काठमाडौं आएपछि बस्ने समस्या भएन । दिदी पवित्रा र दाजुसँगै बसिन् । आईकम गर्न पिपुल्स क्याम्पसमा भर्ना भइन् । त्यसपछि शंकरदेव क्याम्पसमा मार्केटिङ एन्ड सेल्स विषयमा स्नातक पढ्न थालिन् । त्यही क्रममा उनलाई मोडल बन्ने रहर जागेको हो । त्यही साल हो उनले हिट्स एफएममा काम गर्न थालेको । सुरुमा तलब १२ सय मात्रै थियो । नयाँ भएकीले सुरुमा पप गीतसँग सम्बन्धित कार्यक्रम चलाइन् । त्यसयता झन्डै १८ वर्ष उनको आवाज रेडियो तरंगमा गुञ्जिइरहेको छ । १९९६ साल उनका लागि उत्कृष्ट वर्ष बन्यो । मोडलिङ र सञ्चारकर्म दुवै एकसाथ सुरु भएका थिए । त्यतिबेला मोडल थोरै भएकाले उनलाई फेसन सोहरूमा अफर आइरहन्थे । सबैले उनलाई चिन्न थालेका थिए । अलिअलि पैसा पनि कमाउन थालिन् । अटोग्राफ लिन आउने, फोटो खिच्ने, ताली बजाउने देखेर उनलाई संसारै रमाइलो लाग्यो । सन् २००० मा ‘बेस्ट मोडल अफ दि इयर’को उपाधि पाएपछि उनी झनै फुरुंग भइन् । उनकी दिदी सत्या सुब्बा ग्ल्यामर फोटोग्राफर थिइन् । सीडब्लूडीबाट उनले पत्रकारितामा मास्टर्स गरेकी छन् । उनी नेपालकै पहिलो ग्याल्मर महिला फोटोग्राफर हुन् । उनको सहयोगले कलालाई मोडलिङमा अघि बढ्न धेरै सहायता ग¥यो । थुप्रै चलचित्रमा अफर आए तर उनी त्यता लागिनन् । एउटा गीतमा श्रीकृष्ण श्रेष्ठसँग मोडलिङ गरेकी छन् । आलोक नेम्वाङको ‘सानो संसार’मा सानो भूमिकामा देखिएकी छन् । बस् यत्ति हो । आफूले सक्दो भूमिका पाए चलचित्रमा खेल्ने निधो गरेकी छन् । अचेल उनी कोरियोग्राफीमा व्यस्त छिन् । उनका अनुसार कोरियोग्राफीमा कन्सेप्ट र भिजन हुनुपर्छ । यो त्यति सजिलो छैन । तालिम लिनुपर्छ तर नेपालमा सुविधा छैन । उनले सन् १९९८ बाट कोरियोग्राफी सुरु गरेकी हुन् । उनको पहिलो सो ‘गोल्डेन आई’ हो । उनले आफूभन्दा सिनियरसँग काम सिकेकी हुन् । भन्छिन्, “मोडलिङले नाम दियो, पहिचान दियो, कोरियोग्राफीले दाम दिन्छ ।”
कलाले हालसम्म ५ सय जति ¥याम्प गरिसकेकी छन् । उनले काम थाल्दा मोडल १०–११ जनाभन्दा धेरै थिएनन् । त्यसैले उनीहरूलाई भ्याइनभ्याइ थियो । जहाँ पनि उनीहरू नै भेटिन्थे । “ग्रिन रुम (मोडलको कपडा फेर्ने कोठा)मा प्रायः मोडलको कपडा एउटै साइजको हुन्थ्यो । कुन कसको भन्ने नै थाहा हुँदैनथ्यो । यति हतारमा हुन्थ्यौं कि कपडा साटिएको पनि हेक्का हुँदैनथ्यो । मञ्चमा गएपछि मात्रै थाहा पाउँथ्यौं । मञ्चमा हाँस्न पाइदैनथ्यो, तर पनि लुकाइपिछाई हाँस्थ्यौं ।” मोडल नमुना भएकाले माध्यमको रूपमा लिइनुपर्ने कला बताउँछिन् । विज्ञापन त्यस्तै माध्यम हो । अबको मोडलिङ मिनीस्कर्ट, हिल स्यान्डलबाट माथि उठ्नुपर्ने उनको धारणा छ । “अझै पनि समाजमा मोडललाई राम्रो दृष्टिले हेरिँदैन । मोडलिङ क्षेत्र पनि सम्मानित हो । यसबाट बाँच्न सकिन्छ,” कला भन्छिन्, “आकाशे खेतीजस्तै हो, कहिले हुन्छ, कहिले हुन्न । भिडियोमा खेल्ने, कोरियोग्राफी गर्ने हो भने जीवन यसबाटै सजिलै कट्छ ।” उनी आफैंले पनि आरजे, भीजे, पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङ क्लास चलाइरहेकी छन् । अहिले उनी ‘मिस मंगोल’को कोरियोग्राफी गरिरहेकी छन् । ‘मिस हङकङ नेपाल’को कोरियोग्राफी गर्न हङकङ जाने तयारीमा छिन् । कला अविवाहित छिन् । अहिलेसम्म खोजेजस्तो साथी नभेटाएको बताइन् । आफूलाई बुझ्ने र आफ्नो पेसालाई सम्मान गर्ने कोही भेटिए विवाह गर्ने मनस्थितिमा छिन् । एकपटक घरबाट विवाहका लागि धेरै नै दबाब आएपछि उनी राजी त भइन् र त्यसका लागि मोडलिङ छाड्नुपर्ने सर्त राखियो । उनले मानिनन् । त्यसपछि उनले विवाहबारे सोच्नै छाडिन् । भन्छिन्, “म जस्तो छु, त्यही रूपमा स्वीकार्ने भेटिए विवाह गर्ने सोचमा छु ।”

No comments:
Post a Comment