Saturday, July 27, 2019

सपना थियो नाच्ने,समयले माइक थमाइदियो

रेडियोप्रेमीका लागि रीता लिम्बू नयाँ नाम होइन । उनको आवाज नसुन्ने र मन नपराउने शायदै कोही होलान् । झन्डै दुई दशकदेखि उनी रेडियोको संसारमा जमिरहेकी छन् । तर, उनले सधैं डान्सर हुने सपना देखिन् । परिस्थितिले उनलाई रेडियोको माइकमा ल्याएर थपक्क राख्दियो ।
स्वतन्त्र र रमाइलो तरिकाले जीवन जिउन रुचाउने लिम्बूको जीवन उनले चाहेजसरी नै चलिरहेको छ । तर, उत्कृष्ट क्लासिकल डान्सर हुने सपनाले अहिले पनि झस्काइरहन्छ । यसबाहेक उनका ठूला–ठूला सपना थिएनन् । घरकी जेठी छोरी भए पनि उनलाई पारिवारिक जिम्मेवारी थिएन । रेडियो त रहरमात्रै । तर, कर्मले उनलाई रेडियोकर्मी बनाइदियो । बेलाबेला सोच्छिन्– डान्सर बन्ने सपना पनि एक न एकदिन कसो पूरा नहोला !
नृत्य शब्द सुन्नेबितिकै उनीभित्र ऊर्जा प्रसार हुन्छ । उनको परिवार अक्सर विदेशमै बस्ने भएकाले भारत गएर भरत नाट्यम सिक्ने अवसर पाइनन् । उनलाई सधैं यही कुराले बिझाउँछ ।

कलाको कला

नाम मात्रै होइन, उनको कर्म पनि कला हो । मोडलिङ, कोरियोग्राफी, उद्घोषण आदिमा दुई दशकदेखि जमिरहेकी कला सुब्बालाई कसले नचिन्ने ?  उनी मोडलिङमा बामे सर्दै गर्दा देशको अवस्था गतिलो थिएन । माओवादीले मिस नेपाल प्रतियोगिताको विरोध गरिरहेको थियो । देश द्वन्द्वले आक्रान्त थियो । यस्ता प्रतियोगिताले महिला हिंसा बढाउँछ भन्ने ठान्थे माओवादी । प्रतियोगिता हुँदा बाहिरबाट प्रहरीलाई सुरक्षाका लागि खटाइएको हुन्थ्यो । कार्यक्रम भइरहँदा भवनमा छिर्नै मुस्किल हुन्थ्यो भने भित्र पसेपछि बाहिर निस्कनै गाह्रो । मिस नेपालका प्रतियोगी भन्ने थाहा पाउनेबितिकै माओवादीले समाइहाल्थे । बच्नका लागि लुकीलुकी प्रतियोगिता हुने स्थानसम्म जानुपथ्र्यो ।  कला दृढ थिइन् । मिस नेपालमा सहभागी भइन् ।

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...