Tuesday, August 11, 2020


काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेको छ । यो लेख तयार पार्दासम्म विश्वमा ३० हजार ९ सय ३५ को जनाको मृत्यु भइसकेको छ भने, ६ लाख ६६ हजार ३ सय ५६ जना यसबाट संक्रमित भइरहेका छन् ।

महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसले सबैको जनजीवन त्रासिद बन्दै गएको छ । चीनको वुहानबाट सुरु भएको यो भाइरसले विश्वनै हल्लाइ रहेको छ । मै हु भन्ने शक्तिशाली राष्ट्रहरुलाई समेत यस भाइरसबाट हुने संक्रमण नियन्त्रण गर्न निक्कै नै कठिन भइरहेको छ । यद्यपी चीन भाइरस नियन्त्रण गर्न सफल भएको छ र त्यहाँ अहिलेको जनजीवन सामान्य बन्दै गएको छ ।

 


कोरोना भाइरस (कोभिड १९ ) को महामारीले विश्व नै आक्रान्त भइरहेको छ । यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । यस महामारीले नेपाललाई पनि छपक्कै छोइसकेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा दुई पटक सम्बोधन गरे ।

जनताले प्रधानमन्त्रीको सम्बोधनको व्यग्र प्रतिक्षा गरिरहेका थिए । प्रधानमन्त्रीको सम्बोधनपछि जनताका आशा निराशामा परिणत भए । प्रधानमन्त्रीको सम्बोधन भ्रष्टाचारीको पृष्ठपोषणमा केन्द्रीत भएपछि सुशासनको जगै हल्लिएको महसुश जनतालाई भएको छ । सम्वोधनका क्रममा कुण्ठा,आवेग र प्रतिशोध ओकलेका प्रधानमन्त्रीले भ्रष्टाचार विरोधी आवाजलाई सरकार ढाल्ने बेमौसमी बाजाको रुपमा चित्रण गरे । यति मात्र होइन उनले जनताका नाममा भन्दा पनि आफ्नैबारे बढी गुनगान गाए । प्रधानमन्त्रीले कोरोना भाइरसको महामारीबाट त्रास बढी रहेका बेला मुलुकको अभिभावकका हैसियतले जनतालाई हौसला प्रदान गर्ने कुनै अभिव्यक्ति दिएनन् । जुन अपेक्षा जनताले सोचे भन्दा विपरित थियो ।

 











तीन छोरी र एक छोराकी आमा हुँ । मेरा सबै छोराछोरी बाहिर बस्छन् । एउटी छोरी, ज्वाईं र नाति अमेरिकामा बस्छन् । एक छोरा र छोरी काठमाडौंमा । अनि अर्की छोरी र नातिनीहरु दाङमै छन् । अहिले ज्वाईं चितवनमा हुनुहुन्छ ।

कोरोना भाइरसको महामारी फैलिएका समाचार आउन थालेपछि मेरो मन साह्रै आत्तियो । जतिजति यस्ता समाचार सुन्थें छोराछोरी सम्झिन्थें । मनमा अनेक कुराहरु खेलिरहन्थे । जसोतसो रात कटाउँथें । भोलिपल्ट बिहान उठेर छोराछोरीलाई फोन गरेर सबै जना सकुशल रहेको खबर सुनेपछि बल्ल मन अलि हलुङ्गो हुन्थ्यो । सबैतिर कोलाहल भएर होला घरमा नभएका छोरा, छोरी र ज्वाईं अनि नातिनातिनाको यादले सताइरहन्छ । धन्न इन्टरनेट छ र कुरा गर्न पाएकी छु । दिनहुँ कुरा त भइरहन्छ तर पनि मन कहाँ मान्थ्यो र ! छोराछोरी आफ्नो नजिक नहुँदा आमाको मन कहिल्यै स्थिर हुँदैन । छोराछोरीलाई आफ्ना वरिपरि नदेख्दासम्म चित्त नबुझ्ने रहेछ ।

Sunday, March 15, 2020

अविवाहित कोमलको प्यारो ‘पोइ’


काठमाडौं । सधैँ फरक–फरक शैलीको गीत गाएर तिजको बजार तताउने कोमल वलीले यसपाली पनि फरक शैलीकै गीत बजारमा ल्याएकी छन् ।

