Thursday, November 28, 2019

जसकाे नसा नसामा चित्रकला बग्छ

वैशाख १२ गतेको दिन थियो । बादलले चारैतिर ढाकेकाले अन्धकार थियो । एक्कासि जमिन हल्लिन थाल्यो । वरपरका सबै भूकम्प आयो भन्दै भागाभाग गर्न थाले । डा. रामकुमार भौकाजी पनि सुरक्षित स्थान खोज्दै भाग्न थाले । शनिबार भएकाले उनी पाटन कृष्ण मन्दिर छेउकै तीन तले घरमा कलासम्बन्धी छलफलमा व्यस्त थिए ।
“सिकाएजस्तो गर्न नसकिँदो रहेछ,” उनले अनुभव सुनाए, “चित्र र पोस्टरमार्फत भूकम्पबाट बच्ने तरिका सिकाएका थियौं, आफैंलाई पर्दा नसकिने रहेछ ।”

उनले टेबुल, पलङमुनि, घरको ढोका, झ्याल र कुनामा लुक्नुपर्छ भन्ने सिकाएका थिए । उनैले त्यो कुरा अपनाउन सकेनन् । जसोतसो ढोकाको दलिनसम्म समाउन पुगे । तर, दलिनमाथिको गारोले थिच्ला भन्ने डर थियो । घर बलियो भएकाले बाँचे । भूकम्प रोकिएपछि उनी बाहिर आए । हत्तपत्त बानेश्वरको घर र आफन्त सम्झिए । दौडिएर पुगे । घर र आफन्त सबै सुरक्षित पाएपछि सन्तोषको सास फेरे ।

आफ्नै आँखाअगाडि लडेको कृष्ण मन्दिरले उनको मन अशान्त थियो । पुराना र ऐतिहासिक सम्पदालाई उनी निकै माया गर्छन्, त्यसैले पनि आँखैअगाडि ढलेको मन्दिर देख्दा चित्त दुखेको थियो । चित्र बनाएर बस्ने ठाउँ थियो उनको त्यो । भूकम्प गएपछि घरमा बस्न नसकेर सबै घरबाहिर थिए । कोही उद्धारमा खटिएका थिए त कोही पाल टाँग्नमा व्यस्त । कोही राहत बाँड्दै थिए त कोही खानेकुराको जोहो गर्न जुटेका थिए ।

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...