यस्ता थोरै भाग्यमानी छन्, जसले सगरमाथा चढेर कीर्ति राखेका छन् । पासाङ ल्हामु शेर्पाले पहिलो नेपाली सगरमाथा आरोहीको रूपमा विश्व कीर्तिमान कायम गरेकी छन् ।
तर दुर्भाग्य ! सगरमाथाबाट फर्किने क्रममा अक्सिजन सकिएर उनको मृत्यु भयो । पासाङ ल्हामुसँगै सगरमाथा चढ्दै थिइन् लाक्पा फुटी शेर्पा पनि । तर, उनी ‘क्याम्प टु’ भन्दा माथि जान सकिनन् । लाक्पा पासाङलाई पर्खिंदै ‘क्याम्प टु’मै बसिन् । तर, प्रकृतिको खेल ! उनले पासाङको मृत शरीर देख्नुपर्यो । सँगै गएकी साथीले ज्यान गुमाएपछि लाक्पाले कहिल्यै सगरमाथा चढिनन् । पासाङसँग बिताएका पल उनको आँखावरिपरि सधैं घुमिरहन्छन् । उनको परिवारलाई सधैं एउटै डरले सताइरह्यो– पासाङलाई झैं गुमाउपर्छ कि भन्ने । हुन त उनको सपना हिमाल चढेरै छाड्ने थियो। तर, सपना पूरा नभए पनि कुनै पछुतो छैन । पासाङले नै आफ्नो सपना पूरा गरिदिएजस्तो हुन्छ उनलाई लाक्पाले पासाङले भन्दा पहिलेदेखि नै हिमाल चढ्न सुरु गरेकी हुन् । पहिले नै ६–७ हजार मिटरसम्म पुगेकी थिइन् । हिउँमा खेल्दै हुर्किएकीले होला, उनलाई हिमाल चढ्दा अपनाउनुपर्ने तौरतरिका राम्रैसँग थाहा थियो ।