कहिले ‘पोइल जान पाम्’, ‘गोजीमा गाँठ भा’को त कहिले बिहे भा’छैन भन्दै दुःखेसो पोख्ने वलीले यसपाली शिवजीलाई पोइ चाहियो भनेर ‘अन्तिम चेतावनी’ दिएको बताएकी छन्। 

कोटी कोटी हो, शिव कोटी कोटी हो

पोइ चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटी हो ।

उनको गीतको सुरुको अन्तरा यही हो ।

भन्दै उनले शिव भगवानसँग आग्रह गरेकी छन् ।

“शिवले चेलीको मर्म सुनिदिएनन्, दुःखी हुँदै वलीले भनिन्, “त्यसैले लास्टै पटक गाउनु परेको उनले बताइन् । पोइ शब्द राखेर गीत गाउने शृङ्खला अन्तिम पटक गर्ने भनेपछि लोक गायक पशुपति शर्माले गीत तयार गरिएका हुन् । तीज लक्षित गीत केही दिनभित्रै बजारमा आइसक्ने उनको भनाइ छ ।

Thursday, March 12, 2020

यसरी ठगिन्छन् ट्याक्सीमा यात्रु


काठमाडौं । बुबा तथा आमाको मुख हेर्ने दिन, तिज, दसैँ, तिहारजस्ता मुख्य चाडपर्वमा उपत्यकामा यात्रुको चाप बढ्छ । सार्वजनिक सवारीसाधनमा यात्रा गर्न निकै गाह्रो हुन्छ । यस्तो बेला ट्याक्सी चढ्नुको विकल्प हुँदैन । उपत्यकामा करिब ५ हजार ट्याक्सी चल्छन् । त्यसैले ट्याक्सी पाउन त्यति गाह्रो छैन । 
नियमअनुसार ट्याक्सीले मिटरमा उठेअनुसार भाडा लिएर यात्रुलाई गन्तव्यमा पुर्याउनुपर्छ । तर, उपत्यकाका अधिकांश ट्याक्सी मिटरमा हिँड्नै मान्दैनन् । त्यसैले बार्गेनिङमा बढी भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ । त्यसो गर्दा मिटरमा उठ्नेभन्दा झन्डै दोब्बर भाडा तिर्नुपर्छ । 
ट्याक्सी चालकको यस्तो अटेरीपनलाई मध्यनजर गरेर बाह्रखरी डटकम र ललितपुर ट्राफिक प्रहरीको सहकार्यमा बुधबार दिउँसो ‘ट्याक्सी अपरेसन’ गरियो ।
विशेषगरी मिटरमा हिँड्न नमान्ने तथा मिटर बिगारेर चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउन ललितपुरका विभिन्न ठाउँमा दिउँसो ३ देखि साँझ ५ बजेसम्म अभियान चलाइएको थियो । त्यसबाट पनि अधिकांस ट्याक्सी मिटरमा चल्नै नमान्ने पुष्टि भयो ।
घटना नम्बर–१
बा २ ज २१५० नम्बरको ट्याक्सीबाट हामीले आफ्नो अभियान सुरु गर्यौं । जावलाखेल प्रतीक्षालयनजिकै रोकिराखेको ट्याक्सी नजिक पुगेर हामीले ‘सातदोबाटो जानु छ’ भनेरमात्रै के भनेका थियौं, चालकले भने– मिटरमा जाँदिनँ, दुई सय रुपैयाँ दिनुस् ।

मेरो हैसियत मन्त्रीभन्दा कम छैन

तीजलाई कमर्सियलाइज गर्न हुने वा नहुने बहस एकातिर छँदैछ । तर, कर्मसियलाइज गर्ने भन्दैमा छाडा हुनैपर्ने, अपाच्य शब्द र हाउभाउ प्रयोग गर्नैपर्ने किन ? आधुनिक हुनु भनेको अश्लीलता पचाउनुमात्र हो र ?
होइन, त्यो हुनु हुँदैन । म त्यसको विरोधी नै हुँ । मेरो परिप्रेक्ष्यमा मेरा गीत त्यस्ता कतै छैनन् । यदि कसैले भन्छ भने रिसले भनेको हुन सक्छ । मेरो लय, शब्द, विषयवस्तु तीजमा मात्रै केन्द्रित छ । मेरो प्रस्तुतीकरण, वेषभूषा, गायकी, भिडियो, अडियो र अन्तर्वार्ता हरेक कुरामा म एकदमै संवेदनशील छु । मेरा पुराना गीत त्यस्तै छन् । कसैले व्यक्तिगत लगानी गरेर जस्ता पनि गीत गाउन पाउने स्वतन्त्रता छ । त्यसलाई हामीले बन्देज गर्न सक्दैनौं । बन्देज गर्ने कुनै निकाय हुनुपर्छ । संस्कृति मन्त्रालय छ, अरु पनि निकाय छन् । तिनले गर्नुपर्छ यो काम । अर्को कुरा– राम्रो/नराम्रो भनेर छुट्याउने काम स्रोता, दर्शक र मिडियाको हो ।

