Tuesday, September 27, 2016

क्यान्सर जितेकी अम्बिका



६० वसन्त नाघिसकेपछि आराम गर्नुपर्छ, भजनकीर्तन सुन्नुपर्छ अनि तीर्थव्रत गर्नतिर लाग्नुपर्छ भन्ने आमधारणा छ । धेरैले गर्ने पनि त्यही हो ।अम्बिका श्रेष्ठ (८४) भने अलि फरक छिन् । उनको जोस–जाँगर र कामप्रतिको लगाव कुनै तन्नेरीभन्दा कम छैन । अझै पनि उनी काम गरेर बस्छिन् ।
“शरीर बूढो भए पनि मन बूढो हँुदोरहेनछ । मनले कहाँ मान्छ र ! अझै केही गर्नुपर्छ भन्ने लाग्छ,” उनी जोसका साथ भन्छिन् ।
भौतिक रूपमा त उनले कहिल्यै दुःख पाइनन् । तर, मानसिक र भावनात्मक पीडा भने उनले धेरै भोगिन् ।
किशोर छोरा गुमाउनुको पीडा त छँदैथियो, श्रीमान् पनि गुमाउनुपर्‍यो । उनी आफैंलाई प्राणघातक रोग क्यान्सर लाग्यो । मेडिकल उपचारका साथै दृढ इच्छाशक्तिका कारण उनी क्यान्सरलाई पनि जित्न सफल भइन् । अब त उनलाई जस्तोसुकै दुःख आइपरे पनि छुँदैन ।
अम्बिकाको जन्म भारतको सिक्किममा भए पनि विवाह भने नेपालमा भयो । उनको माइती भक्तपुर हो । उनका हजुरबुबाका पनि हजुरबुबा कोतपर्वमा रातारात भागेर सिक्किम पुगेका थिए । त्यसयता उनको परिवार सिक्किम बस्न थालेको थियो । सिक्किमे भारद्वार खलक चोग्याल दरबारमा सोझो सम्बन्ध बनाएको थियो उनको परिवारले ।

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...