Thursday, January 16, 2020

‘क्यान्सरले एउटा खुट्टा लग्यो त के भयो, नृत्य देखाएर देश चिनाउने रहर छ’


सिता सुवेदी, उनलाई चिन्ने सायदै धेरै नहोलान् तर जतिले चिन्छन् उनलाई ‘वन लेग डान्सर’ भनेर चिन्छन् । जुन फरक पहिचानको बोकेको नाम हो । उनी कत्थक नृत्यांगना भनेर चिनाउन पाउदा निक्कै हर्षितछिन् । नाचेर देशलाई चिनाउने अभियानमा लागी परेकी उनी एउटा खुट्टाले बिभिन्न मञ्चमा निर्धक्कका साथ मज्जाले नृत्य गर्छिन ।

र गर्वका साथ भन्छिन् मनमा ईच्छा शक्ति भएपछि त्यसै खेर जादो रहेनछ । चितवन निवासी सुवेदी कक्षा ७ मा पढथिन् । जुनबेला उनको उमेर १२ बर्षको थियो । देब्रे खुट्टामा भएको सानो घाउको उपचारका लागी चितवनको क्यान्सर अस्पताल पुगिन ्। सबै चेकजाँच भएपछि चिकित्सकले उनलाई क्यान्सर भएको बताए । उनी छाँगाबाट खसे जस्तै भईन् । अझ खुट्टा काटेर फाल्नुपर्छ भन्ने डाक्टरको कुराले उनी अतालिन् र मनमनै नृत्य गर्न नपाउने हो कि भन्ने चिन्ताले उनलाई पिरोल्न थाल्यो । किन कि उनी सानैदेखि नाच्ने गर्थिन र भविष्यमा पनि यसलाई निरन्तरता दिने सोचमा थिइन् ।

एक क्यान्सर डाक्टर जसको परिवारमा ५० जनालाई क्यान्सर लाग्यो

जीवनको खेल पनि अचम्मको हुन्छ । पढाईमा अनेक हण्डर खाएर बनारसबाट पढाई पुरा नगरी आएका राजेन्द्र बराललाई जिन्दगीको जहाज कुन किनारामा पुग्छभन्ने अनुमानै थिएन ।

२०३४ सालमा सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी सकेपछि बरालको जीवन साँच्चिकै बरालिएको थियो । नेपालमा राजनीतिक परिवर्तन आयो, कक्षा र परिक्षा देख्न विद्यार्थीले पाएनन् । छोराको पढाई बिग्रेला भनेर बनारसमा पढ्न पठाईयो । तर काठमाडौंमा बढेका र हुर्केका पोखराका बराललाई बनारस फापेन । उनी त बिरामी भए । बिरामी पनि यस्तो भएकि पढाई नै छाडेर नेपाल आउने अवस्था भयो ।

मौलिकमा आएको परिवर्तनसंगै परिवारमा फर्किएको खुशी


झट्ट हेर्दा सामान्य देखिने १० वर्षिय मौलिक भण्डारी राम्रोसँग बोल्न सक्दैनन् । उनलाई अटिजम भएको छ । एलिना भण्डारी र महेश भण्डारीको पहिलो सन्तानको रुपमा मौलिक जन्मिएका थिए । पहिलो सन्तान नै वंश धान्ने छोरा जन्मिएपछि परिवारमा खुसीको सीमा थिएन ।

तर,मौलिकको असाधारण गतिविधिले भण्डारी परिवारको रंगीन खुशीमा केही निरशा थपियो । मौलिकको जन्मसंगै मातृत्वपाएकी एलिना आफ्नो बच्चाले तोते बोलीमा आमा भनेको सुन्न आतुर थिइन । तर,मौलिकले आमा भन्ने प्रयासनै गरेनन् । यति मात्र होइन उनी बामे नसर्ने, हिड्न नखोज्ने र खान पनि कर लगाउनु पर्ने जस्ता असामान्य व्यवहार देखाउन थाले । आमाबुबा समेत चिन्न सकेनन् उनले । र,जोसुकैले बोलाउँदा पनि पछि लाग्ने गर्न थाले उनी । छोराको यस्तो व्यवहार देखेर उनका आमाबुबा निकै चिन्तित थिए ।

युवा पुस्ताको नजरमा हरितालिका तीज



काठमाडौं। आज हिन्दुहरुको महान् पर्व हरितालिका तीज । हिन्दु नारीले तीज पर्वलाई विशेष रुपमा मनाउने गर्दछन् । तीजलाई महिलाहरुको पर्व पनि भन्ने गरिन्छ । तीज छुटै विशेषता बोकेको पर्व हो । तीजमा बिवाहित महिलाहरुले आफ्नो पतिको दीर्घायुको कामना गदै ब्रत बस्छन् भने अबिवाहितहरु भगवान् शिवजस्तो वर अर्थात पति पाऊँ भनेर व्रत बस्ने गर्दछन् ।
पतिप्रति उच्च आदरभाव दर्शाउदै श्रीमानको गोडाको जल खाने प्रचलन पनि हाम्रो समाजमा विद्यमान छ । आधुनिक समाजमा तीजको मौलिकता हराए पनि विश्वास र मान्यता भने कायमै छ । तीज पर्वलाई लिएर धेरै बहस भए र अझै पनि भईरहेका छन् । कतिपयले तीज महिलाहरुको मात्र हो भनेर यसको दायरामा संकुचन ल्याउने प्रयत्न गरेका छन् भने कसैले पुरुषहरुको पनि तीज पर्वमा सहभागी हुनुपर्छ भन्ने तर्क राखेर तीजको महिमालाई माथि उठाएका छन् ।

Thursday, November 28, 2019

जसकाे नसा नसामा चित्रकला बग्छ

वैशाख १२ गतेको दिन थियो । बादलले चारैतिर ढाकेकाले अन्धकार थियो । एक्कासि जमिन हल्लिन थाल्यो । वरपरका सबै भूकम्प आयो भन्दै भागाभाग गर्न थाले । डा. रामकुमार भौकाजी पनि सुरक्षित स्थान खोज्दै भाग्न थाले । शनिबार भएकाले उनी पाटन कृष्ण मन्दिर छेउकै तीन तले घरमा कलासम्बन्धी छलफलमा व्यस्त थिए ।
“सिकाएजस्तो गर्न नसकिँदो रहेछ,” उनले अनुभव सुनाए, “चित्र र पोस्टरमार्फत भूकम्पबाट बच्ने तरिका सिकाएका थियौं, आफैंलाई पर्दा नसकिने रहेछ ।”

उनले टेबुल, पलङमुनि, घरको ढोका, झ्याल र कुनामा लुक्नुपर्छ भन्ने सिकाएका थिए । उनैले त्यो कुरा अपनाउन सकेनन् । जसोतसो ढोकाको दलिनसम्म समाउन पुगे । तर, दलिनमाथिको गारोले थिच्ला भन्ने डर थियो । घर बलियो भएकाले बाँचे । भूकम्प रोकिएपछि उनी बाहिर आए । हत्तपत्त बानेश्वरको घर र आफन्त सम्झिए । दौडिएर पुगे । घर र आफन्त सबै सुरक्षित पाएपछि सन्तोषको सास फेरे ।

आफ्नै आँखाअगाडि लडेको कृष्ण मन्दिरले उनको मन अशान्त थियो । पुराना र ऐतिहासिक सम्पदालाई उनी निकै माया गर्छन्, त्यसैले पनि आँखैअगाडि ढलेको मन्दिर देख्दा चित्त दुखेको थियो । चित्र बनाएर बस्ने ठाउँ थियो उनको त्यो । भूकम्प गएपछि घरमा बस्न नसकेर सबै घरबाहिर थिए । कोही उद्धारमा खटिएका थिए त कोही पाल टाँग्नमा व्यस्त । कोही राहत बाँड्दै थिए त कोही खानेकुराको जोहो गर्न जुटेका थिए ।

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...